समाचार

    Showing 25,861-25,870 of 26,780 items.
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    कर्णाली / मङ्गलबार राति परेको  अविरल वर्षाका कारण  कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताएका छन् । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै  रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र&n

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 97 पटक पढिएको
  • लागूऔषध गाँजा सहित एक पक्राउ

    मकवानपुर / लागूऔषध गाँजा सहित प्रहरीले बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिएका छन् ।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले बिहान पौने ३ बजे ना. ८ ख ८२८४ नम्बरको ट्रकभित्र ८१ किलो ३ सय ५० ग्राम लागूऔषध गाँजा फेला पारेको हो । हेटौंडा–नारायणघाट सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त परिमाणको गाँजा बरामद गरेको र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 66 पटक पढिएको
  • डडेल्धुरामा ९५ प्रतिशत रोपाइँ सम्पन्न

    डडेल्धुरा / छ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने डडेल्धुरामा करीब ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस वर्षको अहिलेसम्म ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।समयमै मनसुन वर्षा भएका कारण डडेल्धुरामा यो वर्ष साउन पहिलो सातामै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिएका छन् । नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण प्रायःजसो ठाउँमा रोपाइँ सम्पन्न गरिएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 60 पटक पढिएको
  • सवारी दुर्घटनाको सङ्ख्यामा दोब्बर वृद्धि

    चितवन / जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो ।कार्यालयको तथ्याङ्कअनुसार गत आवमा ४३५ दुर्घटनामा भएका छन् । अघिल्लो आवमा २६१ सवारी दुर्घटना भएका थिए । गत आवमा दुर्घटना बढेसँगै मृत्यु हुनेको सङ्ख्यासमेत बढेको छ । गत आवमा १२८ जनाको मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिएका छन् । अघिल्लो आवमा १०७ जनाको मृत्य भएको थियो ।गत वर्ष भएका दुर्घटनामा ७६३ घाइते भएका छन् । तीमध्ये २९० गम्भीर र ४१३ जना सामान्य घाइते भएका छन् । ती दुर्घटनामा ६६४ स

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 47 पटक पढिएको
  • राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहि

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 55 पटक पढिएको
  • नेपाल भारत सरकारबीच समझदारी गरेर रेल चलाउन सकिने

    जनकपुर / जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक सबै किसिमका तयारी पूरा भएको छ । पूर्वाधार, जनशक्तिलगायतका सबै तयारी भइसकेकाले अब नेपाल र भारतका सरकारबीच समझदारी गरेर रेल सञ्चालन गर्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।हिजोआज नै रेल सञ्चालन गर्ने गरी तयारी गरिएकामा सरकार परिवर्तन भएकाले केही दिन लम्बिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् । उनका अनुसार आजभोलि नै भारत सरकारले हस्तान्तरण गर्ने गरी कार्यक्रम राखिएको थियो । अहिले मन्त्रालयस्तरमा सल्लाह गरेर केही कागजात आदानप्रदान र हस्तान्तरण गर्न बाँकी छ । उनले भने, “पूर्वाधार हस्तान्तरण भएपछि उद्घाटन हुने हो ।”भारत सरकारले

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 209 पटक पढिएको
  • गाँजासहित हेटौँडाबाट एक पक्राउ

    हेटौँडा / ट्रकमा अबैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा सहित प्रहरीले चालकलाई पक्राउ गरेकोे छ । मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको  सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको  लागुपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको हो । मनहरिका  प्रहरीले  बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताएका छन् । ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम ने

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 72 पटक पढिएको
  • मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज मनाइँदै

    काठमाडौँ / 'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहेको छ ।आजको दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्ने चलन छ।काठमाण्डौको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरे पनि को

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 134 पटक पढिएको
  • बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु

    सिन्धुपाल्चोक / हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपद्ग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिएका छन् । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो । तीन लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 145 पटक पढिएको
  • विषाक्त मदिरा प्रकरण : अुनसन्धान समिति गठन

    बागलुङ / विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक हवारीको नेतृत्वमा पाँच सदस्यीय अुनसन्धान समिति गठन भएको प्रहरीले जनाएको छ ।बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्ती रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । त्यस्तै उनीहरुसँगै मदिरा खाएका ३८ व

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.