समाचार

    Showing 25,691-25,700 of 26,780 items.
  • अवैध रुपमा मदिरा कारखाना सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ  / काठमाडौँको ठमेलबाट अवैध रुपमा घरेलु मदिरा कारखाना सञ्चालन गर्दै आएका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि जिहुई रहेका छन् । उनी पर्यटक भिसामा नेपाल आएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठमेलस्थित ज्याठामा अवैध रुपमा सञ्चालन भइरहेको घरेलु मदिरा कारखानामा छापा मार्दा उनलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङका अनुसार पक्राउ परेका जिहुई लामो समयदेखि सरकारी अनुमतिबिना नेपालमा  ‘चिन

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 137 पटक पढिएको
  • बरामद भएको सुन र पैसामा अनियमितताको आरोप

    बिर्तामोड / जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको सुन र १७ लाख बढी रकममा अनियमितता भएको आरोप लागेको छ ।  केआइसिंह गाउँपालिका–६ भीताणीबाट प्रहरीले उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा प्रहरीले स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरेको थियो । पक्राउ परेकी महिलालाई केही दिन हिरासतमा राखेर प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै स्थानिय प्रहरीसँग आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैसाका विषयमा आधिकारीक जानकारी दिन माग गरेका छन् । केआइसिंह–६ भिताणी गाउँबाट बरामद गरिएको एक किलो १०० ग्राम  सुन र रकमका विष

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 98 पटक पढिएको
  • मेजर लिम्बूको कोरोना सङ्क्रमणबाट मृत्यु

    धरान / डिपोट स्कुल धरान –१८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व गोर्खा मेजर श्रवण कुमार लिम्बूको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।लिम्बुको ८३ वर्षको उमेरमा आज बिहान ६ बजे उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको डिपोट स्कुलका प्लस टु संयोजक विरान लिम्बुले जानकारी दिए ।लिम्बू राजनीति र सामाजिक क्षेत्रमा  निकै सक्रिय रहेका थिए  ।

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 96 पटक पढिएको
  • ५ दिनदेखि हराइरहेकी बालिकाको शव भेटियो, हत्या भएको आशंका

    धनुषा / सोमबारदेखि हराइरहेकी बालिका प्रिती यादवको शव फेला परेको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० को बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरीको शव फेला परेको हो।घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको खेतको एउटा पुरानो इनारमा शव तैरिरहेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिएका छन् । सिग्देलका अनुसार उनको शव गलेको अवस्थामा भेटिएको छ ।सोमबार साँझ ५ बजे पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि आफ्नै घरबाट बालिका बेपत्ता भएकी थिइन्। बेपत्ता भएकै दिनदेखि उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान ईनार छेउ जाँदा गन्ध आएपछि स

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 87 पटक पढिएको
  • धरौटी बुझाउन नसक्दा थुनुवाले हिरासतमै गरे आत्महत्या

    धनुषा / जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा एक थुनुवाको मुत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनियाँ गाउँपालिका –२ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रवि दास रहेका छन् ।  ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका दासको शव शुक्रबार हिरासतको शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीको पासो लगाई दासले आत्महत्या गरेको धनुषा प्रहरीको भनाइ छ । ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका दासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 231 पटक पढिएको
  • एसएसबीको ज्यादती : महाकालीको तुइन काटिदिदा एक नेपाली वेपत्ता

    दार्चुला / भारतीय सिमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका–२ मालघाट स्थित महाकाली नदीमा रहेको तुइन काटिदिएको छ । एक नेपाली नागरीक नदी तर्न तुइनमा सवार रहेकै समयमा एसएसबीले तुइन काटिदिएको हो ।तुइन काटिएपछि सदरमुकाम खलङ्गा जान हिडेका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन्। महाकाली नदी तर्न खोजेपछि एसएसबीले तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले जानकारी गराएका छन् । विवादीत सिमाक्षेत्र पांगलमा रहेका एसएसबीले तुइन काटिदिएको उनले बताएका छन् ।  नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यत

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 89 पटक पढिएको
  • लागूऔषध सहित दुई पक्राउ

    बिर्तामोड / झापाको मेचीनगरबाट लागूऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –१ बस्ने २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ वर्षीय निर्मल भुजेल रहेका छन् ।बिहीबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ब्राउनसुगर ३४ ग्राम र नेपाली २ लाख ५१ हजार रुपैयाँ बरामद गरेको छ । त्यसैगरी उनीहरूले प्रयोग गरेको मे४ प ४०९७ र मे६प ३२१३ नम्बरको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 128 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक घाईते

    मोरङ / मोरङको बेलबारी नगरपालिका –९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी –९ का २८ वर्षीय उमेश चौधरी रहेका छन् ।बिहीबार राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र१ –०२–०४३प ५७६८ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो ।  सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वासको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।  

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 56 पटक पढिएको
  • अब पुराना नोटको आगो ताप्न पाईने

    काठमाडौं / नेपाल राष्ट्र बैंकले पुराना नोटबाट ब्रिक्रेट बनाई इन्धनको रुपमा प्रयोग गर्न मिल्ने बनाएको छ । नोट पुरानो भएमा वा च्यातिए पछि सर्वसाधारणले साटेका नोटलाई बैंक तथा वित्तीय संस्थाले जलाएर नष्ट गर्दै आएका थिए । यसअघि राष्ट्र बैंकको बैंकिङ विभागमा सटही गरि बजारमा पठाउन नमिल्ने नोटलाई जलाउने गरिएको थियो ।जलाएर नष्ट गरिने उक्त नोटलाई अब मेसिनले टुक्र्याएर ब्रिकेट बनाइ इन्धनको रुपमा प्रयोग गर्न मिल्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।बिक्रेट बनाउन नेदरल्याण्डबाट नोट सेडिङ मेसिन ल्याईएको छ । उत्पादित बिक्रेटबाट आगो ताप्न र उद्योग कारखानामा प्रयोग गर्न सकिने राष्ट्र बैंकक

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 113 पटक पढिएको
  • कोरोना संक्रमण बढेसँगै सीसीएमसीको बैठक आज बस्ने

    काठमाडौं / कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ ।कोरोना संक्रमण दर उच्च भएसँगै आज अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । कोरोना संक्रमण दर बढे सँगै तेस्रो लहर देखापरेकोले त्यसको रोकथाम गर्ने उपायका सन्दर्भमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 81 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.