मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिवारको सहयोग र शिक्षामा प्रगति हुनेछ। परीक्षा राम्रो नतिजा ल्याउनेछ। देशभित्र लगानीबाट फाइदा हुनेछ, तर विदेश यात्रामा जोखिम छ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको प्रेम सुमधुर बन्नेछ। विदेशमा रमाउने मोह बढ्ने देखिन्छ। साथीसँगको संगतले फाइदा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मन चञ्चल हुनेछ। साथीसँग सोचेर बोल्नु राम्रो हुनेछ।घर सल्लाह गरेर मात्र ठुलो कामको सुरुवात गर्नु फलदायी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा,
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विधेयक छिटो पारित गर्न सरकारसँग माग गरेका छन् ।अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा बोल्दै उच्च शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि माग गरे ।उनले भने, ‘यति दुइटा कुरा भयो विद्यार्थीहरुको ९० प्रतिशत जवाफ त्यही हुन्छ । यी दुईटा काम गर्नको लागि व्यवस्था परिवर्तन गर्न पर्दैन । सजिलै सरकारले गर्ने कुरा हो। मेरो नेतृत्वको सरकारले अगाडि बढाइसकेको छ । त्यसलाई अन्तिम रुप दिइयोस् ।’उनले शिक्षा विधेयक आउन सरकारकै कारणले ढिलाइ भइरहेको आरोप लगाए ।
विराटनगर— कोसी प्रदेशसभाले भाषासम्बन्धी गैरसरकारी विधेयक अस्वीकृत गरेको छ । बिहीबार बसेको सभाको बैठकमा गैरसरकारी विधेयक टेबुल भएको थियो । तर, सत्तासीन दल नेकपा (एमाले) र नेपाली कांग्रेसले विधेयकलाई अस्वीकृत गरिदिएका हुन् ।सभामा टेबुल भएको विधेयकको विषयमा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले पेस गर्नुको कारण खुलाएकी थिइन् । त्यसपछि सभामुख अम्बरबहादुर विष्टले सभासमक्ष निर्णयार्थ पेस गरेका थिए । तर, सभाको बहुमतले विधेयक स्वीकार नगर्ने ध्वनिमत जनाएको थियो ।लिम्बू र मैथिली भाषालाई प्रदेश सरकारको कामकाजका लागि प्रयोगमा ल्याउने प्रस्तावसहित गत फागुन २८ गते माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा
काठमाडौं— अमेरिकी राज्य जर्जियामा रहेको एक सैन्य अड्डामा गोलीबारी भएको खबर आएको छ।एटलान्टाबाट करिब ३८६ किलोमिटर टाढा रहेको फोर्ट स्टुअर्ट मिलिटरी बेसमा भएको गोलीकाण्डपछि त्यहाँ तालाबन्दी लगाइएको छ र संदिग्ध बन्दुकधारीलाई हिरासतमा लिइएको छ।यस घटनामा पाँच सैनिक घाइते भएको बताइएको छ, जसलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ। यो घटना बुधबार स्थानीय समय अनुसार राति ११ बजे (भारतमा राति ९ बजे) भएको थियो।
चितवन – मकवानपुरको मनहरी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–२ भैरवपुरमा वन्यजन्तु मार्नका लागि थापिएका विद्युतीय धरापमा परेर एकै दिन एउटामा मान्छे र अर्कोमा गैंडा मारियो ।हिजो बुधबार मनहरी गाउँपालिका–६ को जोगितालको धानखेतमा आफैंले राखेको विद्युतीय धरापमा परेर राप्ती नगरपालिका–१ चितवन बसोबास गर्ने ३४ वर्षीय लालबाबु मुक्तानको ज्यान गयो ।बिजुलीको पोलबाट हुक गरेर जोडिएको धरापमा पर्दा उनको मृत्यु भएको मनहरी गाउँपालिका–६ का वडाध्यक्ष युवराज थपलियाले पुष्टि गरे ।खेतमा विद्युतीय धराप थापेको बिर्सिएर धान गोड्न खेतको आलीबाट हिँडिरहेका मुक्तानले पानीमा टेक्ने बित्तिकै करेन्ट लागेको थियो ।आ
काठमाडौं— नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २२ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्याएर मिर्गौला निकालेको खुलेको छ ।संगठित मिर्गौला निकाल्ने गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको जानकारीमा आएको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए ।
काठमाडौं— नेपालमा नसर्ने मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको छ ।नसर्ने रोगबारे काम गरिरहेको संस्था नेपाल एनसिडी एलाइन्सका डा मनिता प्याकुरेलले नेपालमा नसर्ने रोग बढ्दै गएको बताइन् । तीमध्ये मुटु, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी रोग धेरै देखिने गरेको उनको भनाइ छ ।प्रमुख नसर्ने रोगमा मुटु रोग ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोग १० प्रतिशत रोग लाग्ने गरेको उनले बताइन् ।नेपालमा आजभन्दा १५ वर्ष अघि अर्थात् सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगबाट हुने गर्दथ्यो । सन् २०१४ मा मृत्युको सङ्ख्या बढेर ६० प्रतिशत पुगेको र सन् २०१६
काठमाडौं— बागमती प्रदेशभर आइतबार सार्वजनिक बिदा हुने भएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।बागमती विशेषगरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।
काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ ।बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ः०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्यो ।१८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।बैंकिङ ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपाव
सर्लाही— सर्लाहीको बलरामा छुरा प्रहारबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् ।बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा विवाद हुँदा झडप भएको हो । झडपको क्रममा एक समूहले अर्को समूहलाई छुरा प्रहार गर्दा तीन जना घाइते भएका छन् ।धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनीहरूमाथि छुरा प्रहार गर्ने व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।प्र
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.