गोरखा / गोरखामा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नं. को माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए ।“बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र प्रवेश गर्न नपाइने र जिल्ला भित्रन नपाउने भए पनि सामाजिक सञ्जालमा सूचना नै राखेर समर्पक गरी यात्रु बोकेर ल्याउने गरेको रहेछ”, उनले भने, “विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका सवारी चालकले गोरखाबाट काठमाडौँसम्
काठमाडौँ / विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यका बाहिरका करीब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिएका छन् । अहिले १२९ लट मोटरसाइकल दर्ता छन् । यसरी सवारी साधनको दर्ता वृद्धिसँगै मुलुकको व्यापार घाटा थप बढ्ने गई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ । कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी हुने गर्दछ । वाग्मती प्रदेश अन्
ताप्लेजुंग / कोभिड-१९का कारण लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । दुई महिनादेखि नियमित उडान बन्द भएको विमानस्थलमा आज पहिलोपटक जहाज अवतरण भएको हो।नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट ७ जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले जानकारी दिएका छन् । निगमले गत सोमबारदेखि नियमित उडान शुरु गरेको थियो।गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण
काठमाडौँ / सातवटै प्रदेशमा आज पनि ‘नमूना युवा प्रदेशसभा’ को अभ्यास भइरहेको छ । नमूना युवा संसद्बाट छनोट गरिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदले आज भर्चुअल विधिबाट युवा प्रदेशसभाको अभ्यास गरिरहेका छन् । राष्ट्रिय युवा परिषद्को आयोजनामा युवा संसद् कार्यक्रमबाट छनोट १६ देखि २४ वर्ष उमेर समूहका युवाले प्रदेशसभा सञ्चालनको अभ्यास गरिहेका हुन् । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संसदीय अभ्यास सिकाइएका युवाले प्रदेशसभा सञ्चालन गरिरहेको बताएका छन् । उनका अनुसार आजको युवा प्रदेशसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिने छ ।
बिर्तामोड / देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती ,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भैरहेको छ ।महाशाखाले जारी गरेको बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोला
लहान / इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका –१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदाल
विराटनगर / मोरङको विराटनगरमा भाइले धारिलो हतियार प्रहार गरी दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका –५ पृथ्वी चोक घर भएका ३१ वर्षीय साजन सिंहले दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । साजनले पारिवारीक विवादलाई लिएर शुक्रबार राती १० बजे मादक पदार्थ सेवन गरि दाजुलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिर्तामोड / झापा प्रहरीले बुद्धशान्ति गाउँपालिका –१ बाट अवैध ढंगबाट ढुवानी गरिरहेको अवस्थामा सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । शुक्रबार राति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्रयाक्टर र र सखुवाको गोलिया तथा चिरान काठ ४२.५६ क्यूफिट नियन्त्रणमा लिएको हो । त्रिपालले छोपेर बुधबारे बजारतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको जनाएको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोशाकमा गएका प्रहरीलाई देखेर चालकले ट्रयाक्टर भगाउन खोजेका थिए । प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिई चाबी खोसेपछि स्पेयर चावीले ट्रयाक्टर भगाए पनि बाटो नभेटेपछि ट्रयाक्टर
बिर्तामोड / झापाको अर्जुनधारामा नगरपालिका – ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड – १ बस्ने आयुष राई रहेका छन् । शुक्रबार साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको घरमा छत ढलान गरी भाइब्रेटर मेसिनको तार फुस्काउने क्रममा राई करेन्ट लागि घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोड स्थित कनकाई अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
सङ्खुवासभा / सङ्खुवासभामा साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका –१ तिलार नयाँबस्तीका मुकेश तामाङ रहेका छन् । तामाङले चिचिला गाउँपालिका –२ घर भई हाल सोही स्थानमा दिदीको घरमा बस्दै आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका थिए । । शुक्रबार बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा शेर्पाको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संविधानसभाबाट प्रहरी टोली खटि गई मुकेश तामाङलाई नियन्त्रणमा लिइएको थियो । पुरानो रिसिवीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.