समाचार

    Showing 2,961-2,970 of 17,208 items.
  • ‘बझाङको बाघ’ रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरेका छन्।‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 483 पटक पढिएको
  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता

    काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटघाट र छलफल भएको छ।बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको छ ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 365 पटक पढिएको
  • तीन दिन बन्धक बनाएर महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

     वीरगञ्ज— एक जना महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी छन्। बलात्कार आरोपमा पर्सा प्रहरीले मंगलबार दिउँसो दुई जनालाई पक्राउ गरेको डिएसपी किशोर लम्सालले जानकारी दिए। उनका अनुसार नेक महमद मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब त्यहाँ काम गर्छन्।घटना वैशाख २० गतेको हो। एक जना महिला आफ्नो गोठमा बाख्रा बाँधेर फर्किंदै थिइन्। त्यही बेला दुई जनाले घेरा हालेर उनलाई रोके। दुई जना मिलेर ती महिलालाई एउटा होटलमा पुर्‍याएका थिए।मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 457 पटक पढिएको
  • हनुमानढोकाको जीर्ण प्रहरी भवन हटाउन मेयर बालेन र आइजिपी थापाबीच मौखिक सहमति

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापाबीच हनुमानढोकास्थित जीर्ण प्रहरी भवन हटाउने विषयमा मौखिक सहमति भएको छ।साँस्कृतिक दृष्टिले महत्वपूर्ण दरबार स्क्वायर क्षेत्रभित्र रहेको सो भवन २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो। त्यही भवनमा लामो समयसम्म जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय सञ्चालन हुँदै आएको थियो। यद्यपि हाल ती कार्यालयहरू अन्यत्र सरेका छन् र भवन पनि प्रायः खाली छ, तर केही प्रहरी सुरक्षाका लागि त्यहाँ अझै बस्दै आएका छन्।स्थानीय बासिन्दा र संरक्षणविद्हरूले विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रलाई सु

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 529 पटक पढिएको
  • माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए ।‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता  र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ,’ गुरुङले भने ।नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 381 पटक पढिएको
  • नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार

    काठमाडौं –  नेप्सेमा सामान्य सुधार भएसँगै आज शेयर बजार २.३५ अंकले बढेको छ । मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको थियो । आज नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेर २८३६.३५ बिन्दुमा पुगेर रोकिएको हो ।यस दिन कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको छ । मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको थियो ।आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०४ अंकले घटेको छ । यसदिन समाज वीन नेपाल लघुवित

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 395 पटक पढिएको
  • अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पसको अध्यक्षमा खत्री

     काठमाडौं— नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू सरस्वती बहुमुखी क्याम्पस कमिटीको १८औँ सम्मेलन सम्पन्न भएको छ।उक्त सम्मेलनबाट निश्चल खत्रीको अध्यक्षतामा ४१ सदस्य कमिटी सर्वसम्मतिले निर्वाचित भएको छ। २०७७ सालबाट अध्ययनको शिलशिलामा क्याम्पस प्रवेश गरेका उनि खेलकुदमा रुचि राख्ने मध्ये एक हुन्।अध्यक्ष खत्रीले भने ‘हामी भाषण होइन, समाधान ल्याउन आएका हौं। विद्यार्थी साथीहरूको साना–ठूला समस्या सुन्न, बुझ्न र समाधान गर्नको लागि हामी यहाँ छौं।’पूर्बकमिटीको योगदानको बिषयमा चर्चा गर्दै उनले आगामी दिनमा क्याम्पस परिसरमा उत्पन्न हुने बिधार्थीको समस्यालाई न्यूनीकरण गर्न प्रयत्न रहन

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 438 पटक पढिएको
  • एमसीसीबारे माओवादी केन्द्र सुरु देखिनै गम्भीर छः प्रचण्ड

    काठमाडौं  –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गरेको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचनमा उनले एमसीसीबारे माओवादी गम्भिर रहेको भन्दै एमसीसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गर्न बाध्य भएको बताए । उनले भने, ‘नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे के गर्ने भनेर कार्यदल गठन गरिएको थियो । कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 343 पटक पढिएको
  • मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग गरेका छन । बैठकको आकस्मिक समयमा उनीहरूले सरकारले मधेसलाई सुक्खा भएका कारण सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिपबोरिङ र स्यालो ट्युबेल नपुग्दा समस्या भएकाले समाधान गर्न माग गरेका हुन्।सांसद रामकृष्ण यादवले खडेरी परेको मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको पर्याप्त व्यवस्था गर्न माग गरे । केही दिनदेखि अलिअलि पानी परेर राहत भएपनि अझै आवश्यक मात्रामा पानी नपरेको उनको भनाइ छ ।सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचय पत्र २५ जिल्लामा वितरण गरिए पनि रोग लागेर उपचारका लागि प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 488 पटक पढिएको
  • गम्भीर रोग पीडितलाई गरिबीको परिचयपत्रकै आधारमा सुविधा दिने व्यवस्था अनुचित : सांसद बर्तौंला

    काठमाडौं –  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर रोग पीडितहरूलाई राज्यले प्रदान गर्दै आएको मासिक आर्थिक सहयोगको पहुँचमा गरिबीको परिचयपत्र बाधक बन्नु अनुचित भएको भन्दै कार्यविधि संशोधनको माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर पीडित तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई राज्यले मासिक पाँच हजार रुपैयाँ दिने व्यवस्था गरे पनि कार्यविधिमा गरिबीको परिचयपत्रलाई अनिवार्य बनाइएकाले धेरै बिरामी लाभबाट बञ्चित भएको बताए ।‘झण्डै २५ वटा जिल्लामा मात्रै गरिबीको परिचयपत्र वितरण भएको छ । बाँकी जिल्लामा बिरामीले पर

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 374 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा