समाचार

    Showing 25,131-25,140 of 26,780 items.
  • दैलेखमा बस दुर्घटना : एकको मृत्यु, आठ घाइते

    दैलेख / दैलेखको दुल्लु नगरपालिका –१, स्थित दरबारे भीरमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठ जना घाइते छन् ।मृत्यु हुनेमा अछामको पञ्चदेवल गाउँपालिका –९ का ७४ वर्षीय भक्तबहादुर शाही रहेका छन् । शनिबार बेलुका ८ बजे सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेको ना६ख ९२२ नम्बरको बस अनियन्त्रित भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका आठ जनालाई भने उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दुल्लुले जनाएको छ । बस चाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 85 पटक पढिएको
  • एघार लाख बराबरको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ

     काठमाडौं//एघार लाख बराबरको भन्सार छलेर भित्र्याइएको सुनसहित  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४  का ५७ वर्षीय खड्क प्रसाद तिमल्सिना रहेका छन्। विदेशबाट फर्किने युवकहरुमार्फत संकलन गरिएको अवैध सुन बोकेको उनीमाथि आरोप छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ एरियामा आई विभिन्न देशबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त सुन अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा उनि पक्राउ परेका हुन्।  ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुनको ३ थान बाला सहित प

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 243 पटक पढिएको
  • झापाबाट १० किलो बढी गाँजा सहित दुइ पक्राउ

    झापा// झापाबाट १० किलो बढी गाँजा सहित दुइ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कालिकाटार गाउपालिका  -४ बस्ने फुलमाया सिड्गताम र अर्जुन मोक्तान रहेका छन्। मेचीनगर -८ पूर्व पश्चिम लोकमार्गमा खटिएको सशस्त्र प्रहरीको टोलीले मे १ ह ३४७१ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्दा उनीहरूको साथबाट १० किलो ४१० ग्राम गाजा फेला परेको सशस्त्र प्रहरी वल झापाले जानकारी गराएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालयमा राखिएको सूचना अधिकृत प्रेम बहादुर भण्डारीले जानकारी गराएका छन्।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 223 पटक पढिएको
  • टेलिकमको एनटीटिभी सेवा प्रदेश १ मा पनि

    बिर्तामोड / नेपाल टेलिकमले प्रदेश नम्बर एकमा आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश एकमा शुक्रबारदेखि सेवा सुरु गरेको हो । कम्पनीले नेपालमा २०७७ पुस १७ गते देखि यो सेवा सुरु गरेको हो । यसको एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध हुन्छ । यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले जानकारी दिए । निर्देशक मालाकारले सेवा विस्तारसँगै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको बताए । 

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 134 पटक पढिएको
  • झापामा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला

    बिर्तामोड / नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत एक प्रहरी जवान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मेचीनगर नगरपालिका –४ घर भइ हाल भद्रपुरमा श्रीमती र नानीसँग घर भाँडामा बस्दै आएका २५ वर्षीय सरोज कार्की शनिबार बिहान कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । मृतक कार्कीकी श्रीमती पनि प्रहरीमा कार्यरत छिन् । उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । मृतक कार्कीकी दिदीले भने खुट्टा भुइँमै छोएको र कोठाभरी सरसामान छरपस्ट रहेको भन्दै घटना शंकास्पद भएको बताएकी छिन् । शवको कानुनी प्रकृ

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 14,524 पटक पढिएको
  • मनसुन बाहिरिँदै, आज प्रदेश १ र बाँकी केही स्थानमा सामान्य वर्षा हुने

    बिर्तामोड / नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।आज बिहान प्रदेश १ र बाँकी पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा र बाँकी प्रदेशका थोरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 101 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –२ स्थित भलेनी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा –६ का ३० वर्षीय निरज तामाङ रहेका छन् । शुक्रबार बेलुका ४ बजे खुदुनाबारीदेखि शनिश्चरे आउँदै गरेको मे४ प२८१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकी दुर्घटना भएको  हो । मोटरसाइकल दुर्घटनाहुँदा चालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 189 पटक पढिएको
  • चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

    सुर्खेत / कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ । प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो ।यस योजनाअन्तर्गत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए ।“नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्ष

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 97 पटक पढिएको
  • दूध ढुवानी गर्ने गाडीलाई छुट्टै ‘लोगो’

    मोरङ / कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् । बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ । दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठा

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 100 पटक पढिएको
  • अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने

    काठमाडौं / बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताए । उनले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताए ।मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना ह

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 92 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.