समाचार

    Showing 25,871-25,880 of 26,780 items.
  • ‘सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ’ : गृहमन्त्री

    काठमाडौँ / गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन् ।राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाँडले भन्छन्, “नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बत

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 113 पटक पढिएको
  • किरात साहित्यकार नवल फाइवालीको निधन

    झापा / किरात साहित्यकार तथा लेखक नरबहादुर लिम्बू (नवल फाइवाली)को निधन भएको छ । अर्जुनधारा ७ निवासी ८० वर्षीय साहित्यकार नवल फाइवालीको मंगलबार दिउँसो निधन भएको हो ।किरात धर्म, संस्कार र भाषाका लागि विज्ञ मानिएक उनलाई ५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। उनको एन्टिजेन परीक्षण गरिँदा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उपचारकै क्रममा हृदयघात भइ निधन भएको कान्छा छोरा राज लिम्बूले जानकारी दिएका छन् । अहिले उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । आजै शनिश्चरेको सालबारी जंगलमा अन्त्येष्टि गरिने परिवारले

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 136 पटक पढिएको
  • पहिराले झोलङ्गे पुलमा क्षतिः जोखिमपूर्ण यात्रा गर्न बाध्यता

    गोरखा / बाढीसँगै आएको पहिरोले उत्तरी गोरखाको धार्चे गाउँपालिकामा रहेको झोलङ्गे पुलमा क्षति पुर्याएको छ।पहिरोसँगै खसेको ठूलो रुखले धार्चेगाउँपालिका–५ को माछाखोला र वडा नं ३ को उहियाँ खोला जोड्ने झोलुङ्गे पुलको एकतर्फको लठ्ठा चुँडिएर क्षति भएको स्थानीयवासी प्रतापमान गुरुङले जानकारी दिएका छन्। आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण खोला तर्फबाट खसेको पहिरोले पुलमा क्षति पुर्याएको उनले बताएका छन् । “माथि भिरबाट ठूलो रुख ढलेर पुलमा खसेका कारण पुलको एकातर्फको लठ्ठा चुँडिएको छ”, उनि भन्छन्, “तत्काल मर्मत सम्मार गर्न नसके यहाँका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ ।” २०६० सालमा

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 220 पटक पढिएको
  • नदीमा बगेर दुई बालिका बेपत्ता

    झिमरुक / पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन्।बेपत्ता हुनेमा जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोमबहादुर थापा मगरकी आठ वर्षीया छोरी विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा (मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिएका छन् ।सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको प्रहरीले जनाएको छ। स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवा

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 102 पटक पढिएको
  • एनआरएनलाई विद्यार्थीको ध्यानाकर्षण

    काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाको साधारण सदस्यताको विवाद उत्कर्षमा पुगेको छ । त्यहाँ साधारण सदस्यता लिएका विद्यार्थीलाई कार्यसमितिका पदमा उमेदवार हुन वन्चित गरिएकोप्रति उनीहरुले एनआरएनए अन्तरराष्ट्रिय परिषद, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र एनआरएनए एशिया प्रशान्त क्षेत्रको ध्यानाकर्षण समेत गराएका छन् ।विद्यार्थीको एनआरएनएमा संस्थागत आवद्धताका विषयमा छलफल गरी उचित निष्कर्ष निकाल्न माग गरिएको छ । विभेदकारी प्रक्रियाको अन्त्य नगरिए सदस्यता खारेज गरी सदस्यताका निम्ति बुझाएको रकम पनि फिर्ता गर्न माग गरिएको छ ।कार्यसमिति पदका लागि एनआरएनए कोरियाको अधिवेशनमा पटक

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 105 पटक पढिएको
  • भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    ललितपुर / नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ । उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 104 पटक पढिएको
  • सात हजार लिटर घरेलु मदिरा नष्ट

    कर्णाली / जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् । प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताएका छन्। सामाजिक अपराधका अधिकांश घटना मदिराका

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 92 पटक पढिएको
  • मतदाता नामावली अद्यावधिक शुरु

    डोटी / जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ । कार्यालयले नौवटै स्थानीय तहमा रहेका नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम शुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिएका छन् । जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ। ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले ब

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 86 पटक पढिएको
  • भीरबाट लडेर एकको मृत्यु

    बागलुङ / काठेखोला गाउँपालिका–५ बिहुँ काउले बस्ने ४८ वर्षीय पुरुषको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा इन्द्रबहादुर पुन रहेको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिएका छन् ।घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको भीरबाट लडेर मृत्यु भएको छ। घटना बारे स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 95 पटक पढिएको
  • विषाक्त मदिरा सेवन गर्दा चारको मृत्यु, दुई गम्भीर

    गलकोट / विषाक्त मदिरा सेवन गर्दा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको  धौलागिरि अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।  मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः साउन ५, २०७८
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.