मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको क
काठमाडौं— नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ ।आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
काठमाडौं— प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रदान गरेका छन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, ऐनको व्यवस्थाबमोजिम प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले नै अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ । सोही अधिकार प्रयोग गर्दै प्रधानमन
काठमाडौं— धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यस पछि सोहि बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको हो ।तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौं
वीरगन्ज— सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् ।पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११ः३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक भोली बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो । बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धका साथै अन्य विविध विषयमा छलफल हुने छ ।
काठमाडौं— स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्यु
काठमाडौं— प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
काठमाडौं— आज (मंगलबार) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।हरेक वर्ष मे १२ मा नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाइँदै छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ ।आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.