समाचार

    Showing 2,981-2,990 of 15,494 items.
  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 147 पटक पढिएको
  • राजावादीको उपत्यका बन्द फिर्ता

    काठमाडौं— राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 107 पटक पढिएको
  • व्यवसायीले ठप्प पारे सार्वजनिक यातायात, सर्वसाधारणलाई सास्ती

    काठमाडौं— गण्डकी प्रदेशले बनाएको ‘राइड सेयरिङ’सम्बन्धी ऐनको विरोध गर्दै देशभरमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका चारपांग्रे सवारीसाधनलाई पनि राइड सेयरिङको अधिकार दिने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ पारित गरेको छ। ऐन खारेजीलगायत माग राख्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीको आन्दोलनका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ। निजी सवारीसाधन नहुनेहरु पैदल यात्रा गर्न बाध्य भएका छन्। त्यसमा पनि महिला, बालबालिका, बिरामी, वृद्धवृद्धालाई झनै मुस्किल भएको छ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 129 पटक पढिएको
  • कैलालीमा आगलागी हुँदा ज्येष्ठ नागरिकको मृत्यु

    काठमाडौं— कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका— १० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 136 पटक पढिएको
  • राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले आज दीप प्रज्ज्वलन गर्दै

    काठमाण्डौ  । नारायणहिटी राजदरबार हत्याकाण्डको २३ औँ स्मृतिमा राजपरिवारका सदस्यले सोमबार दीप प्रज्ज्वलन गर्दैछन्। हिमानी कोषको आयोजनामा कमलादी गणेश मन्दिरमा उनीहरूले साँझ दीप प्रज्ज्वलन गर्न लागेका हुन्। कोषले नारायणहिटी दरबारभित्रै दीप प्रज्ज्वलनगर्ने तयारी गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको हो।हिमानी कोषको अध्यक्ष तत्कालीन रानी कोमल शाह छिन्। उनकी बुहारी तथा तत्काली युुवराज्ञी हिमानी शाह उपाध्यक्ष छिन् ।विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 82 पटक पढिएको
  • अनिश्चितकालिन सार्वजनिक यातायात बन्दले बिहानैदेखि देशैभरि यात्रूलाई सास्ती

    काठमाण्डौ  ।  यातायात व्यवसायीहरूले सोमबारदेखि देशरभरि सबै प्रकारका सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघलगायतले आइतबार

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 143 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४४ पैसा र ब

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 122 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।साथै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।राति

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 174 पटक पढिएको
  • राजाबादिले जलाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन

    काठमाण्डौ ।  आजकाठमाडौँमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन गरेका छन्। आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले कालोपुलमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका हुन्।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 239 पटक पढिएको
  • रजाबादिले जलाए प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन

    काठमाण्डौ ।  आजकाठमाडौँमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकका पुत्ला दहन गरेका छन्। आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै उनीहरूले कालोपुलमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका हुन्।

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 73 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा