समाचार

    Showing 2,951-2,960 of 26,504 items.
  • मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

    मुस्ताङ। मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ ।  मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याएको हो । यहाँको कठिन भूगोल र यहाँका उच्चस्थानका न्यून मानव वस्ती रहेका स्थानमा वन अनुगमन गर्नका लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो ।

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 1,240 पटक पढिएको
  • अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

    गण्डकी। पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगरपालिका–१२ का अध्यक्ष सन्तोष बाँस्तोलाले जानकारी दिनुुभयो । उक्त स्थानमा विसं २०३८ देखि टहरा बनाएर बस्न थालिएको थियो । अमरसिंह माविको नाममा रहेको यहाँको जग्गा विद्यालयले नै भाडामा लगाएपछि व्यवसायीले भाडामा लिएर टहरा निर्माण गरी विभिन्न व्यवसायहरू गर्दै आएका थिए । व्यावसायिक टहरा व्यवस्थापन गर्ने कार्यमा महानगर प्रमुखसहित अमरसिंह माविका प्रधान

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 338 पटक पढिएको
  • नगर प्रमुख खड्का भन्छन पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ

    बाजुरा— बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत नगरपालिका अघि बढेको बताएका छन् ।नगर प्रमुख खड्काले पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा नगरपालिका ‘पर्यटन गुरु योजना’ लाई आत्मसात गरेर अघि बढेको बताएका हुन् ।नगरभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रको उजागरको लागी नगरपालिकाले निति तथा कार्यक्रममा ‘पर्यटन गुरु योजना’ बनाई सोही अनुरुप ती क्षेत्रको पर्यटन, प्रबद्र्धन, संरक्षण तथा सम्बद्र्धनमा नगरपालिका लागेको उनले प्रष्ट पारे ।नगरको प्रमुख विकास समृद्धि धार्मिक र पर्यटन क्षेत्र भएकोले पालिका भित्र रहेका व

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 502 पटक पढिएको
  • नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।  इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) र नेपालस्थित अष्ट्रेलियन दूतावासको सहकार्यमा यहाँ आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभ

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 369 पटक पढिएको
  • कार्यचाप र भौगोलिक चुनौतीका कारण रोङ गाउँपालिकामा आइतबार पनि सेवा प्रवाह

    इलाम— इलामको रोङ गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने र बिहान ९ बजेदेखिनै कार्यालय खोल्ने व्यवस्था लागू गरेपछि स्थानीय तहमा अपेक्षित सेवा प्रवाह हुन नसकेको निष्कर्ष निकाल्दै गाउँपालिकाले आफ्नै सहजता अनुसार निर्णय गरेको हो ।गाउँपालिकाको जेष्ठ ४ गते बसेको कार्यपालिका बैठकले जेष्ठ ६ गतेदेखि लागू हुने गरी सामुदायिक विद्यालय बाहेक अन्य सबै कार्यालयहरू पुरानै समय तालिकाअनुसार सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । उनका अनुसार यो व्यवस्था असार मसान्तसम्म लागू हु

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 462 पटक पढिएको
  • मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

    काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उहाँले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 340 पटक पढिएको
  • सशस्त्र प्रहरीको एआइजीमा अञ्जनीकुमार पोखरेल

    काठमाण्डौ । नेपाल सरकार, गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी सेवाको रिक्त अतिरिक्त महानिरीक्षक (एआइजी) पदका लागि बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ।गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको जानकारी दिएको हो।सिंहदरबारस्थित बढुवा समितिको सचिवालयको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम पोखरेललाई साधारण समूह, साधारण उपसमूहतर्फको रिक्त १ (एक) पदमा बढुवा गर्ने निर्णय गरेको हो। आइतबार (जेठ ५ गते) बसेको समितिको बैठकको निर्णयानुस

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 446 पटक पढिएको
  • आधारभूत अस्पतालको भवन बन्यो, भएन अस्पताल र दरबन्दी स्वीकृति

    रामेछाप— रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्विकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन ।केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल र दरबन्दी विकृत नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताए ।एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत सो अस्पताल निर्माण गरिएको उनले जानकारी दिए । यस अघि स्वास्थ्य चौकी रहेको स्थानमा नै जग्गा खरिद गरी अस्पताल भवन बनाइएको उनले

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 464 पटक पढिएको
  • माधव नेपाल भन्छन ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ

    काठमाडौं— नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरिएको गरेका छन् ।उनले भने, ‘समाजलाई सुसंस्कृत बनाउन, स्वच्छ बनाउन र राजनीतिलाई पनि स्वच्छ ब

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 472 पटक पढिएको
  • असार ७ गतेभित्र कामविहीन भएका सचिवको व्यवस्थापन गर्दै

    काठमाडौं— सरकारले २१ वटा मन्त्रालयमध्ये ४ वटा मन्त्रालय खारेज तथा गाभेर १७ वटा बनाएपछि ती मन्त्रालयका सचिवहरू अहिले कामविहीन अवस्थामा पुगेका छन् । नयाँ बनाइएका मन्त्रालयको ‘ओ एन्ड एम’ सर्वेक्षण गरी सचिवहरूको व्यवस्थापन गर्न सरकारले एक महिनाको समावधि तोकेको छ ।मन्त्रिपरिषद् मंगलवार बसेको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार हुने गरी राजपत्रांकित विशिष्ट श्रेणीको सचिवको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार असार ७ गतेसम्म नयाँ बनाइएका सबै मन्त्रालयको शाखा महाशाखासहित ओ एन्ड एम सर्वेक्षण गरी शाखा महाशाखा त

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • 404 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.