काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालीहरुको निराशालाई आशामा बदल्न आफुले उज्यालो नेपाल अभियान सुरु गरेको बताएका छन् ।अमेरीकाको न्युयोर्क स्थीत हामी नेपाली ग्लोबल संस्थाले घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ बाट सम्मानीत गरेपछि कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उक्त संस्थाले घिसिङले नेपालको उर्जा क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मानीत गरेको हो ।अवार्ड समारोहलाई सम्बोधन गर्दै घिसिङले १८ घण्टासम्म लोडशेडिंग भएको बेला सबैको सहयोगले मुलुकलाई लोडशेडिंग मुक्त बनाउन सम्भव भएको स्मरण गरे । “जहाँ बत्ती नै थिएन त्यहाँ पनि पु¥यायौं । अहिले
काठमाडौं— सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।न्याय सेवा आयोगको सोमबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा पौडेलको नाम सिफारिस गरेको हो । यस्तै आयोगले अदालतको रजिष्ट्रारमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ ।अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल उमेरहदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो ।पुस २०७९ मा मुख्य रजिष्ट्रार पदमा नियुक्त भएका ढकाल ५८ वर्षे सेवा अवधिको सीमा पुगेपछि अवकाश भएका हुन् ।असार २०७४ देखि सर्वोच्च अदालतमा मुख्यसचिव सरहको जिम्मेवारीमा मुख्य रजिष्ट्रार राख्ने अभ्यास सुरु भएको हो । सो अवधिमा नियुक्त भएका पाँ
जुम्ला – जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा जंगली विषालु च्याउ खाँदा एकै घरका पाँचजना सदस्य बिरामी भएका छन् ।आइतबार दिउँसो करिब ३ बजे जंगली च्याउ खाएपछि उनीहरूमा पेट दुख्ने, वान्ता हुने लक्षण देखिएको थियो ।बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतरा, ५८ वर्षीया राजकुमारी महतरा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतरा बिष्ट र ३ वर्षीय पुजन बिष्ट रहेका छन्। उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको थियो, जहाँ हाल उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटना
धादिङ— काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको एक ट्याक्सी सीतापाइला–धार्के सडकखण्डमा सोमबार बिहान दुर्घटनामा परेको छ।बा २ ज २९९५ नम्बरको ट्याक्सी धुनिवेशी नगरपालिका–५ स्थित कुमाइखोलाको धार्के–सीतापाइला सडकखण्डमा अनियन्त्रित भई करिब ५ मिटर तल खस्दा चालकसहित ६ जना यात्रु घाइते भएका छन्।ट्याक्सी आफैं अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिए । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने बाँकी चार जना सामान्य घाइते भएका छन्।घाइतेहरूमा सोलुखुम्बु जिल्लाको दूधकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया मिना खड्का, २४ वर्षीय सागर खड
काठमाडौं— खोलाको बीचमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । सुन्दरीजल खोला आज नुहाउने क्रममा आएको बाढीमा फसेका चार भारतीय र एक नेपाल नागरिकलाई नेपाली सेनाले उद्धार गरेको हो । बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढेपछि बीचमा फसेका थिए । खोलाको बीचमा फसेका उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सिन्धुपाल्चोक— सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल पक्राउ परेका छन्। उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा २० वर्षपछि आइतबार गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार २०६२ भदौं २५ गते काठमाडौं तिलगंगा आँखा अस्पताल नजिक सडकमा उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा मृत्यु भएको एसपी बोहराले जानकारी दिए। उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ।
काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ग्लोबल हिरो अवार्डबाट सम्मानित भएका छन् ।घिसिङलाई अमेरिकाको न्युयोर्कस्थित हामी नेपाली ग्लोबल संस्थाले उक्त अवार्डबाट सम्मान गरेको हो । न्युयोर्कमा आयोजना भएको कार्यक्रममा नेपाली डायस्पोराका साथै भिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । घिसिङ गत शुक्रबारदेखि अमेरिका, बेलायत र युरोप लगायत मुलुकहरूको भ्रमणमा रहेका छन्।सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही पनि सम्मानित भएका छन् ।
जनकपुर— जनकपुरमा एक महिला मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित आफ्नै घरमा चन्दन मण्डलका श्रीमती २३ वर्षीया शोभा मण्डल राति मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार राति साढे १२ बजेतिर घरमा झुण्डिएर मृत्यु भएको खबर प्रहरीसमक्ष पुगेको थियो । प्रहरी टोली पुग्दा ओछ्यानमा शव फेला परेको उनले बताए । उनका अनुसार घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर ओछ्यानमा राखेको बयान प्रहरीलाई दिएका छन् ।पोस्टमार्टम रिपोर्टपछि मात्र केही कुरा खुल्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।यता माइती पक्षले भने शोभा मण्
काठमाडौं— लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का सन्तोष पाण्डेय युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।आइतबार मुख्यमन्त्री चेतनारायण आचायर्लले उनलाई मन्त्रीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले शपथ ग्रहण गराउने तयारी गरेका छन् । लोसपााबाट लुम्बिनी प्रदेशमा ३ जना सांसद् रहेका छन् ।
काठमाडौं— बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानबिन समिति गठन गरी निलम्बन गरेकोमा ओझाले साउन ८ गते बिहीबार दायर गरेको रिटमाथि शुक्रबार सामान्य बहस भएको थियो ।न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज सोमबार सरकारलाई समेत बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा छलफल हुनेछ ।योग्यता नै नपुगेको व्यक्ति फर्जी र झुठा विवरण तथा कागजात तयार पारी नेपाल सरकार मन
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.