समाचार

    Showing 25,681-25,690 of 26,780 items.
  • एमसिसी बिरोधमा ईटहरीमा प्रदर्शन

    इटहरी / इटहरीमा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसिसी) विरुद्ध मोटरसाइकल तथा कार र्याली सम्पन्न भएको छ ।एमसिसीको विरोध गर्दै मोटरसाईकल तथा कार र्याली इटहरी बजार परिक्रमा गरी विराटनगर पुगेर कोणसभामा परिणत भएको शिव सेना सुनसरीका अध्यक्ष हिरा आचार्यले जनकारी दिएका छन् ।सभामा बोल्दै पुर्व राजा ज्ञानेन्द्र शासनकालका पुर्व मन्त्री राम कुमार सुब्बाले एमसिसी नेपाली जनताको नाममा पुर्ण रुपले राष्ट्रघाती हुने सक्ने भएकोले यसलाई षड्यन्त्र गरेर पारित गर्नु नहुने बताएका छन् । पुर्व मन्त्री सुब्बाले सवै नागरिक एकमत हुनु पर्नेमा जोड दिदै एमसिसी खारेजीको माग समेत गरेका छन् ।

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 664 पटक पढिएको
  • मोदीको निर्देशन : छिमेकी मुलुकका नागरिकसँग असल व्यवहार गर्नु

    बिर्तामोड / भारतीय सिमा सुरक्षा बल एसएसबीको ज्यादतीका कारण महाकाली नदीमा एक नेपाली बेपत्ता भएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘इन्डियन पुलिस सर्भिस’ (आईपीएस) अफिसरहरूलाई निर्देशन दिँदै छिमेकी मुलुकसँग असल व्यवहार गर्न निर्देशन दिएका छन् ।भारतीय सुरक्षाकर्मीले ज्यादती र हत्या जारी राखेको भन्दै नेपालमा यो विषय राष्ट्रिय मुद्दा बनेकै समयमा मोदीको यो भनाई सार्वजनिक भएको हो । मोदीले सो क्रममा नेपाल ,भुटान , माल्दिभ्स र मौरिसस असल छिमेकी भएको भन्दै छिमेकी मुलुकका नागरिकसँग सोही अनुसारको व्यवहार गर्न निर्देशन दिएका हुन् ।छिमेकी मुलुक  सुख, दुःखका साथी भएको बताउँदै मोदीले भने – ‘

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 1,779 पटक पढिएको
  • मलामी जाँदा बेपत्ता भएकी महिलाको खोजी गर्न परिवारको आग्रह  

    धरान / धरानमा छिमेकीको मलामी गएकी एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा धरान ५ तल्लो देउरालीकी ६० वर्षीया मनमाया आङ्बुहाङ लिम्बु हुन् ।छिमेकीको मृत्युपछि इटहरीस्थित बूढी खोलामा मलामी गएकी उनी चार दिनदेखि सम्पर्कविहीन भएकी हुन् । मलामी गएको बेला खोलामै आमासँग भेट भएर कुराकानीसमेत भएको र त्यसपछि परिवारको सम्पर्कमा नआएको जेठा छोरा डम्बर लिम्बु (कालु)ले जानकारी दिएका छन् । बेपत्ता भएकी महिलाले मलामी पुगेको १०- १५ मिनेटमा सँगै गएको साथीहरूलाई 'म घर फर्के है' भनी हिँडेको तर, अहिलेसम्म सम्पर्कमा नआएको परिवारको भनाई छ । मलामी गएको दिन साँझसम्म घर नआएपछि परिवारले साथीभाइ र आफन्तकोमा खोजतल

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 247 पटक पढिएको
  • भारतीय एसएसबीको ज्यादती जारी, सरकारले देखायो चासो

    बिर्तामोड / भारतीय सिमा सुरक्षा बल एसएसबीले महाकालीमा नदीमा रहेको तुइन अन्तराष्ट्रिय कानुनको धज्जी उडाउँदै काटिदिँदा एक नेपाली नदीमा बेपत्ता भएको विषयमा सरकारले चासो देखाएको छ ।एसएसबीले तुइनमा सवार रहेकै बेला काटिदिएकोले बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामीको विषयमा सरकारले चासो देखाएको हो ।प्रधानमन्त्री शेर बहादुर देउवाले सो घटना प्रति चासो देखाउँदै छानविन गर्न निर्देशन दिएपछि गृहमन्त्री बालकृष्ण खाँडले गृहसचिव  महेश्वर न्यौपानेको नेतृत्वमा छानविन समिति गठन गरेका हुन् । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 380 पटक पढिएको
  • कोरोना कहरबीच प्रशासकीय भवन निर्माण तीव्र

    गण्डकी / कोरोना महामारीबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तीव्र भएको छ ।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर हालसम्म ७५ प्रतिशत भवनको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिएका छन् ।विसं २०७८ फागुन १६ गतेसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने गरी नयाँ बाटो/जिएस इञ्जिीनियरिङ जेभीसँग गत वर्षको भदौ १५ गते ठेक्का सम्झौता भएको थियो । कूल ६ करोड ६२ लाख ११ हजार रुपैयाँको लागतमा निर्माण गरिने उक्त भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक हलसहित अन्य दुई बैठक कोठा छन् । भवन निर्माणकालागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौ

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 107 पटक पढिएको
  • कुलमान घिसिङ फेरि प्राधिकरणमा !

    काठमाडौँ / लोडसेडिङ र प्राधिकरणभित्रका बेथिति अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याउन उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् । घिसिङलाई आगामी भदौ १ गते प्राधिकरणको वार्षिकोत्सव सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अधि बढाइएको माओवादी केन्द्रको सचिवालयले जानकारी दिएको छ । उर्जा मन्त्रालय स्रोतका अनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाउन फाइल उठाउने काम सुर

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 406 पटक पढिएको
  • कबुलियत वन विवादः ओली सरकारको निर्णय उल्टिने

    काठमाडौं / उदयपुरको बेलका नगरपालिकाको सार्वजनिक जमिनलाई कबुलियत वन बनाउने सरकारको निर्णय फिर्ताको माग गर्दै स्थानीयवासी काठमाडौँ पुगेका छन् ।सरकारको उक्त निर्णयले बेलकाका सयौँ घरपरिवार विस्थापित हुने भन्दै संघर्ष समितिका अध्यक्ष नवीन राईको नेतृत्वको टोली आज (शुक्रबार) काठमाडौँ पुगेको हो । बेलका नगरपालिका सहितको सिफारिसमा १७६ हेक्टर जमिन कबुलियत वन बनाएर निजी कम्पनीलाई भाडामा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । उक्त निर्णय फिर्ताको माग गर्दै स्थानीयले सिंहदरबार पुगेर बन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेललाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 115 पटक पढिएको
  • कर्णालीमा जिप खस्दा दुई बेपत्ता, तीन घाइते

    धनगढी / कैलालीको कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका –७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जिप नदीमा खस्दा डोटीको आदर्श गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी बेपत्ता भएका हुन् । दुर्घटनामा जोशीका छोरीहरू १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । घाइतेमध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ । नेपालगञ्जबाट उपचार गरेर फर्किने क्रममा सोल्टा घुम्न जाँदा उनीहरु दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 74 पटक पढिएको
  • बजेट अभाव र उपभोक्ता समिति भित्रको विवादले पुल अलपत्र

    मिक्लाजुङ / बजेट अभाव र उपभोक्ता समिति भित्रको विवादका कारण मोरङको मिक्लाजुङ गाउँपालिका – ५ धानखेती स्थित सोल्टी खोलाको पुल साढे तीन वर्षदेखि अलपत्र परेको छ ।उपभोक्ता समिति गठन भएर १ करोड ८३ लाख रुपैयाँको लागतमा निर्माणको इस्टमेट तयार गरेर सुरु गरिएको पुल अलपत्र परेको हो।निर्माण हुने भनिएको पक्की पुल नबन्दा अहिले अस्थायी काठको पुल निर्माण गरि आवतजावत गर्न थालेको मिक्लाजुङ - ५ धानखेतीकी भिमकुमारी लिम्बुले जानकारी दिएकी छन् । मधुमल्ला, कत्ले र  उर्लाबारी लगायतका बजार जान पुल नब

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 71 पटक पढिएको
  • हराइरहेकी बालिकाको शव इनारमा फेला

    धनुषा / गणेशमान चारनाथ नगरपालिका १० बरमझियाबाट हराइरहेकी बालिकाको शव फेला परेको छ । सोमबार विहान घरबाटै हराइरहेकी छ वर्षीया प्रिति यादवको शव आज इनारमा फेला परेको हो । उनका बुबा वीरेन्द्र यादवका अनुसार सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिईन् । घरदेखि ५०० मिटर दूरीमा रहेको इनारमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । ]शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । 

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.