समाचार

    Showing 25,561-25,570 of 26,780 items.
  • अफगानिस्तानबाट १६४ नेपाली कामदार स्वदेश फर्किए

    काठमाडौँ / तालिवानले कब्जा गरेपछि अफगानिस्तानबाट पछिल्ला १० दिनमा  १६४ नेपाली कामदार स्वदेश फर्किएका छन् । एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले जानकारी दिएका छन् । अफगानिस्तान लाई तालिवानले कब्जा गरेसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले उद्धार गरेको छ । ती मध्ये केही आज नेपाल आइपुग्ने छन् ।  संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली उद्धारको पर्खाइमा र

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 104 पटक पढिएको
  • झापामा तीन गुणाले बढ्यो सवारी दुर्घटना

    झापा  / झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताएका छन्।झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको खड्काले जानकारी दिएका छन् । आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 174 पटक पढिएको
  • चीन, रुस, टर्की र पाकिस्तान सामान्य अवस्थामा झैं काम गर्दै ,काबुलस्थित दूतावास बन्द नगर्ने

    एजेन्सी //अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने भएका छन् । सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले   दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको बताएका छन्। अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको उनले जानकारी गराएका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा भएकाले  उनीहरू सुरक्षित रहेको प्रवक्ता हुआले  बताएका छ्न। चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 113 पटक पढिएको
  • झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानको आदेश

    काठमाडौँ // नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानले आदेश दिएको छ। झन्डै एक सय ५० जना नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई काबुल छाड्न  तालिवानले आदेश दिएको हो । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको बताइएको छ। तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएको सोहि होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले बताएका छन्।  सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।अमे

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 159 पटक पढिएको
  • कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौँ //कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।  सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै  प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरेको नियुक्ति बदर गर्न माग गरेका हुन्।उनले सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अन्तरिम आदेशको माग गरेका छन्।शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरेको थियो। खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने क

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 164 पटक पढिएको
  • कृशला हत्या प्रकरण : हत्यामा संलग्न दुई पक्राउ

    बिर्तामाेड / उदयपुरको त्रियुगा नगरपालिका –६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न दुइ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।कृशलाको हत्यामा संलग्न सप्तरी सुरुङ्गा नगरपालिका –१ का २७ वर्षीय उचित सदा र २३ वर्षीय विशे सदालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । गत साउन १३ गतेबाट परिवारसँग सम्पर्क बिहिन भएकी कृशलाको शव १९ गते त्रियुगा नगरपालिका  –६ स्थित रातमाटे खोलाको किनारमा फेला परेको थियो । प्रारम्भिक बयानमा दुवै अभियुक्तले कृशलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 180 पटक पढिएको
  • झापामा निषेधाज्ञा खुकुलो पारियो

    झापा / जिल्ला कोभिड व्यवस्थापन केन्द्र झापाको बैठकले भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले  बिहान १० देखि बेलुका ६ बजेसम्म बजार र यातायात खुल्ला गर्ने निर्णय गरेको हो ।अत्याधिक भीड हुने  खाद्यान्न लगायतका पसल भने बिहान ६ बजे देखि १० बजेसम्म मात्र खुल्ला गर्न दिने बैठकले निर्णय गरेको छ ।निषेधाज्ञा खुकुलो बनाउने निर्णय गर्दै बैठकले सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ ।स्वास्थ्य मापदण्ड पालना नगर्ने र स्थानीय प्रशासनको नियम उल्लंघन गर्नेमाथि कडा कारवाही गर्ने बैठकले निर्णय पनि गरेको छ ।  

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 367 पटक पढिएको
  • प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ

    रौतहट / प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।साहलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका –५ मेन चौकबाट पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 126 पटक पढिएको
  • इटहरीमा करेन्ट लागेर एकको मृत्यु

    इटहरी / सुनसरीको इटहरी नगरपालिका –१७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका –४ घर भएका र हाल इटहरीको लबिपुरमा बस्ने ४० वर्षीय राम कुमार लिम्बू रहेका छन् ।  आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । 

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 140 पटक पढिएको
  • कारको ठक्करबाट एकको मृत्यु, एक घाईते

    बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका –७ सिमल चौकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका घर भई हाल कन्काई नगरपालिका –८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेकी छिन् । आइतबार राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटी चालक बाह्रदशी गाउँपालिका –७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाईते भएका थिए । उनीहरूलाई उपचारको लागी बीएन्डसी अस्पतालमा पुर्‍याउन सा

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.