समाचार

    Showing २५१-२६० of २६,७९८ items.
  • बाढीको कहरबाट जोगिएका २१ भारतीय तीर्थयात्री स्वदेश फर्किए, जयशंकरले गरे नेपाली सेना र सरकारको प्रशंसा

    काठमाडौं । नेपालको बाढी तथा विपद्का बीचबाट सकुशल उद्धार गरिएका २१ जना भारतीय तीर्थयात्री अन्ततः स्वदेश फर्किएका छन्। तमिलनाडुका ती नागरिकहरूलाई भारतका विदेशमन्त्री डा. एस. जयशंकरले स्वागत गर्दै उनीहरूले भोगेको त्रासदीपूर्ण अनुभवबारे जानकारी लिएका छन्।जयशंकरले तीर्थयात्रीहरूको अनुभव सुन्दा आफू भावुक बनेको बताएका छन्। विपद्को कठिन परिस्थितिमा उनीहरूको उद्धारका लागि नेपाली पक्षले देखाएको तत्परता र साहसको उनले प्रशंसा गरेका छन्।नेपाली सेनाको उद्धार प्रयासको विशेष प्रशंसा  : संकटको समयमा साहसिक तथा मानवीय उद्धार कार्य गरेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरले नेपाली सेना र नेपाल सरकारलाई व

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५८३ पटक पढिएको
  • बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड

    काठमाडौं— रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता आफन्तको खोजी गर्दै परिवारजन नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको ब्यारेकसम्म पुगेका छन्।बाढीपछि विभिन्न स्थानमा खोजीका क्रममा फेला परेका शवहरू पहिचान तथा व्यवस्थापनका लागि सेनाको ब्यारेकमा ल्याउने गरिएको छ। आफन्तहरू आफ्ना परिवारका सदस्यको अवस्था बुझ्न तथा फेला परेका शवमध्ये आफ्ना आफन्त भए–नभएको पहिचान गर्न ब्यारेकमा पुगिरहेका छन्।ब्यारेकमा ल्याइएका केही शव सड्न थालेपछि दुर्गन्ध फैलिएको छ। शव पहिचान तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र आफन्तहरूले मास्क लगाएर काम गरिरहेका छन्।बाढीमा ठूलो संख्यामा मानिस बेपत्ता भएपछि आफन्तहरू

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४९० पटक पढिएको
  • बुद्ध एयरको आग्रहः सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

    काठमाडौं— बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।बुद्ध एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर खोज्न अनुरोध गरेको छ । कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४७२ पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको  एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५३७ पटक पढिएको
  • भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

    काठमाडौं— भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज (शनिबार) बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ । बाढीपहिरोको जोखिम बढेपछि नागढुंगा–मुग्लिङ सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो । लेदोका कारण अवरुद्ध भएका विभिन्न स्थानमा सफाइ भएपछि सडक सञ्चालनमा ल्याइएको हो । पछिल्लो समय बाढीपहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४६१ पटक पढिएको
  • रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।काठमाडौंमा संकलन हुने

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४५८ पटक पढिएको
  • विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै

    काठमाडौं— आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४६१ पटक पढिएको
  • रसुवा बाढीपीडितका लागि खोज, उद्धार तथा राहत सामग्री सहयोग गर्न प्राधिकरणको अपिल

    काठमाडौं— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा हालसम्म पनि खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार र गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्ने जनाएको हो । खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तथा प्रभावित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन विभिन्न सामग्री आवश्यक रहेको प्राधिकरणको

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४१७ पटक पढिएको
  • गाईजात्रा पर्व आज मनाइँदै

    काठमाडौं— आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४३६ पटक पढिएको
  • भोटेकोशी बाढीपीडितका लागि नमुना कलेजको ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग

    विराटनगर— इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ लाख ५ हजार ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।देशमा राष्ट्रिय विपत्ति आइपरेका बेला शैक्षिक संस्थाका तर्फबाट पनि पीडित नागरिकका लागि योगदान हुनुपर्छ भन्ने उद्देश्यले कलेजले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढीपीडितलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए।खड्काका अनुसार कलेजले घोषणा गरेको ५ लाख ५ हजार ५५ रुपैयाँ शनिबार नै प्रधानमन्त्री दैवी प्रकोप उद्ध

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ५७३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.