समाचार

    Showing 2,561-2,570 of 17,145 items.
  • काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढ्दै

     काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा  परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 469 पटक पढिएको
  • चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

    काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ’ निर्देशक शेर्पाले भने ।‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 193 पटक पढिएको
  • डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे । उनले भने,‘अब हामी

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 180 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाः कोपाइलट सुशान्तका पिताद्वारा आयोग संयोजकमाथि दुर्व्यवहारको आरोप

    काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले घटनाको अध्ययन गर्न गठित आयोगका संयोजकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आयोग पक्षपाती ढंगले कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कटुवालले आफू आयोगसँग कुरा गर्न जाँदा संयोजकले दुर्व्यवहार गरेको र प्रयोग गरिरहेको औषधिसमेत रोक्न बाध्य बनाएको दाबी गरे।उनका अनुसार आयोगले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा उल्लेख्य फरक प्रस्तुत गरेको छ। “छोरो जर्मनीमा जाँदा फेल भएको रहेछ भनेर कुराकानीम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 536 पटक पढिएको
  • संघीय संसद्को वेबसाइटको सर्भर डाउन, समस्या समाधानमा प्राविधिक टोली खटिएको

    काठमाडौं— संघीय संसद्को आधिकारिक वेबसाइटको सर्भर डाउन भएको छ। यसले प्रयोगकर्ताहरूलाई वेबसाइटमा पहुँच गर्न समस्या भइरहेको छ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सर्भरमा समस्या देखिएको छ र त्यसको समाधानमा प्राविधिक टोली खटिएको जानकारी दिए।“सर्भर डाउन भएको छ। बनाउन भनिएको छ। प्राविधिक टिमले हेरिरहेको छ,” गिरीले भने।हालको लागि सर्भर कहिलेसम्म सञ्चालनमा आउने भन्नेबारे निश्चित समय तोकिएको छैन। सचिवालयले समस्या चाँडै समाधान हुने अपेक्षा व्यक्त गरेको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 449 पटक पढिएको
  • १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणीपछि किशाेरी गर्भवती , आरोपी ५० वर्षीय राई पक्राउ

    काठमाडौ –  किशोरीलाई जबरजस्ती करणी गरि फरार भएका एक आरोपीलाई झापा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकाे गौरादह नगरपालिका- ९ झमकचाेक बस्ने ५० वर्षीय डिकबहादुर राई रहेका प्रहरीले जनाएकाे छ।२०८१ माघ महिनाको पहिलो साता राईले  १६ वर्षीया नाबालिगलाई डर त्रास देखाई करणी गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ।करणीपछि किशाेरी गर्भवती भएकी थिइन् भने राई फरार थिए। गएकाे जेठ २८ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा पीडितले राई विरुद्ध किटानी जाहेरी दिएका थिए।  झिलझिलेबाट खटिएको प्रहरी टोलीले राईलाई गोप्य सूचनाका आधारमा यही साउन २८ गते  झापाकै शिवसताक्षी नगरपालिका-६

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 435 पटक पढिएको
  • काठमाडौंको कालीमाटी र कुलेश्वरमा अवैध पुल भत्काउँदै महानगर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले अवैध रूपमा निर्माण गरेका पुलहरू भत्काउने अभियान थालेको छ।काठमाडौं महानगरपालिका–१३ र १४ मा स्थानीयले आफूखुसी निर्माण गरेका पाँच वटा पुलमध्ये हाल दुई पुल भत्काइसकिएको र बाँकी तीन पुल भत्काउने तयारी भइरहेको महानगरले जनाएको छ।महानगरका अनुसार ती पुलहरू कुनै कानुनी स्वीकृति र प्राविधिक मापदण्ड बिना बनाइएकाले हटाउन लागिएको हो। यसले खोलाको प्राकृतिक बहावमा असर पार्नुका साथै बाढी र डुबानको जोखिम बढाउने भन्दै महानगरले अवैध संरचनाहरू हटाउन थालेको हो।यसअघि पनि महानगरले सार्वजनिक जमिन, सडक र खोल्सामा गरिएको अतिक्रमणविरुद्ध विभिन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 388 पटक पढिएको
  • महाकाली नदीमा पानीको बहाव उच्च भएपछि आवागमन बन्द

    काठमाडौं— महाकाली नदीमा पानीको बहाव उच्च भएपछि कञ्चनपुरस्थित नेपाल–भारत सीमाको बनबासा पुल (शारदा ब्यारेज) हुँदै हुने सवारी तथा मानव आवागमन बन्द गरिएको छ।आज बिहान ११ बजे महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाव मापन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। यो बहाव एक लाख क्यूसेकभन्दा बढी भएको अवस्थामा जोखिमपूर्ण मानिने भएकाले चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी साधन तथा सर्वसाधारणको आउजाउ अस्थायी रूपमा रोकिएको हो।शारदा ब्यारेज बाढी मापन केन्द्रका अनुसार नदीमा जलसतह अझै बढ्ने अनुमान गरिएको छ। भारततर्फको शारदा ब्यारेज कार्यालयले पनि सूचना जारी गर्दै आगामी केही घण्टा थप वर्षा हुने सम्भावना रहेकाले

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 433 पटक पढिएको
  • डिजिटल प्रविधिको जिम्मेवार प्रयोगले समृद्ध भविष्य निर्माण सम्भव : देउवा

    काठमाडौं –  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डिजिटल माध्यमको सचेत, जिम्मेवार र समुचित प्रयोग नै देशको डिजिटल भविष्यको आधार हुने बताएका छन्।नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक कार्यक्रमको उद्घाटन गर्दै देउवाले डिजिटल माध्यमले सेवा तथा सुविधालाई छिटो, पारदर्शी र प्रभावकारी बनाएको उल्लेख गरे।उनले भने, "आजको युग विज्ञान र प्रविधिको हो। हामी डिजिटल युगमा बाँचिरहेका छौं, जहाँ मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको प्रयोग दैनिक जीवनको अभिन्न अंग बनेको छ।"सभापति देउवाका अनुसार डिज

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 309 पटक पढिएको
  • ठमेलबाट ११५ किलो बुद्धचित्तसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं – ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट  दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 384 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा