समाचार

    Showing 2,591-2,600 of 17,166 items.
  • ठमेलबाट ११५ किलो बुद्धचित्तसहित दुई चिनियाँ नागरिक पक्राउ

    काठमाडौं – ११५ किलो बुद्धचित्तको दानासहित ठमेलबाट  दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो । उनीहरुबाट १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।पक्राउ परेकाहरुको नामसहितको विवरण केहीबेरमा सार्वजनिक गरिने प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 384 पटक पढिएको
  • जसपा नेपालको पार्टी सदस्यता विवरण पठाउन निर्देशन

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यताको नवीकरण र अभिलेखीकरण प्रक्रिया छिटो टुंग्याउन मातहतका सबै समिति तथा इकाइहरूलाई निर्देशन दिएको छ।साउन मसान्तसम्म सदस्यता विवरणको सम्पूर्ण प्रक्रिया सम्पन्न गरी सम्बन्धित प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्ने पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।पार्टी महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिहरूलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गर्दै भनेका छन्, “जिल्ला समितिले सदस्यता नवीकरणको कार्य समयमै नगरेमा प्रदेश अधिवेशनमा सहभागिता जनाउन समस्या पर्न सक्छ, जसको जिम्मेवारी सम्बन्धित सदस्य

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 451 पटक पढिएको
  • फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौंमा विशाल लामा नेतृत्वको नयाँ समिति चयन

    काठमाडौं — नेपाल फुल कन्ट्याक्ट कराते महासंघ काठमाडौं शाखामा विशाल लामाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ।हालै सम्पन्न निर्वाचनमार्फत लामा अध्यक्षमा निर्वाचित भएका हुन्। महासंघको नयाँ कार्य समितिमा रितिग मगिया उपाध्यक्ष, वीरचन्द्र नकर्मी सचिव र जेनिसा तामाङ कोषाध्यक्ष पदमा चयन भएका छन्।सदस्यहरूमा सूर्य कार्की, रेवतीप्रसाद सापकोटा, दिनेश मर्हजन, सुजन श्रेष्ठ, अम्बिर कृष्ण श्रेष्ठ, चन्द्रकुमार मर्हजन, जिनेश डंगोल र क्षितिज किरण रंजित चयन भएका छन्।महासंघले नयाँ नेतृत्वसँगै काठमाडौंमा फुल कन्ट्याक्ट करातेको प्रवर्द्धन र खेलाडीको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 440 पटक पढिएको
  • दार्चुलाको छाङ्गरुमा बाढीले तीन काठे पुल बगायो, गोरेटो र पाइपलाइन समेत क्षति

    दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–१ छाङ्गरुस्थित नाम्पा र तिंकर खोलामा आएको बाढीले तीन वटा काठे पुल बगाएको छ। बाढीले छाङ्गरु र तिंकर जोड्ने तीन वटा काठेपुल बगाउनुको साथै पैदल यात्रा गर्ने गोरेटो बाटो समेत कटान गरेको छ।खाने पानीको पाइप समेत बगाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्गरुबाट सशस्त्र प्रहरी नायव उपरीक्षकको कमान्डमा टोली परिचालन भएको छ।सञ्चार सम्पर्क नभएका कारण थप विवरण प्राप्त हुन नसकेको पनि डीएसपी थापाले बताए। 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 281 पटक पढिएको
  • पोर्चुगलमा दोलखाका अर्जुनप्रसादको मृत्यु, शव नेपाल ल्याउन आर्थिक अभाव

    दोलखा – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल गएका दोलखा जिल्ला तामाकोसी गाउँपालिका–६, च्यामाका ३३ वर्षीय अर्जुनप्रसाद आँपागाईंको मृत्यु भएको छ । करिब ३९ महिनाअगाडि श्रम स्वीकृति गरेर क्रोसिया गएका आँपागार्इं केही महिनापछि पोर्चुगल छिरेका थिए ।पोर्चुगलगल पुगेपछि बेजा जिल्लाको एजेन्सी कम्पनीमा लेबर काम गर्दै आएका थिए । आइतबार बिहान घाँटीमा सलको पासो लगाएर आफ्नै कोठामा झुन्डिएको अवस्थामा उनलाई नेपाली साथीहरूले भेटेपछि मृतक आँपागाईंका भाइ शिवजी आँपागाईंलाई खबर गरेका थिए । आँपागाईंका वृद्ध बुबाआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन् । मृतकको सब ४ दिनदेखि पोर्चुगलको बेजा अस्पतालको शवगृहमा र

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 429 पटक पढिएको
  • दोलखाली अर्जुनको पोर्चुगलमा रहस्यमय मृत्यु

    दोलखा— वैदेशिक रोजगारीका लागि घरबाट टाढा गएका दोलखा तामाकोसी गाउँपालिका–६, च्यामा निवासी अर्जुनप्रसाद आँपागाईंको पोर्चुगलमा रहस्यमय मृत्यु भएको छ।३३ वर्षीय आँपागाईं आइतबार बिहान पोर्चुगलको बेजा जिल्लास्थित आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्। नेपाली साथीहरूले मृत अवस्थामा देखेपछि घटनाको खबर उनका भाइ शिवजी आँपागाईंलाई गराएका थिए।करिब साढे ३ वर्षअघि श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका अर्जुन केही महिनामै पोर्चुगल छिरेका थिए। उनी त्यहाँको एक एजेन्ट कम्पनीमा श्रमिकका रूपमा काम गर्दै आएका थिए।मृतक अर्जुनका वृद्ध बाबुआमा, श्रीमती, एक छोरा र एक छोरी नेपालमा छन्।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 406 पटक पढिएको
  • वैदेशिक रोजगारका नाममा करोडौं ठगी गर्ने सिंह कास्कीबाट पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारको नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका एक जनालाई कास्कीबाट पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ठगी आरोपमा २९ वर्षीय त्रिलोक सिंहलाई पक्राउ गरिएको जानकारी दिएको हो ।एन.ए.एन. मेरीटाइम ट्रेनिङ एण्ड एजिन्सी प्रा.लि.का सञ्चालक रहेका सिंहमाथि ६६ जना व्यक्तिबाट ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २७ डाँडाकोनाक क्षेत्रमा लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा  २७ साउनमा पक्रा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 381 पटक पढिएको
  • कैलाली कारागार प्रकरणः कैदीको मृत्युपछि सिडिओ हमाल तानिए गृह मन्त्रालय

     कैलाली— कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालय तानिएको छ।गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा बोलाएर उनको स्थानमा दाङका सिडिओ कृष्णप्रसाद लम्साललाई खटाएको हो।लम्साललाई दाङबाट कैलाली पठाइए पनि दाङमा हालसम्म नयाँ सिडिओको नियुक्ति गरिएको छैन।साउन २३ गते राति कैलाली कारागारका दुई ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो। उक्त घटनामा ४७ जना घाइते भएका थिए।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 459 पटक पढिएको
  • स्याङ्जामा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ सवारीसाधन नियन्त्रणमा

    स्याङ्जा – नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गरेको भन्दै प्रहरीले ३ सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही लागि स्थानीय पालिकालाई हस्तान्तरण गरेको हो।लु१क ५१८५ नम्बरको टिप्पर, लु१क ५१८६ नम्बरको टिप्पर र प्र ३०१००३ क ७१२९ नम्बरको एक्काभेटर रहेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।असार, साउन र भदौ ३ महिना नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा प्रतिबन्ध छ।  

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 511 पटक पढिएको
  • प्रमुख जिल्ला अधिकारी खालिः तीन जिल्लामा शून्यता

    काठमाडौं— तीन जिल्लामा बुधबारदेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारीविहीन हुनेमा भक्तपुर, ललितपुर र दाङ रहेका छन् । साउन २६ गतेको मन्त्रिपरिषद्ले ललितपुर प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई गृह मन्त्रालयभन्दा बाहिर सरुवा गरेको छ । सरुवा गरेको निर्णय साउन २८ गते बुधबार सार्वजनिक भएको हो ।पाण्डेलाई अर्थ मन्त्रालय र ढकाललाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार कैलालीको प्रमुख

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 430 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा