काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद नरेन्द्र कुमार गुप्ताले तराई–मधेस क्षेत्रमा सहज यातायात पहुँच विस्तारका लागि कोस्टल हाइवे निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले झापाको केचनादेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म जोड्ने प्रस्तावित कोस्टल हाइवे राष्ट्रिय आयोजना भएपनि सरकारले आवश्यक बजेट प्राथमिकता नदिएको गुनासो गरे ।उनले भने, ‘राणाकालिन समयदेखि तराइ–मधेसको सहज यातायात पहुँच बिस्तार गनुपर्ने लक्ष्य अनुरूप भेलाका राजमार्ग कोस्टल हाइवे झापाको केचनादेखि पश्चिममा कन्चनपुरको दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने गर्दछ । तर यो राजमार्ग
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सदनमा उठाएका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भन्दै सरकारलाई प्रश्न गरेका हुन्।उनले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे।उनले भने,‘मैंले गत सदनमा पनि कुरा उठाएको थिएँ, बर्खा लाग्न लागिसक्यो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । आजसम्म शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्र ह
काठमाडौं— सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताइन् ।उनले भनिन्, ‘दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह वा धर्ना बसेको आज ३१ दिन हुँदैछ । यो कोठको विषय मात्र होइन यो दलित समुदायमाथि वषौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार हो ।’उनले राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र पहुँच अझै खाली
काठमाडौं— काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोरक्कोका एक नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय युसेफ इसैदी रहेका छन्। उनी इन्डिगो एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट मुम्बई जान लागेका बेला विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रबाट पक्राउ परेका हुन्।प्रहरीका अनुसार उनीसँग मोरक्कोको राहदानीसँगै स्वीट्जरल्यान्डको अर्को राहदानी पनि फेला परेको थियो। दुई फरक देशका राहदानी भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं— नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू
काठमाडौं— मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।बैठक अपरान्ह ४ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
अमेरिका— अमेरिकामा सम्पन्न ‘नेपाल टेक रोडशो यूएसए २०२६’ ले नेपालको बढ्दो प्रविधि उद्योग र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतामाथि अन्तर्राष्ट्रिय चासो बढाएको छ।नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज ‘नास–आइटी’ र नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको उद्देश्य नेपाललाई उदीयमान प्रविधि गन्तव्यका रूपमा विश्वसामु स्थापित गर्नु रहेको थियो।कार्यक्रम अमेरिकाको डेलासस्थित एम्बेसी सुइट्स बाई हिल्टन ग्रेपवाइनमामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र अमेरिकाका प्रविधि उद्यमी, लगानीकर्ता, व्यवसायी, नीति निर्माता तथा डायस्पोरा प्रोफेसनलहरूको उल्लेखनीय सहभागि
काठमाडौं— नेपाल मेडिकल काउन्सिलले गैरआवासीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।काउन्सिलको दुई चरणमा गरी ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।तर, यसको चर्को विरोध भएपछि काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले हालका लागि उनीहरूको नाम दर्ता किताबमै राख्ने निर्णय गरेको हो ।यसअघि गैरआवासीय नेपाली संघले एक विज्ञप्ति जारी गर्दै लाइसेन्स खारेजीको निर्णय फिर्ता लिन माग गरेको थियो । एनआरएनए स्रोतका अनुसार उक्त निर्णय फिर्ता नलिए कानुनी उपचारमा जाने तयारी संघले गरेपछि काउन्सिल हच्किएको हो। गैरआवासीय नेपाली संघका महासचिव चिरञ्जीवी खड्काले काउन्सिल
काठमाडौं— प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् ।मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले उजुरीमाथि अध्ययन गर्ने समय पनि नदिनुका साथै प्रक्रिया पूरा नगरी सुनुवाइमा हतार गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं समिति सदस्य वर्षमान पुनले प्रक्रिया पूरा गरेर मात्र सुनुवाइ अघि बढ्नुपर्ने धारणा राखे । उनले ६ वर्ष प्रधानन्यायाधीश रहने व्यक्तिको कार्ययोजना र प्रतिबद्धता गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए ।उनले भने,
काठमाडौं— प्रतिनिधि सभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले पर्चा देखाएका छन्। उनले विरोध स्वरूप पर्चा देखाएका हुन्।प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले उठेर पर्चा देखाएका थिए।साम्पाङले नियम १५ को ३ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूलाई जबाफदेही बनाउन माग गरेका थिए। उनले सदनदेखि भाग्न नमिल्ने लेखिएको पर्चा प्रदर्शन गरेका थिए।सभामुख डिपी अर्यालले आफ्नो ध्यानाकर्षण भएको र सचिवालयमा कुरा गर्छु भनेपछि साम्पाङ बसेका थिए। प्रतिनिधि सभा बैठक अहिले जारी छ।प्रतिनिधि सभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.