काठमाडौं— एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ । पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन् । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ ९१४ प्रतिशत ( माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ ९१ प्रतिशत) माछापुच्छ्रे« क्या
काठमाडौं— नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल महाधिवेशन प्रतिनिधि पदमा पराजित भएका छन् । एमाले ११ औँ केन्द्रीय महाधिवेशनको लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका पोखरेल शनिबार सम्पन्न निर्वाचनमा पराजित भएका हुन् ।मङ्सिर २७ गते देखि २९ गते काठमाडौंमा हुने एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ मा सर्वसम्मतिबाट प्रतिनिधि चयन गरिएको छ भने क्षेत्र नम्बर–१ मा शनिबार चुनाव भएको थियो ।शनिवार हेटौँडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलबाट २२ जना प्रतिस्पर्धीहरूमध्ये ८ जन
कोलम्बो— श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ।धेरै जिल्लाहरूमा खोज र राहत कार्य तीव्र पारिएको छ। १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ। सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ।२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन्।
काठमाडौं— दार्चुला पावरको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो । कम्पनीले दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।करिब ५६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारि
रामेछाप— रामेछापको सदरमुकाम मन्थलीमा घरै पिच्छेजस्तो सहकारीका बोर्डहरू छन् । ती सहकारीको बिचमा एउटा सहकारीको छुट्टै पहिचान छ । महिलाहरूले मात्र सञ्चालन र व्यवस्थापन गरेको सहकारी जसको पहिचान अलग छ । महिलाहरूको सञ्चालन र व्यवस्थापन रहेको दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनको १९ वर्ष पुरा गरेको छ । १९ वर्षमा संस्था झण्डै १ करोड रुपैयाँको मालिक भएको छ । दिदी बहिनीलाई सानातिना काम गर्न ऋणै भए पनि दिने सहयोगी भएको छ । दिदी बहिनीको सानो सानो रकम जम्मा गर्ने थलो भएको छ । आय आर्जनको लागि ऋण लिन चाहने महिलाहरूको लागि सहकारीले ब्याज समेत घटाएको संस्थाकी अध्यक्ष
काठमाडौं— नेपालमा द्रुतगतिमा डिजिटलाइज हुँदै गएको वित्तीय क्षेत्रले सामना गरिरहेको बढ्दो साइबर सुरक्षा चुनौतिबारे छलफल गर्न बेलायतमा मुख्यालय भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता संस्था, जेनेस सलुशनले बैंक तथा वित्तीय संस्था महासङ्घ नेपाल (सीबीएफआइएन) का वरिष्ठ नेतृत्वसँग शुक्रबार एभरेस्ट होटलमा एक अन्तरक्रिया आयोजना ग¥यो ।उक्त अन्तरक्रियामा नेपालका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रविधि अधिकृतहरु सहभागी थिए । जेनेस सलुशनका प्रमुख कार्यकारी तथा युके र आयरल्यान्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्व्यासडर अञ्जनी फुयाँलले नेपालमा
रामेछाप— मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–२ गागनमा आइतबार बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जनाको घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार मृत्यु हुनेमा दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमार हुन्। महेशको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमारको दुधौली नगर अस्पताल सिर्थौलीमा उपचार भईरहेको छ । दिपेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरीका अनुसार बिहान पोखराब
हेटौंडा— सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेटौंडामा सडक विस्तारको मुद्दा पुनः चर्किएको छ। डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५–२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः प्रभावित भएका छन्।यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६–१६ मिटरमा सीमित गर्ने तथा मुख्य राजमार्गलाई बाइपासमार्गतर्फ सार्ने प्रस्ताव सार्वजनिक गर्दै सरकारले बजारभित्र राजमार्गको भार कम गर्ने संकेत दिएका थिए। बस्नेतले सञ्चारकर्मीहरूसँग गरेको संवादमा १६ मिटरको सहरमुखी सडक निर्माण, फुटपाथ र ग्रिनबेल्टसहितको योजनालाई मन्त्रालयस्तर
बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाले नगर स्थापना दिवस विविध कार्यक्रम गरेर मनाउने भएको छ । स्थापना दिवसका अवसरमा नगरपालिकाले स्थानीय संस्कृति झल्किने कार्यक्रमको आयोजना गर्ने भएको हो।नगरपालिकाले आफ्नो ११ औं ‘नगर स्थापना’ दिवसका अवसरमा बाजुराको कला, संस्कृति झल्किने विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक बर्ष भव्य रुपमा स्थापना दिवस मनाउँदै आएकोमा यो बर्ष पनि भव्य रुपमा स्थापना दिवस मनाईने नगरपालिकाले जनाएको छ ।सुदूर तथा बाजुराको संस्कृतिलाई प्रमुख प्राथामिकतामा राखेर स्थापना दिवसका अवसरमा सामाजिक, संस्कृति झल्किने लगायतका कार्यक्रम गर्न लागिएको नगर प्रवक्ता तथा बडीमालिका नगरपालिका ७
सिन्धुली। मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.