मोरङ/ प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छिन् ।मन्त्रालयमा बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिइन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरिन् । अस्पतालमा भर्ना भएकाहरूबाट
पर्सा / कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहका कुशवाहलाई कोरोनाको लक्ष्य देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए ।चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तीन
काठमाडौँ / सर्वोच्च अदालतमा सातै प्रदेशमा नदीजन्य पदार्थको अनुमति नलिई उत्खनन गर्ने कार्य तत्काल रोख्न परमादेशको माग गर्दैै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता पद्मबहादुर श्रेष्ठसहित सातै प्रदेशका कानून व्यवसायीहरूको निवेदन र वातावरण कानून समाज नेपालको अध्ययन प्रतिवेदन र निवेदकसमेत भई सोमबार दर्ता भएको उक्त निवेदनमा प्राकृतिक स्रोतको कानून र उत्खनन स्थानमा मापदण्ड र प्रदेश कार्यविधिअनुसार तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा उत्खनन कार्यमा लागेको हकमा अनुगमन ग
काठमाडौं / कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले आज निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।यसैगरी विदेश जाने र विदेशबाट आउनेले
जलेश्वर / कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका दुई करोड ५५ लाख रुपैयाँ बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजार रुपैयाँ लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो ।गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएका थिए । अहिले कोरोना म
चितवन / चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन् । जसमध्ये चार चोरी शिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।
बनेपा / कोभिड–१९ तीव्र गतिमा फैलिरहेका अवस्थामा सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि प्रहरी प्रशासनले काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ । अरनिको राजमार्ग हुँदै काठमाडौंँ प्रवेश गर्ने नाका काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधन बिहानैदेखि प्रहरीले जाँच गर्दै फकाईरहेको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जिल्लाभित्र सबै प्रकारका सवारी साधन चले पनि उपत्यका प्रवेश गर्ने साँगा नाकामा सवारी साधनमा प्रहरी जाँच कडाइ गरिएको बताए । ‘हामीले उपत्यका प्रवेश गर्ने सवारीसाधनमा अत्यावश्यक बाहेक कुनै पन
काठमाडौँ / काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि लागु भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने जनाएको छ ।सङ्घले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नागद (नोट) कारोबारभन्दा बढी अनलाइनम
जाजरकोट / जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।छेडागाड–११ भैँसीखर्क स्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो । अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप
बिर्तामोड / बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी –१० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई ६ आमबारी चोकबाट निट्राभेट– ५४ क्याप्सुल, ट्रामोडल– ९८ क्याप्सुल, स्प्यासप्याइन– १४ क्याप्सुल र ब्राउन सुगर २९० मिलीग्राम सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया स्थितमा राईलाई लागूऔषध एभिल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.