समाचार

    Showing 26,111-26,120 of 26,780 items.
  • भिरबाट ढुंगा खसेर लाग्दा सेनाको जवानको मृत्यु

    बाजुरा  / बाजुराको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा भिरबाट खसेको ढुङ्गाले लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेका छन् ।  उनको कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।हिमाली गाउँपालिकाका –४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए ।  

    • प्रकाशित मितिः असार ६, २०७८
    • 89 पटक पढिएको
  • भक्तपुरमा पानी जमेको खाल्डोमा बालकको शव भेटियो

    ५ असार, काठमाडौं/ भक्तपुरमा पानी जमेको खाल्डो भित्र एक बालकको शव भेटिएको छ ।चाँगुनारायण नगरपालिका-९ ताथलीका १० वर्षीय छोरा रोजन मछे शुक्रबार राति साढे १ बजे पानी जमेको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।रोजन शुक्रबार बिहान ११ बजेदेखि हराएपछि स्थानीय र प्रहरीले खोजी गर्दा घर नजिकै रहेको सेतो बीएम इँटा भट्टा परिसरको खाल्डोमा उनी मृत भेटिएका हुन्। उनको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।a

    • प्रकाशित मितिः असार ५, २०७८
    • 108 पटक पढिएको
  • अन्तरिक्षबाट यस्तो देखियो नेपाल (फोटो फिचर)

    बिर्तामोड / काठमाडौँ स्थित अमेरिकी दूतावासले अन्तरिक्षबाट देखिएको नेपालका केही तस्विरहरु सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तरिक्षबाट प्राप्त गरेका केही तस्विर दूतावासले सार्वजनिक गरेको हो । दुतावासले चारओटा तस्विर सार्वजनिक गरेको छ । पहिलो तस्विर सोयुज एमएस–१२ क्रिउशीपले भारत, नेपाल र चीनमाथिबाट २ सय ५६ माइलको अन्तरिक्षमा परिक्रमा गर्दा खिचेको छ ।दोस्रो तस्वीरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले उत्तरी पाकिस्तानबाट २ सय ६३ माईलमाथि परिक्रमा गरिरहँदा भारत, नेपाल र चीनको बीचमा रहेको हिमालय क्षेत्रको दृश्य खिचेको छ ।तेस्रो तस्वीरमा नेपाल लगायतका मुलुकले साना उ

    • प्रकाशित मितिः असार ५, २०७८
    • 587 पटक पढिएको
  • श्रीमानको मृत्युपछि श्रीमती गरिन अस्पतालमै आत्महत्या

    काठमाडौं  / ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचाररत बिरामीको मृत्यु भएपछी श्रीमतीले अस्पतालमै आत्महत्या गरेकी छन् ।म्याग्दीको मालिका गाउँपालिका –५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेको ललितपुरकी प्रहरी उपरीक्षक किरण बज्रचार्यले जानकारी दिइन् ।श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले  अगाडि काठमाडौं ल्याएकी रहिछन्, एसपी बज्रचार्यले भनिन्, ‘तर उ

    • प्रकाशित मितिः असार ४, २०७८
    • 101 पटक पढिएको
  • लागूऔषध सहित ४ पक्राउ

    मोरङ / मोरङको पथरीशनिश्चरे र कानेपोखरीबाट लागूऔषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका –१ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका –२ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउ

    • प्रकाशित मितिः असार ४, २०७८
    • 77 पटक पढिएको
  • पाँच दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

    सिमकोट / अन्तर जिल्ला जोड्ने हुम्लाको एकमात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभर सहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो ।निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ । नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्

    • प्रकाशित मितिः असार ४, २०७८
    • 62 पटक पढिएको
  • पुर्वसांसद कृष्णसिंह परियारको निधन

    ४ असार, काठमाडौं/ पुर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । नेपाली कांग्रेसका नेता परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको क्षेत्रीय सभापति माधव केसीले जानकारी दिएका छन्  । मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित उनको बाँकेस्थित नेपालगञ्जमा रहेको आफ्नै  निवासमा निधन भएको हो ।

    • प्रकाशित मितिः असार ४, २०७८
    • 127 पटक पढिएको
  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या

    घोराही/ घोराहीमा एक श्रीमान्‌ले घरायसी विवादमा श्रीमतीलाई बञ्चरो प्रहार गरेका छन् । श्रीमानको बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी श्रीमतीलाई घाइते बनाएका थिए । घाइते भएकी स्यानाकुमारीको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको

    • प्रकाशित मितिः असार ४, २०७८
    • 92 पटक पढिएको
  • झापामा लागुऔषध सहित एक पक्राउ

    बिर्तामोड / झापामा लागुऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –६ शान्ति टोलका ३४ बर्षीय पवन राई रहेका छन् ।  उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले आज दिउसो १२ : १५ बजे मेचीनगर नगरपालिका –६ शान्तिनगर टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेको साथबाट प्रहरीले २२ ग्राम ब्राउनसुगर बरामद गरेको छ । राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको सो कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३, २०७८
    • 309 पटक पढिएको
  • बाढीले पुल भत्कायो

    प्यठान/ लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढीले प्यूठानमा बन्दै गरेको पक्कीपुल भत्किएको छ । जिल्लाको माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको हो । झिमरुक खोलामा पानीको सतह बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् । बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार उक्त पुल चार दिनअघि ढलान गरिएको थियो । ३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा  ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चाल

    • प्रकाशित मितिः असार ३, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.