समाचार

    Showing 25,641-25,650 of 26,780 items.
  • झापामा साउन ३२ गतेसम्म निषेधाज्ञा

    झापा / कोरोना संक्रमितको दर बढ्ने क्रमसँगै गत साउन १६ गतेदेखि झापा जिल्लामा लागु भएको निषेधाज्ञा ३२ गतेसम्म थप भएको छ । शुक्रबार (आज) बसेको जिल्ला कोभिड व्यवस्थापन समिति(डिसीसीएमसी) को बैठकले साउन महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।यो अवधिभर औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने जनाइएको छ । विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, फलफुल, माछामासु बिक्री गर्न पाइने जनाइएको छ ।अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगन गर्ने बैठकले जनाएको छ । कर्मचारीले विहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 224 पटक पढिएको
  • अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

    बिर्तामोड  / अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका –९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बू रहेका छन् ।पेहिमलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको थियो ।सजाय तोकेपछि फरार भएका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 80 पटक पढिएको
  • भन्सार छलेर ल्याइएका मोबाइल बरामद

    नवलपुर / भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ ।पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी ( बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका –१ बाट ७८ लाख मूल्य बराबरको ५९५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।इलाका प्रहरी कार्यालय दुम्किबासबाट परिचालन भएको प्रहरी टोलीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैध रूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरेको गिरीले जानकारी दिएका छन् । भन्सार छलेर

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 102 पटक पढिएको
  • १० मिडियाले लिए सहुलियत व्याजमा कर्जा

    काठमाडौं / नेपालका १० मिडियाले कोभिड प्रभावित उद्यमलाई दिइने सहुलियत व्याजको कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले मिडियालाई कोभिड प्रभावित उद्यम व्यवसायको सुचीमा राखेपछि मिडियाले सहुलियत व्याजको कर्जा लिएका हुन् ।सहुलियत व्याजको कर्जा लिनेमा श्रमजीवी पत्रकारलाई २ वर्षदेखि तलब नदिएको आरोप लागेको नेपाल रिपब्लिक मिडिया प्रालि समेत रहेको छ । उक्त मिडियाले २० करोड रुपैयाँ कर्जा लिएको छ । कोभिड –१९ बाट प्रभावित उद्योग व्यवसायलाई ५ प्रतिशत व्याजमा दिइने पुनरकर्जा सुविधा वापत नागरिक दैनिक र रिपब्लिका दैनिक सञ्चालन गरिरहेको नेपाल रिपब्लिक मिडिया प्रालिले २० करोड रुपैयाँ प्राप्त ग

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 111 पटक पढिएको
  • लागूऔषध सहित एक पक्राउ

    धरान / इटहरीबाट लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी -४ फलामे पुल बस्ने ४८ वर्षीय सञ्जयकुमार चौधरी रहेका छन् ।चौधरीले घरको शौचालय नजिकै खाल्डोमा झ्यास र घर छाउने टायलले छोपेको अवस्थामा डाइलक्स डिसि १०० एमएलको ३३ बोतल, प्लाष्टिकमा नाइट्रोभेट १० को ३०० ट्याब्लेट, स्पास्मो प्रोक्सिभन प्लस २४० ट्याब्लेट, स्पास्मो ८० ट्याब्लेट र थप ३२ ट्याब्लेट लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।उनले लागूऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट परिचालन भएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका चौधरील

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 108 पटक पढिएको
  • खोप लगाएका नेपालीलाई युएईमा प्रवेश खुला

    काठमाडौँ / कोरोना विरुद्धको खोप लगाएका नेपालीलाई संयुक्त अरब इमिरेट्स (युएई) ले प्रवेश खुला गरेको छ । आज बिहीबार देखि लागू हुने गरी युएईले प्रवेश खुला गरेको आबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ ।युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ ।त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 43 पटक पढिएको
  • प्रहरी जवान पदको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

      विराटनगर //अपराध अनुसन्धान र अपराधि पत्ता लगाउने प्रहरी जवान पदको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ  परेका छन्। पक्राउ पर्नेमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका -६ का २३ वर्षीया सूर्य राई, १९ वर्षीया सागर राई, २२ वर्षीया संगम राई रहेका छन्।  यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ वर्षीया सरोज राई,२७ वर्षीया राजकुमार राई, शहिदभूमि गाउँपालिका - ३ का २१ वर्षीया खपाङ राई समेत रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ। प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा संचालित प्रहरी जवानको लिखित परीक्षामा सहभागी भएका उनीहरुलाई  प्रदेश प्रहरी ताल

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 154 पटक पढिएको
  • होटलबाट करिव २ किलो सुन सहित तीन पक्राउ

    काठमाडौं / नेपाल  प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले काठमाण्डौको सिनामंगल स्थित एक होटलबाट १ किलो ८ सय ६६ ग्राम सुन सहित तीनजना लाई पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको राजस्थानका २७ वर्षीय साकिर अलि , २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन् । उनीहरूको साथबाट सिल्भर र गोल्डेन कलरका पाता र भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय बरामद भएको छ ।सिनामंगलको सिरहा मगहानिया होटलबाट सुन सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी गराएका छन् ।उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किनेहरूलाई प्रयोग गरेर विमानस्थल हुँदै विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्या

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 79 पटक पढिएको
  • पत्रकार महासंघलाई सहयोग

    बिर्तामोड / नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य अनिल वाग्लेले जन्मदिनको अवसरमा बुधबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।झापा बुद्धशान्ति निवासी वाग्लेले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम जम्मा गरेका हुन् । बुधबारे जेसिज सन् २०२१ अध्यक्ष, प्रेस क्लब बुद्धशान्तिका अध्यक्ष, एभरेष्ट साबुन उद्योगका सञ्चालक, पूर्वेली साप्ताहिकका सम्पादक समेत रहेका वाग्ले डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा छन् । जन्मोत्सवको अवसरमा झापाली पत्रकारहरूको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।महासंघ झापा शाखाले स्थापना

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 83 पटक पढिएको
  • खोला तर्ने क्रममा एकको मृत्यु

    झापा / झापामा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगन्ज गाउँपालिका ६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दास रहेका छन् ।सुन्दासको आज बिहान ८ बजे सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय गौरीगन्जबाट  परिचालन गरिएको प्रहरी टोली घटनास्थल पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 79 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.