समाचार

    Showing 26,091-26,100 of 26,780 items.
  • एटिएम तोडफोड गरेको आरोपमा एकजना पक्राउ

    कञ्चनपुर / भीमदत्त नगरपालिका–४ महेन्द्रनगरबजारको एटिएम मेसिन तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लाला

    • प्रकाशित मितिः असार ११, २०७८
    • 68 पटक पढिएको
  • बिल बिनाको सुनसहित दुई युवक पक्राउ

    लहान /  बिल बिनाको सुनसहित बुधबार राति सिरहाको गोलबजारबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई दुई सय ग्राम सुनसहित सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।गस्तीमा रहेका प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेका उनीहरुलाई पछ्याउँदै पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिएका छन्  । बरामद सुन र पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीकालागि भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः असार १०, २०७८
    • 181 पटक पढिएको
  • चट्याङ लागेर एकको मृत्यु, २ घाईते

    दिक्तेल / खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरी बास्तला बस्ने ६९ वर्षीय अगमबहादुर राईको चट्याङ लागेर मृत्यु भएको छ।बुधबार आफ्नै घरमा चिया पिईरहेको अवस्थामा परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो। चट्याङले राईकी ४५ वर्षीया छोरी र १४ वर्षीया नातिनी बेहोश भएका थिए। घाइते दुवैको सामान्यावस्था रहेको स्थानीय बताउछन् । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असार १०, २०७८
    • 123 पटक पढिएको
  • रंगेलीमा चट्याङले एकको मृत्यु, ४ घाइते

    विराटनगर / मोरङको रंगेली नगरपालिका – ६ मा बुधबार परेको च्याङ लागेर एक जनाको मृत्यु र ४ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय मोरङले चट्याङ लागेर सोही ठाउँका २० वर्षीय नितेश रायको मृत्यु भएको जनाएको छ ।रूखमुनि बसेका उनी चट्याङमा परि घाईते भएको र उपचारका लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका डीएसपी मानबहादुर राईले जानकारी गराएका छन् ।चट्याङको समयमा उनीसँगै रहेका स्थानीय ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ वर्षीया संगीता राय, र २७ वर्षीय रविन मण्डल घाइते भएको र उनीहरूको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 136 पटक पढिएको
  • आज २ हजार ४२१ जनामा कोरोना पुष्टि : ५२ जना संक्रमितको मृत्यु

    बिर्तामोड /  पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय १४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ जनामा  पिअिसार परीक्षण गर्दा १ हजार ५ सय ११ र ४ हजार ९ सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० पुगेको छ। आज देशभर ३ हजार ५ सय ५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेक

    • प्रकाशित मितिः असार ९, २०७८
    • 159 पटक पढिएको
  • १० किलो अफिमसहित एकजना पक्राउ

    काठमाडौं / प्रहरीले अफिम सहित बाँकेबाट एक जनालाई पक्राउ गरेको छ। खजुरा गाउँपालिका-रनियापुरबाट पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ बस्ने ३७ वर्षीय तिलकबहादुर शाही रहेका छन् । पक्राउ परेका शाही लागुऔषध ओसारपसारमा संलग्न भएको प्रहरीले जनाएको छ । सडकमा हिँडिरहेका शाहीलाई १० किलो ४०० ग्राम अफिमसहित लागुऔषध नियन्त्रण ब्युरोको नेपालगञ्जस्थित शाखा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 175 पटक पढिएको
  • ४० लाख रुपैयाँ सहित एक युवा पक्राउ

    महोत्तरी /  स्रोत नखुलेको करिव ४० लाख रुपैंया सहित प्रहरीले  महोत्तरीको विग्ही नदीको पुलबाट मंगलबार एक युवकलाई पक्राउ गरेको छ । मटिहानी–जनकपुर सडक खण्डमा पर्ने पुलबाट पक्राउ पर्नेमा धनुषाको मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेका छन् । पक्राउ परेका साह सुनचाँदी कारोवारी भएको प्रहरीले जनाएको छ । साह पक्राउ परेको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक दिनेशकुमार आचार्यले साह जनकपुरमा धनलक्ष्मी ज्वेलर्सका संचालक भएको जानकारी गराएका छन् । उनले पक्राउ पर्नेको साथबाट ३९ लाख ८० रुपैंया बरामद भएको बताएका छन् ।साह हुण्डी कारोवारी भएको र उन

    • प्रकाशित मितिः असार ९, २०७८
    • 143 पटक पढिएको
  • पन्ध्र दिनका लागि आईजीपी बन्दै डीआईजी श्रेष्ठ

    बिर्तामोड / अवकाशको मूलमा पुगेका सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआइजी) प्रवीणकुमार श्रेष्ठको सेवा अवधि एक वर्ष थप भएसँगै उनको आईजीपी बन्ने बाटो खुलेको छ ।सेवा अवधि थप सँगै डीआईजी श्रेष्ठ छोटो समयका लागि आईजीपी बन्ने बाटो खुलेको हो । पदावधि थप भएसँगै उनी मात्रै १५ दिनका लागि शसस्त्र प्रहरीको आईजीपी बन्ने छन् । भारतीय दुतावास सँगको सम्बन्धका कारण श्रेष्ठ संगठन भित्र समेत आलोचित पात्र हुन् ।हालका आईजीपी शैलेन्द्र खनालको कार्यकाल आगामी चैत्र २५ मा सकिँदैछ । खनाल पछि हालका एआईजी पुष्पराम केसी आईजीपी हुने छन् । उनले पनि जम्मा २५ दिन मात्रै आईजीपी बन्ने मौका पाउने छन् ।केसी पछिको वरियतामा रहेका

    • प्रकाशित मितिः असार ९, २०७८
    • 385 पटक पढिएको
  • निजी अस्पतालमा अब कोरोना संक्रमितको निशुल्क उपचार नहुने

    काठमाण्डौ /  कोरोना संक्रमितको उपचारका लागि सरकारले निजी स्वास्थ्य संस्थासँग गरेको सम्झौता हालका लागि आवस्यक नरहेको भन्दै रद्ध गरेको छ । कोरोना संक्रमण उच्च विन्दुमा पुगेका बेला उपचारका लागि सरकारी खर्चमा नै निजी स्वास्थ्य संस्थामा समेत उपचार गर्ने गरी सरकारले गरेको सम्झौता हालका लागि रद्ध गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमित घटेको र सरकारी अस्पतालमा नै उपचार गर्न सकिने अवस्था आएकाले निजी स्वास्थ्य संस्थासँग भएको सम्झौता हालका लागि आवस्यक नरहेको भन्दै मन्त्रालयले सचिव स्तरीय निर्णयबाट रद्ध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारी ले उपचारका

    • प्रकाशित मितिः असार ९, २०७८
    • 74 पटक पढिएको
  • सहुलियत मूल्यमा खाद्यान्न बिक्री बन्द

    काठमाडौं / खाद्यान्नमा उपभोक्तालाई सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले दिइने छुट आजबाट बन्द भएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी अधिकृत पंकज जोशीले निषेधाज्ञा खुकुलो भएको भन्दै छुट दिन स्थगित गरिएको जानकारी दिएका छन् ।उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको बिक्री केन्द्रहरुबाट नुन, तेल, चामल, पिठो, चिनी र खाना पकाउने ग्यास खरिद गर्दा जेठ २० गतेदेखि २० प्रतिशत छुट पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञाबाट समस्या परेकाहरुलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिने घोषणा गरेको थ

    • प्रकाशित मितिः असार ९, २०७८
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.