काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचारत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताउनुभएको हो ।कार्यवहाक नगरप्रमुख डङ्गोललगायतको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइतेको उपचारको प्रबन्ध तथा अन्य विषयमा जानकारी लिएको थियो ।उहाँले विपद् प्रभावितको उद्धार, उपचार तथा राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “
सुदूरपश्चिम। कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।अस्पतालमा कार्यरत कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यको कम्तीमा एक दिन बराबरको तलबरसुविधाबाट सङ्कलित रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिएको अध्यक्ष तीर्थराज पन्तले जानकारी दिनुभयो ।उहाँले अस्पतालले हरेक वर्ष मनाउँदै आएको हरितालिका तीजको कार्यक्रम स्थगित गरेको र सो कार्यक्रमका लागि छुट्याइएको रकमसमेत बाढी प्रभावित नागरिकलाई सहयोग गरिएको बताउनुभयो । यसअघि धनगढीस्थित माया मेट्रो अस्पतालले पनि रु तीन ला
भक्तपुर। चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।नगरप्रमुख जीवन खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधाबापतको रु सात लाख जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।यस्तै, कर्मचारीबाट तहअनुसार दुईदेखि सात दिनसम्मको तलब सुविधा गरी रु २० लाख ३५ हजार र चाँगुनारायण नगरपालिकाका शिक्षकबाट रु १३
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९० रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११०
हेटौँडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौँडावासीको अवस्था बुझ्न नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली धादिङ तथा काठमाडौँका विभिन्न अस्पताल पुगेको छ ।टोलीले बिहीबार धादिङको गल्छी क्षेत्रसहित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइते, उद्धार गरिएका तथा सम्पर्कविहीन व्यक्तिका बारेमा जानकारी लिएको नगरप्रमुख लामाले बताउनुभयो ।बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा परिवारसँग सम्पर्क टुटेका नगरवासीको अवस्था पहिचान गर्न सम्भावित अस्पताल तथा उद्धार केन्द्रमा पुगेर विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दि
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनत
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताउनुभएको छ ।उहाँले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको जानकारी दिनुभयो । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उहाँको भनाइ छ ।मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) प
बागलुङ। भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङका छ पालिकाले रु २१ लाख ७० हजार सहयोग गर्ने भएका छन् ।जिल्लाको बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका, वडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।गलकोट नगरपालिकाले रु छ लाख ७० हजार, बागलुङ नगरपालिकाले रु पाँच लाख, बडिगाड गाउँपालिकाले रु पाँच लाख, ताराखोला गाउँपालिकाले रु दुई लाख, काठेखोला गाउँपालिकाले रु दुई लाख र जैमिनी नगरपालिकाले रु एक लाख सहयोग गर्ने भएका छन् ।बागलुङ नगरपालिकाले बाढीपहिरोलगा
देवेन्द्र के ढुङगाना \ नेपालको हिमालय केवल हिमालको शृङ्खला होइन, जीवन, सभ्यता, संस्कृति र समृद्धिको आधार पनि हो। यही हिमालयबाट जन्मिएका नदीहरूले नेपाललाई कृषि, ऊर्जा, पर्यटन र आर्थिक सम्भावनाको आधार दिएका छन्। तर पछिल्ला दिनमा रसुवा, नुवाकोट, धादिङ हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अभूतपूर्व बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हिमालयले हामीलाई जीवन दिइरहेको छ कि अब हामीलाई आफ्नो जोखिमबारे चेतावनी दिइरहेको छ?नेपाल–चीन सीमा नजिक रसुवागढीबाट करिब १८–२० किलोमिटर माथितिर ल्हेन्दे खोलाको बहाव हिमचट्टानको पहिरोका कारण अवरुद्ध भएपछि बनेको प्राकृतिक बाँध फुट्दा भोटेकोशी र त
काठमाडौं / भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ । उक्त ताल निरन्तर बढिरहेको र ताल फुट्न सक्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ । ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो ।बाढी पूर्वानुमान महाशा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.