उदयपुर / उदयपुरमा गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती रहेकी छिन् । उनलाई हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ८ बाट १ केजी गाँजा सहित पक्राउ गरेको हो ।
काठमाण्डौ / कोरोना संक्रमण घट्दै गएको भएपनि खतरा बाँकी नै रहेको भनेर विज्ञले चेतावनी दिईरहेकै समयमा सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छ ।स्वास्थ्य क्षेत्रका विज्ञले आमनागरिकको पहुँचमा खोप नरहेको र कोरोनाका अन्य प्रजाती पनि देखिन थालेको भन्दै समयमा नै सावधानी अपनाउन सरकारलाई आग्रह गरिरहेका बेला सरकारले यातायात खुलाउने निर्णय गरेको हो ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको वैठकले भालीबाट उपत्यकामा २५ सिट माथिका सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको छ ।वैठकले उपत्यकाका जिल्लामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको
बिर्तामोड / प्रदेश नं २ को भारतसँग सिमा जोडिएको आठ जिल्लाका ८४९ वटा सीमास्तम्भ हराएका छन् । पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजाम
सुनसरी / सुनसरीका एक प्रहरी जवान माथि भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सुनसरीको सीतागञ्जस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कसिन्दर यादवमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै ६० हजार रुपैयाँ माग गरेको भन्दै गरेको उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय इटहरीको टोलीले घुससहित उनलाई गत चैत २६ गते पक्राउ हो । अख्तियारले पक्राउ परेका यादवमाथि ६० हजार रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको छ । भ्रष्टाचा
मध्यपुरथिमि / मध्यपुरथिमीमा मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका –७ घर भई हाल भक्तपुर –८ बस्ने २८ वर्षीय अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने १९ वर्षीय विजय ह्याङ्जु, दोलखा सैलुङ गाउँपालिका –२ घर भई हाल सूर्यविनायक नगरपालिका –६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर –८ लिवालीका २० वर्षीय रमेश कोजु रहेका छन् ।उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले भक्तपुर नगरपालिका –८ लिवालीबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए।मोटरसाइकल चोरी गरी बिक्
इनरुवा / सुनसरीको कोशी गाउँपालिका ८ मा पुर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको हायसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल र म्याजिक भेनलाई ठक्कर दिदा दुर्घटना भएको हो ।दुर्घटनमा परी घाईते भएका सप्तरीको डाक्नेश्वरी ५ का मोटरसाइकल चालक २८ बर्षीय उदय साह , बिराटनगर ९ का राम प्रसाद शाह साह र विराटनगरका म्याजिक चालक अक्षयकुमार गुप्ताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाईते भएका हायस चालक नुवाकोटको विदुर नगरपालिकाका ३५ बर्षीय विकास तामांग र सहचालक नारायण बस्यालको इनरु
काठमाडौँ / आफ्नो चरित्र हत्या गरेको भन्दै सञ्चारकर्मी रुपा सुनारले ९ अनलाइनविरुद्ध प्रेसकाउन्सिलमा उजुरी दिएकी छन् । कोठा खोज्ने क्रममा घरबेटीले जातीय विभेद गरेको भन्दै न्याय माग्दा भ्रामक समाचार लेखेको आरोपमा उनले उजुरी दिएकी हुन् । विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्य गरेको र चरित्र हत्या गरी समग्र समुदायमाथि नै हिंसा गरेको हुनाले ती अनलाईनमाथि प्रेस काउन्सिलबाट आवश्यक कानुनी कारबाही गर्नुका साथै साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन निवेदन पेस गरेकि छन् ।उनले नेपालप
काठमाडौँ / स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ । यही १४ गते पछिल्लो निषेधाज्ञाको समय सकिएसँगै सार्वजनिक यातायात संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग रहेको छ ।व्यवसायी र अधिकारीबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । करिब दुई महिनाअघिदेखि भएको निषेधाज्ञाको कारण सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए ।जोरविजोर गरेर सवारी चलाउँदा यात्रु कोचाकोच गरेर राख्नुपर्ने अवस्था आउने
सर्लाहीको / सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्षको जेसिबीले ठक्कर दिई हत्या भएको छ । चालकसँग विवाद भएपछि शुक्रबार राति जेसिबीको बकेटले ठक्कर दिई वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या गरिएको हो ।भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जानकारी दिएको छ । शुक्रबार राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । विवादका क्रममा पोख
धनुषा / आन्तरिक राजश्व कार्यलयका कर अधिकृत भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन्। कर अधिकृत रमेश ढकाललाई अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनमा घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा ढकालले सेवाग्राहीसँग घुस लिएको प्रमाण पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताएका छन् । अख्तियारले १ लाख ५० हजार रूपैयाँ बिगो माग गरी मुद्दा दायर गरेको छ । अख्तियारले ढकालसँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गर्न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.