समाचार

    Showing 2,941-2,950 of 26,504 items.
  • गुरु बराल भन्छन सरकारले सुकुम्वासीमाथि अमानवीय हमला गर्यो

    काठमाडौं— नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले सुकुम्वासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले सरकारले पर्याप्त तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्वासीलाई उनीहरू बसोबास गरिरहेको स्थानबाट हटाएको भन्दै आपत्ति जनाए ।उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । ‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ रु’ उनले प्रश्न गरे ।सांसद बरालले सरकारको कदमलाई

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 521 पटक पढिएको
  • सदनमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो विरोध

    काठमाडौं— बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 520 पटक पढिएको
  • बजार अनुगमनमा मकवानपुर प्रशासन कडा, नियम उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी

    हेटौंडा— मकवानपुर जिल्ला प्रशासन कार्यालयले बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्ता हित संरक्षणका लागि अनुगमनलाई तीव्र बनाएको छ ।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–१० स्थित सिमाचोक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नराखिएको तथा उपभोक्तालाई वस्तु तथा सेवासम्बन्धी स्पष्ट जानकारी नदिएको पाइएको छ ।अनुगमन टोलीले विभिन्न व्यापारिक प्रतिष्ठानमा पुगेर उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद तथा कानुनी प्रावधानको पालना भए–नभएको विषयमा निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कतिपय व्यवसायीले अनिवार्य रूपमा राख्नुपर्ने मूल्यसूची प्रदर्शन

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 516 पटक पढिएको
  • टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

    काठमाडौं—  टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको छ । कम्पनीले २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेकोमा सर्वसाधारणबाट २९ लाख ४८ हजारभन्दा बढी आवेदन परेको थियो ।अत्यधिक मागका कारण गोलाप्रथा प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको हो । जसअनुसार २ लाख ५१ हजार ५४५ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी रहेको ५ कित्ता शेयर थप गरी ५ जना लगानीकर्ताले ११–११ कित्ता शेयर प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 561 पटक पढिएको
  • विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ

    काठमाडौं—  विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मि

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 444 पटक पढिएको
  • पश्चिमी तराईमा आज अत्यधिक गर्मी: धनगढीको तापक्रम ४१ डिग्री पुग्ने अनुमान

    काठमाडौँ । बुधबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा अत्यधिक गर्मी हुने भएको छ। मौसम पूर्वानुमान अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ। पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ।आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ। त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ। यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 449 पटक पढिएको
  • कञ्जगाउँवासीको कहरः ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

    कञ्जगाउँ लालझाडी। विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् ।वर्षाका समय । एक्कासी गाउँको माथिल्लो भेगमा घोप्टे वर्षा भएपछि तटीय भेगमा दोदा नदी उर्लेर आयो । एकाएक भेल गाउँमै पस्नै लाग्यो । सर्वत्र अन्धकार । लालझाडी–२ का वडाध्यक्ष आशाराम रानाले तत्क्षणलाई सम्झँदै भन्नुभयो, “मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन ।”&

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 263 पटक पढिएको
  • कार्यसम्पादन आधारित प्रधानन्यायाधीश नियुक्ति र न्यायिक सुधारको नयाँ बाटो

    देवेन्द्र किशोर: नेपालको न्यायिक इतिहासमा फेरि एकपटक प्रधानन्यायाधीश नियुक्तिको विषय राष्ट्रिय बहसको केन्द्रमा आएको छ। संसदीय सुनुवाइबाट अनुमोदित भएपछि मनोज कुमार शर्माले राष्ट्रपतिबाट प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेसँगै न्यायालयभित्र मात्र होइन, राजनीतिक वृत्त र कानुनी समुदायमा समेत गम्भीर चर्चा सुरु भएको छ। कारण स्पष्ट छ—सर्वोच्च अदालतको वरिष्ठता सूचीमा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको निर्णयले परम्परागत अभ्यासलाई चुनौती दिएको छ।नेपालमा लामो समयदेखि संवैधानिक निकायहरूमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा, शक्ति सन्तुलन र दलगत प्रभावलाई प्राथमिकता दिने प्रवृत्ति म

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 184 पटक पढिएको
  • आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका के

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 246 पटक पढिएको
  • नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

    काठमाडौँ। मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकारले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा विशेष प्राथमिकताका साथ स्थान दिएको छ । नीति तथा कार्यक्रममा समेत प्राथमिकता पाएपछि आगामी आवको बजेटमा समेत त्यसलाई थप महत्वपूर्ण स्थान पाउने विश्वास गरिएको छ । सरकार र निजी क्षेत्रको सहकार्यले यस क्षेत्रले प्रगति गरिरहेको अवस्थालाई ख्याल गर्दै बजेटमा एउटा नयाँ ‘डिपार्चर’ हुने सरोकारवालाहरुको कथन छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल  (इप्पान)ले समेत यस पटक आफूहरुले खोजे जस्तै मार्गदर्शन आगामी आवको बजेटले सम्बोधन गर्ने अपेक्षा राखेको

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 552 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.