समाचार

    Showing 25,551-25,560 of 26,780 items.
  • करणी मुद्दामा फरार युवक पक्राउ

    धरान / जबर्जस्ती करणी मुद्दामा फरार रहेका सुनसरीका एक युवालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका –६ का २८ वर्षीय राजकुमार यादव रहेका छन् । यादवलाई विराटनगर महानगरपालिका –५ त्रिमूर्ति चोकबाट प्रहरीले भदौ १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार यादवले गत साउन १३ गते एक युवतीलाई इटहरी उपमहानगर –६ स्थित सिद्धार्थ होटलमा लगी जबर्जस्ती करणी गरी त्यसपश्चात् फरार भएका थिए । पीडितका आफन्तले दिएको उजुरीका आधारमा उनीमाथि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 102 पटक पढिएको
  • नेपालमा अझै तीन दिन मनसुन सक्रिय हुने

    काठमाडौँ / मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बङ्गालको खाडीको उत्तर –पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेकाले मनसुन सक्रिय भई अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् । उनका अनुसार मौसम सफा भई घाम लाग्न अझै केही समय लाग्ने छ । हाल गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही अन्य प्रदेशमा आंशिकदेखि  सामान्य बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानम

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 119 पटक पढिएको
  • राजधानी दैनिकका अध्यक्ष शेरचनको निधन

    काठमाडौं / सञ्चार उद्यमी महेन्द्र शेरचनको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।  राजधानी दैनिकका अध्यक्ष शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।६७ वर्षीय शेरचनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । शेरचनको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ ।वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीका पूर्वअध्यक्ष समेत हुन् । शेरचन हाल मिडिया अलाइन्सको उपाध्यक्ष र नेपाल सरकारको विज्ञापन बोर्डका सदस्य थिए ।मृतक शेरचनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । 

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • 98 पटक पढिएको
  • प्रदेश १ : बढ्यो सवारी भाडा

    बिर्तामोड / एक नम्बर प्रदेश सरकारले सार्वजनिक यातायातका साधनको सवारी भाडा वृद्धि गरेको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीका साधनको भाडा २३ प्रतिशत वृद्धि गरेको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गरी भाडा वृद्धि गरिएको जनाएको हो ।प्रदेशभित्र चल्ने यात्रुवाहक सार्वजनिक सवारीका साधनको भाडा २२ प्रतिशत बढाएको छ । त्यसैगरी प्रदेशका पहाडी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीका साधनको भाडा १६ दशमलव ५ प्रतिशतले बढाएको छ ।त्यसैगरी सरकारले मालबाहक सवारीको भाडा २३ प्रतिशत वृद्धि गरेको छ ।यातायात व्यवसायीले भने प्रदेश सरकारले बढाएको भाडा प्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका महासचि

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 268 पटक पढिएको
  • ब्राउन सुगर सहित बिर्तामोडबाट ४ जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडको दुई फरक-फरक स्थानबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड– ५ जात्रुबारीका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरस चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिली ग्राम सहित पक्राउ गरेको हो ।त्यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले चारपानेबाट बिर्तामोड –१ कि देवी तामाङ र बिर्तामोड –५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 1,944 पटक पढिएको
  • ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गर्दै सरकार

    बिर्तामोड (रासस) बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ। प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ। बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 97 पटक पढिएको
  • पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश सरकारको सहयोग

    झापा  / नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिएका छन् । बिर्तामोड स्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताएका छन्।यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल

    • प्रकाशित मितिः भदौ २, २०७८
    • 89 पटक पढिएको
  • ब्राउन सुगर सहित दुई पक्राउ

    बिर्तामोड / प्रहरीले बिर्तामोड–५ स्थित मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङ रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकाको साथबाट ब्राउन सुगर २० ग्राम र उनीहरु सवार मे २ प ८६८६ नम्बरको मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी गराएको छ ।पक्राउ परेकालाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 365 पटक पढिएको
  • उद्योगका महिला मजदुरमाथि दुर्व्यवहार !

    विराटनगर / मोरङको विराटनगर स्थित एक उद्योगका प्रमुख कार्यकारी अधिकृतले महिला मजदुरमाथि दुर्व्यवहार  गरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् ।विराटनगर – १३ मा सञ्चालनमा रहेको ट्राइकोट इन्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोकले महिला मजदुरमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनमा उत्रिएका उद्योगका मजदुरले चाण्डोक माथि कारवाही गर्न माग गरेका छन् । कारवाहीको माग गर्दै मजदुरले उद्योग परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् ।तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको उद्योगमा हाल करिव ३ सय ५० मजदुर कार्यरत रहेका छन् । उद्योग प्रशासनले उद्योगम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 126 पटक पढिएको
  • मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

    सिन्धुपाल्चोक/ मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ । विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र  वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिएका छन् ।कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले  समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए । केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपा

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.