समाचार

    Showing 2,561-2,570 of 26,489 items.
  • विद्युत उपभोक्तालाइ झट्का मासिक ५० युनिटभन्दा बढी विद्युत खपत १३% भ्याट तिर्नुपर्ने

    काठमाण्डौ  ।  सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था लागू गर्ने भएको छ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले विद्युत खपतमा सहुलियत दरको भ्याट प्रणाली लागू गर्ने घोषणा गरेको हो।नयाँ व्यवस्थाअनुसार अन्तिम उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्नेछ। सरकारले यसलाई ‘सहुलियत दर’ को भ्याट व्यवस्था भनेर व्याख्या गरेको छ।हाल घरेलु विद्युत उपभोक्तामध्ये धेरैले न्यून खपतका कारण भ्याट नतिर्ने व्यवस्था रहेको थियो। तर अब निश्चित सीमा नाघेर विद्युत प्रयोग गर्ने उपभो

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 358 पटक पढिएको
  • एमालेको उत्तराधिकारी बहस र वाम राजनीतिको नयाँ मोड़ : पतनबाट पुनरुत्थानको सम्भावना

    देवेन्द्र किशोर:  नेपालको राजनीतिमा यतिबेला सबैभन्दा बढी चासो र बहसको विषय बनेको छ—नेकपा एमालेभित्र देखिएको उत्तराधिकारी राजनीति हो । गुण्डुमा सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेपछि यो बहस झन् सतहमा आएको छ। बाह्य रूपमा हेर्दा यो एउटा सामान्य संगठनात्मक निर्णय जस्तो देखिए पनि यसको राजनीतिक अर्थ निकै गहिरो छ। यसले एमालेभित्र नेतृत्व हस्तान्तरण, शक्ति सन्तुलन, वाम आन्दोलनको भविष्य तथा नेपालको बदलिँदो भू–राजनीतिक अवस्थासम्मका प्रश्नहरूलाई एकैपटक उठाएको छ।एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले लामो समयसम्म सक्रिय राजनीतिमा फर्कि

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 311 पटक पढिएको
  • बजेटपछि प्रधानमन्त्री बालेन शाहको स्टाटस – ढुक्क हुनुस् !

    काठमाण्डौ । प्रधानमन्त्री बालेन शाह लामो समयदेखि मौन छन् । उनले सार्वजनिक कार्यक्रममा नबोलेको धेरै भइसक्यो । यतिमात्रै होइन गणतन्त्र दिवसका दिनसमेत उनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन्। उनले सम्बोधन त गरेनन् नै गणतन्त्र दिवसको औपचारिक शुभकामना समेत दिएनन्। यहीबिचमा बालेनले शुक्रबार राति एक अस्पष्ट स्ट्याटस लेखेका छन् । उनले फेसबुकमा देखेका छन्, ‘ढुक्क हुनुस् !’ यो कसप्रति लक्षित हो भन्ने पनि खुलेको छैन।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 423 पटक पढिएको
  • जेन जी आन्दोलनपछि आएको सरकारको “स्वर्णिम बजेट” : नेपाली अर्थतन्त्रको नयाँ मोड कि पुरानै आश्वासन ?

    देवेन्द्र किशोर: नेपालको राजनीतिक इतिहासमा प्रत्येक राजनीतिक परिवर्तनपछि नयाँ आशा र नयाँ नारासहित सरकार गठन हुने परम्परा रहिआएको छ । तर पछिल्ला वर्षहरूमा युवापुस्ताको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार, दलाल पुँजीवाद र सुस्त प्रशासनिक संस्कृतिका विरुद्ध देखिएको जनचेतनाले नेपाली राजनीतिमा नयाँ दबाब सिर्जना गरेको छ ।विशेषतः जेन जी पुस्ताको चेतना, सामाजिक सञ्जालमार्फत अभिव्यक्त असन्तोष र वैकल्पिक राजनीतिक सोचले पुरानो राजनीतिक संरचनामाथि प्रश्न उठाइरहेको सन्दर्भमा आएको वर्तमान सरकारको बजेटलाई धेरैले “स्वर्णिम बजेट” का रूपमा व्याख्या गरेका छन् ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थि

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 1,153 पटक पढिएको
  • सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका हाइलाइट ११ बुँदामा के छ?

    काठमाण्डौ  ।  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब  रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका हुन्। आर्थिक वर्ष २०८३/८४ का बजेटका हाइलाइट —१. कर्मचारीको पारिश्रमिक करिब २१ प्रतिशत बढ्यो, अधिकतम तलब १ लाखभन्दा माथि: निजामती कर्मचारीको तलब १० प्रतिशत बढ्ने भएको छ।अर्थमन्त्री स्वर्णिम वाग्लेले यसपालि बजेट प्रस्तुत गर्दै निजामती कर्मचारीको तलब १० प्रतिशत बढाइए

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 484 पटक पढिएको
  • आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट (पूर्णपाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताए ।पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।आगा

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 614 पटक पढिएको
  • सरकारले दिएका कर छुट र सहुलियत

    काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउन विभिन्न कर सहुलियत, छुट तथा सुविधा विस्तार गर्ने घोषणा गरेको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै उद्योग, कृषि, पूर्वाधार र सामाजिक सुरक्षासँग सम्बन्धित क्षेत्रमा कर छुट तथा प्रोत्साहन कार्यक्रम अघि सारिएको जानकारी दिए ।बजेट अनुसार नेपालभित्र कृत्रिम हातखुट्टा तथा अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिइने व्यवस्था गरिएको छ । यसले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक उपकरण उत्पादनलाई सहज बनाउने अप

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 442 पटक पढिएको
  • अर्थमन्त्री डा. वाग्लेले विभिन्न वस्तुमा कर घटबढ गरेका छन्

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न वस्तुमा कर घटबढ गरेका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै उनले करको दर घटबढ गरेका हुन् । करको बोझ घटाउन आयकर छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख रुपैयाँ पुर्याइएको छ भने व्यक्तिगत आयकरको दरलाई १० प्रतिशत बिन्दुले घटाइएको छ । – औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तिमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ । विद्यमान एघार तहको भन्सार दरलाई सात तहमा सीमित गरिएको छ । –हाल ३६० वस्तुमा लागिआएको अन्तःशुल्क खारेज गरिएको छ ।  भन्सार बिन्दुमा संकलन ह

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 387 पटक पढिएको
  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकारः २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ । चालु तर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्था तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बजेट२०८३_८४

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 357 पटक पढिएको
  • तिलगंगा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट

    काठमाडौं— सरकारले तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनका लागि कर छुट दिने भएको छ ।अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले  आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै तिलगंगा आँखा अस्पताललाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर छुट दिने उल्लेख गरेका हुन् ।नागरिक स्तरबाट सुरु भई अन्तर्राष्ट्रिय स्तरमा नै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई सरकारले प्रोत्साहन गर्ने मन्त्री वाग्लेले बताए । यसअन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरिने मन्त्री वाग्लेले बताए । 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.