समाचार

    Showing 2,931-2,940 of 26,504 items.
  • सिमा विवादः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा भएको झडपमा घाईते ६ जना मध्ये ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबिच भएको विवादमा घाईते ४ जनालाई घण्टौ पछि उद्धार गरि सुर्खेत लगिएको हो ।झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए ।उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको उनले जानकारी दिए । झडपम प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 608 पटक पढिएको
  • संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सत्तापक्षको सांसदहरुले निरीह देखिएको बताए । छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियोरु भन्दै प्रश्न समेत उनले गरे ।उनले भने,‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो, ’सरकारले ल्यायो क्यारे, मान्दिने’ जस्तो देखिनुभयो। उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ। यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यत

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 600 पटक पढिएको
  • हुम्लाको नेप्कामा पहिरोको ठूलो क्षति, विद्यालयदेखि खेतीयोग्य जमिनसम्म बगायो

    मुगु— हुम्ला जिल्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुर्याएको छ ।स्थानीयका अनुसार असिना–पानी आएपछि त्यसपछि पहिरा् गएको थियो । सोहि कारण गाउँको डाँफे आधारभूत विद्यालय बगाएको छ भने पाक्न लागेको गहुँ, जौ, उवा लगायतका बालीसहित खेतीयोग्य जमिन तहसनहस बनाएको छ ।वडा अध्यक्ष हर्कधन तामाङका अनुसार बाढीसँगै आएको पहिरोले केही गोठ पुरिएका छन् भने भेडाबाख्रामा पनि क्षति पुगेको छ । यद्यपि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन ।“बाढीले गाउँमा ठूलो क्षति पु¥याएको छ । क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ,” वडा अध्यक्ष

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 437 पटक पढिएको
  • मधेश प्रदेशको ४९ अर्बभन्दा बढीको लेखापरीक्षण सम्पन्न, २ अर्ब ९१ करोडको परीक्षण हुन सकेन

    जनकपुरधाम— मधेश प्रदेश सरकारको ४९ अर्ब ६९ करोड ३९ लाख रुपैयाँको लेखापरीक्षण सम्पन्न भएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार यस वर्ष मधेश प्रदेशका मन्त्रालय तथा मातहतका १३४ सरकारी निकायको ४५ अर्ब ७० करोड ७४ लाख रुपैयाँ र १६ वटा समिति तथा संस्थाको ३ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ गरी सहित सो रकम बराबरको लेखा परिक्षण सम्पन्न भएको हो ।यद्यपि, जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण ३ मन्त्रालय, २ निकाय र ४ कार्यालयको कुल २ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ बराबरको लेखापरीक्षण हुन नसकेको कार्यालयले जनाएको छ ।यसैबिच, महालेखापरीक्षक कार्यालयले मधेश प्रदेश सरकार तथा स्थानीय तहको आर्थिक विवरणसहितको प्रतिवे

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 464 पटक पढिएको
  • प्रेस स्वतन्त्रतालाई कसैले पनि कुण्ठित गर्न सक्दैनः सञ्चारमन्त्री

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले कसैले पनि त्यसलाई कुण्ठित गर्न नसक्ने बताए ।उनले भने, ‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो कोही सरकारको एउटा व्यक्तिले होइन की संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ, आज, भोलि र पर्सी कसैले पनि यो अधिकार कुष्ठित गर्न सक्दैन, हनन गर्न सक्दैन । तर प्रेस स्वतन्त्रता भनेको स्वछन्दता भने होइन । प्रेस स्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 473 पटक पढिएको
  • प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शाहले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र गृहमन्त्रीको हैसियतमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक दर्ता गराएका हुन् ।प्रधानमन्त्रीको तर्फबाट कानुन मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन् ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 476 पटक पढिएको
  • संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक

    सुनसरी— राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आईसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताका न्यूनतम आधारभूत आवश्यकता, तथा जनचाहना अनुरुप विकासका कार्यलाई तिव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरुपका कामलाई साकार बनाउन स्थानीय तहले सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताएका हुन् ।राष्ट्रपति पौडेलले भने, ‘शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र चाहनासँगै संविधान र शासनप्रणालीले राखेको उद्देश्य पूरा हुन्छ

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 475 पटक पढिएको
  • मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र, चार वर्षदेखि प्रगति सुस्त

    मुगु— २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माण गर्ने योजना अन्तर्गत कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा अस्पतालको शिलान्यास गरिएको थियो । तर, मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पताल निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् ।मुगुको खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैयाको अस्पताल १८ महिनामा सम्पन्न गर्ने गरी पिसिएल सुर्काय जे।भी। कम्पनीले १० करोड ६६ लाख रुपैयाँमा ठेक्का लिए पनि चार वर्ष बितिसक्दा मात्र ३० प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको दुई पटक म्याद थप भइसकेको भए पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन् ।गाउँपालिकाका अनुसार हालसम्म

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 527 पटक पढिएको
  • बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ । राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।निक्षेप संकलन ब्याजदरमा आधारित हुनेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने उक्त निक्

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 515 पटक पढिएको
  • ‘रोल नं १’ ले ल्यायो दर्शकका लागि नयाँ स्किम

    काठमाडौं— चलचित्र ‘रोल नं १’ ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो ।यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ ।प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ ।कथामा शिक्षकको प्रेरणा, साथीभाइक

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 457 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.