समाचार

    Showing 25,811-25,820 of 26,780 items.
  • जङ्गली च्याउ खाँदा बाबु-छोराको मृत्यु

    इलाम / इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ ।मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारकालागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 77 पटक पढिएको
  • जङ्गली च्याउ खाँदा इलाममा बाबु छोराको मृत्यु

    इलाम / इलामको फाकफोकथुममा जङ्गली च्याउको तरकारी खाँदा बाबु–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बू र उनका छोरा १२ वर्षीय दिवस लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गत साउन ३ गते घर नजिकैको जङ्गलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी परेका दुबै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुबै जनाको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 59 पटक पढिएको
  • एमसीसी कार्यन्वयन नगर्न दवाब दिँँदै खबरदारी

    बिर्तामोड /शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न दबाब दिने उद्देश्यले संयुक्त राष्ट्रवादी संघर्ष समिति झापाले शनिबार खबरदारी सभा आयोजना गरेको छ ।समितिले पुर्वीद्धार काँकडभिट्टादेखि बिर्तामोडसम्म मोटरसाइकल र्याली तथा खबरदारी सभा आयोजना गरेको हो ।एमसीसी कार्यान्वयनको मिति नजिकिँदै जाँदा त्यसलाई कार्यान्वयन नगर्न दवाव दिने उद्देश्यले समितिले देशव्यापी प्रदर्शन गरेको छ । साउन १५ गते एमसीसी कार्यान्वयनको अन्तिम समय सिमा छ। काँकडभिट्टामा संक्षिप्‍त सभा गरेर शुरु भएको र्यालीले धुलावारी र बिर्तामोडमा

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 1,180 पटक पढिएको
  • नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

    नेपालगञ्ज / भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हेरोइनसहित बाँके प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा कोठा लिएर अवैध लागुऔषधको ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो । लागुऔषध ब्यूरो नेपालगञ्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगञ्ज–१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनऊ कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालग

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 102 पटक पढिएको
  • जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व : प्रदेश प्रमुख पौडेल

    पोखरा / गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताएकी छन् । मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताएकी छन्।गुरु परम्परा प्राचीन सनातन  परम्परा रहेको जनाउँदै उनले गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने सदियौँदेखि चलिआएको परम्परा भएक

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 77 पटक पढिएको
  • परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल

    सिद्धार्थनगर / निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ ।  उनी भन्छन्, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच/सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 113 पटक पढिएको
  • अनुगमनमा सेनाको प्राविधिक टोली

    मनाङ  / गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबह

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 58 पटक पढिएको
  • मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

    तुलसीपुर / लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउँछन् ।“हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालीम प्रदान गर्छौं”, उनि भन्छन् “तालीमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।” यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागीको भनाइ छ । “हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 69 पटक पढिएको
  • पिलरले लागेर बालकको मृत्यु

    इलाम / इलाममा पिलरले लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बसेका इलाम नगरपालिका ६ खरेल डाँडाका बचासदिप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजाल रहेका छन् ।शुक्रबार बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी तयार गरिएको पक्की सिमेन्टको पिलरले लागेर गम्भिर घाईते भएका थिए । घाईते उनको  उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 70 पटक पढिएको
  • मलेसियाबाट जहाजमार्फत २४ शव नेपाल ल्याइयो

    काठमाडौँ / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ ।निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.