समाचार

    Showing 25,341-25,350 of 26,780 items.
  • एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरमा एकको मृत्यु

    कञ्चनपुर / कञ्चनपुरमा म १ च २८८ नं को एम्बुलेन्सले दूध बोकेको साइकललाई ठक्कर दिँदा आज (बुधवार) एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐररहेका छन् । एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेलेले बताएका छन् । एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 104 पटक पढिएको
  • इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन निर्देशन

    सुर्खेत / जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवाप्रदायकलाई निर्देशन दिएको छ ।अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो । जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोगविहीन तार हटाउन र नयाँ तार जडान गर्न नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा इन्टरनेट तथा केबुल नेटवर्कका तार व्यवस्था

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 110 पटक पढिएको
  • युवतीको संकास्पद मृत्यु

    उदयपुर//उदयपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।  चौदण्डीगढी नगरपालिका–१० खैरामा  २१ वर्षीया करिश्मा चौधरी आफ्नै कोठामा  मृत भेटिएकी हुन्। लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ।दिउंसोदेखी सुतेकी उनि  साँझसम्म पनि नउठेपछि  घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताएका छन् ।कोठामा बाहिरबाट चुकुल लगाएको अवस्थामा उनि भेटिएपछि  घटना रहस्यमय रहेको परिवारले जनाएको छ। मृतकको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट भेटिएको छ।शव पोष्टमार्टमका लागि अस्पताल पठाइएक

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 159 पटक पढिएको
  • टिकटकले लियो दुलहीको ज्यान

     तनहुँ//टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहित बेपत्ता भएकी छन्।  शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खसेर लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल  भएकी हुन्।५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् । दुई साथीहरुसँग मंगलबार दिउँसो घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले  जानकारी गराएको छ । माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी उनि  चिप्लिएर नदीमा खसेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताका छन् ।नदीमा खसेपछि उनक

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 149 पटक पढिएको
  • खैरोहिरोईन सहित बिर्तामोडबाट दुई जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोड-३ स्थितबाट लागूऔषध खैरोहिरोईन सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी २-का ३४ वर्षीय भिमराज राई र पथरी-१ का ३२ वर्षीय अनुप सुब्बा लिम्बू  रहेका छन् । सोमबार राती को २७ प ८६७४ नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले नियन्त्रणमा लिई  चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बू समेतको संलग्नता पाइएको हो । दुबैलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनि जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,430 पटक पढिएको
  • बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

    बाँके / बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन् ।बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थलमा पुगेको थि

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 109 पटक पढिएको
  • नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

    कावासोती / पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।मृत्यु हुनेमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका –८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट –१० स्थित २३ स्मृति पुल नजिक एकआपसमा आज (मंगलबार) बिहान ठोक्किएका थिए ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 189 पटक पढिएको
  • सुनसरीबाट लागूऔषधसहित तीन पक्राउ

    धरान / सुनसरीको कोशी गाउँपालिका –८ कोशीकटानबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालनी –७ का २१ वर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ वर्षीय अवधेष कुमर मण्डल र  २५ वर्षीय रोशन मण्डल रहेका छन् ।आइतबार दिउँसो तीन बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय २० हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तीनै जना उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको क

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 111 पटक पढिएको
  • राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित

    काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रुक्मशमशेर जबराको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा स्व राणाप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । राणा विसं २०४८ को राष्ट्रियसभामा मनोनीत सदस्य रहेका थिए । पूर्वराजदूत समेत रहनुभएका राणाको ८६ वर्षको उमेरमा यही भदौ २६ गते शनिबार निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३० गते बिहान ११ बजे पुनः बस्नेछ ।

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 87 पटक पढिएको
  • लोकसेवा आयोग विधेयक पारित

    काठमाडौँ / राष्ट्रियसभाले  ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक सेवालाई सक्षम, गुणस्तरीय र पारदर्शी बनाउने उद्देश्यले नयाँ ऐन ल्याइएको हो । ऐन प्रमाणीकरण भएको ३१ दिनपछि लागू हुनेछ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा पनि एमालेका सांसदको

    • प्रकाशित मितिः भदौ २८, २०७८
    • 222 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.