समाचार

    Showing 24,921-24,930 of 26,772 items.
  • बन्दकर्ताद्वारा ललितपुरमा साझा यातायातको बसमा तोडफोड

    काठमाडौँ / ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् । तोडफोड भएको बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठोरले जनाएका छन् । प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 101 पटक पढिएको
  • ट्याक्टर पल्टदा बेलबारीमा २ जनाको मृत्यु

    मोरङ /  मोरङको बेलबारी नगरपालिका ५ कसेनी स्थितमा ट्याक्टर पल्टदा २ जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली  नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन् ।सोमबार बेलुका को २ त.८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा उक्त ट्याक्टर पल्टिंदा घाईते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • 73 पटक पढिएको
  • इलाममा आफ्नै भाइले गरे दाजुको हत्या

    इलाम // इलाममा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। इलामको सन्दकपुर गाउँ पालिका – १  चाँपगैरी का ३० वर्षीय चक्र मुखियाले  ३५ वर्षीय दाजु इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्। सोमबार  मदिरा पिएर दाजुसँग वादविवाद गरि आवेगमा चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भाइ चक्रलाई पक्राउ गरि वादविवादको घटनाले हत्याको रूप लिनु पर्ने कारणबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 126 पटक पढिएको
  • प्रेस सेन्टर झापाको अध्यक्षमा झुलन रेग्मी चयन

    झापा / माओवादी केन्द्र निकट प्रेस सेन्टर झापाको अध्यक्षमा झुलन रेग्मी चयन भएका छन् । सोमबार झापाको सुरुङ्गामा भएको प्रस सेन्टरको विस्तारित भेलाले अध्यक्षमा रेग्मीलाई चयन गरेको हो । उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन भएका छन् । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय समिति चयन गरेको गरेको छ । सङ्गठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका विषयमा जानकारी गरा

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 53 पटक पढिएको
  • कुर्मी हत्या प्रकरण : बादशाहलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना

    बाँके / अधिकारकर्मीहरूले बाँकेकी निर्मला कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै प्रशासनमा धर्ना दिएका छन् । निर्मला हत्या प्रकरणको मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन् ।प्रशासनले मुख्य आरोपी कुर्मीलाई जोगाएकाले न्याय माग्दै धर्नामा बस्नुपरेको मानवअधिकारकर्मी रुवि खानले बताइन् । धर्ना बसेका महिलाहरूले प्रधानमन्त्री र गृहमन्त्रीको फोटो बोकेको प्लेकार्ड बोकेर न्यायका लागि कलम चलाइदिन आग्रह गरेका छन् ।साथै, उनीहरूले सरकारले गठन गरेको छानबिन समितिको निष्क

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 76 पटक पढिएको
  • पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

    सुनसरी  / सुनसरीको गढी गाउँपालिका –६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो । आइतबार अपरान्ह ४ बजे खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेर बेहोस भएका थिए । बालकहरूको उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 87 पटक पढिएको
  • मियाँको हत्याकाे आरोपमा ५ जना पक्राउ

    झापा / झापाको गौरादह नगरपालिका –५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ वर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६ वर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेका छन् । गत कार्तिक ११ गते बिहान ११ बजे देखी हराएका मबेसिर हुसेन मियाँको खोजतलास गरी पाउँ भनी उनकी श्रीमती नुरजन खातुनले कार्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कार्तिक २६ गते मह

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 1,232 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    विराटनगर  / मोरङको विराटनगर महानगरपालिका –१६ दरैयाबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाउँपालिका –७ का २२ वर्षीय  मनिष श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको साथबाट प्रहरीले नाईट्राभेट २८४ ट्याब्लेट, डाइजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल बरामद गरेको छ । 

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 90 पटक पढिएको
  • स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा  / झापाको शिबसताक्षी नगरपालिका –१० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया ललिता कटवाल रहेकी छन् । आज (सोमबार) बिहान सँवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कटवाललाई ठक्कर दिँदा उनको घटनास्थालमानै मृत्यु भएको हो । स्कारपियो र चालक इलाम देउमाई नगरपालिका –३ का ३२ वर्षीय पूर्ण खतिवडा अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेका छन् । मृतकको कानुनी प्रकृया पुरा पोस्टमार्टमको लागी दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 86 पटक पढिएको
  • ओखलढुङ्गामा बलेरो दुर्घटना : ४ को मृत्यु, १२ घाईते

    ओखलढुंगा / ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुङ्गाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका –१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीया खगेन्द्र मगर  र ३६ वर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनाम

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.