समाचार

    Showing 25,381-25,390 of 26,780 items.
  • झुटो प्रमाणपत्र बनाउने एक पक्राउ

    काठमाडौँ  / झुटो कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसी रहेका छन् । केसीलाई कुपण्डोलस्थित युएन पार्कबाट पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, झुटा कागजात लगायतका विभिन्न झुटो प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 151 पटक पढिएको
  • ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

    ताप्लेजुङ / ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्गा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाको वातावरणीय प्रभाव मूल्यकाङ्कन (इआइए) प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार पहिलो सातामा स्वीकृत पनि

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 83 पटक पढिएको
  • एनआरएनए महासचिवमा डा पौडेलको उम्मेदवारी

    काठमाडौँ / नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।      आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो पदको घोषणा गरी चुनाव प्रचारप्रसार व्यापक बनाउँदै गएका हुन् । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । एनआरएनएको महासचिव पद महत्वपूर्ण जिम्मेवारी हो । (एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो ।

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 90 पटक पढिएको
  • नगद र गरगहना सुरक्षित, हत्या रहस्यमय

     संखुवासभा(अन्नपूर्ण पोस्ट दैनिकबाट )// बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको  पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना,

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 106 पटक पढिएको
  • १४ वर्षिया बालिकाको सामूहिक बलात्कार , ९ जना पक्राउ

     सुर्खेत//पश्चिम सुर्खेतमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।  ३० वर्षीय तेजबहादुर सार्की, ३४ वर्षीय प्रेम बुढाथोकी , ३५ वर्षीय युवराज शाही बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।त्यसैगरी ओमबहादुर दर्लामी, शोभा शाही भनिने खगेन्द्र शाही, डम्वर वादी, बाबुराम पुरी, गणेशसमेत पक्राउ परेको बताइएको छ।पञ्चपुरी नगरपालिकाकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको उनीहरुमाथि आरोप छ। साउन पाँच गते यता १४ वर्षीया बालिकालाई नौ जनाले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पछिल्लो समय भदौ १५ गते तीन जनाबाट सामुहिक बलात्कृत भएपछि बालिकाले प्रह

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 159 पटक पढिएको
  • झापाका एक रंगकर्मी तीन दिनदेखि बेपत्ता

      झापा//झापाका एक रंगकर्मी तीन दिनदेखि बेपत्ता छन् ।हल्दिबारी –१ गोल्धापका २७ वर्षीय  प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता भएका हुन्। सँगै सुतेका रंगकर्मीहरुले १२ बजे राति कोठामा उनलाई नदेखेपछि परिवारलाई खबर गरेका थिए । भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका उनको  खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइएको आमा दिलकुमारीले जानकारी गराएकी छन्। परिवारका अनुसार उनको मोबाइल, चप्पल कोठा मै छ । नेपाली चलचित्र पशुपति प्रसादमा समेत अभिनय गरेका दाहालले दर्जनौं नाटकमा समेत अभिनय गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 87 पटक पढिएको
  • न्यायाधीश इश्वर पराजुली चढ्ने कारको ठक्कबाट एक महिलाको मृत्यु

     मोरङ//मोरङमा न्यायाधीश इश्वर पराजुली चढ्ने कारको ठक्कबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षिया लक्ष्मी दाहालको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी गराएका छन्। दाहाल अदालत भित्रको क्यान्टिन संचालक हुन्।बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट घाइते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।उपचारकै क्रममा उनको मृत्यु भएको हो। जिल्ला अदालत मोरङको ५ नम्बर इजलासका न्यायाधीश पराजुलीको पिएसओ  ४२ वषीर्य बिन्दकुमार सिंहले कार चलाएको बताइएको छ।

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 82 पटक पढिएको
  • १६० आरोहीलाई मनास्लु हिमाल चढ्नेअनुमति

    काठमाडौँ / शरद् ऋतुका याममा मनास्लु हिमाल९८,१६३ मी।० आरोहणकालागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी)  आरोहण गर्न एक  समूहले  अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । कोभिड–१९ महामारीको जोखिमकाबीच पनि यो याममा स्वदेशी तथा विदेशी आरोहीले आरोहणका लागि अनुमति लिएका छन् । अघिल्लो वर्षको सो याममा महामारीकाबीच

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 83 पटक पढिएको
  • ‘पूर्वाधार निर्माणमा सरकारको प्राथमिकता’

    सिन्धुपाल्चोक  / राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समयभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बलेफी –तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका छन्।  उनिसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीका प्राविधिक सहितको टोलीले सो सडकखण्डको निरीक्षण गरेको थियो ।टोलीले अरनिको राजमार्ग अन्तर्गतको बलेफी बजारदेखि नौ

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 52 पटक पढिएको
  • अझै दुई दिन मनसुन सक्रिय हुने

    काठमाडौँ / अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । उत्तरी–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई

    • प्रकाशित मितिः भदौ २२, २०७८
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.