समाचार

    Showing 341-350 of 19,705 items.
  • कल्पना बस्नेतको नेतृत्वमा अपाङ्गता भएका बालबालिकाको भविष्य निर्माण

    काठमाडौं— अपाङ्गता तथा विकाससम्बन्धी समस्या भएका बालबालिकालाई सानै उमेरदेखि पहिचान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित बाल भौतिक चिकित्सक कल्पना बस्नेतले विगत २० वर्षदेखि निरन्तर काम गर्दै आएकी छन् ।काठमाडौं महानगरपालिका वडा नम्बर २०, रामघाटमा अवस्थित अर्ली इन्टरभेन्सन सेन्टरमार्फत उनले प्रारम्भिक हस्तक्षेप लाई उपचारको मूल आधार बनाएकी छन् ।यो सेन्टरमा छ सात महिनाको शिशुदेखि पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरी थेरापी सेवा दिइन्छ । बच्चाको अवस्था, कमजोरी र आवश्यकताको विस्तृत मूल्याङ्कन पछि लक्ष्य निर्धारण गरेर थेरापी सुरु गरिन्छ । बोल्न गाह्रो हुने, सेन्सरी इस्यु, व्यवहारगत समस्या देखिने बालब

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 341 पटक पढिएको
  • नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

    काठमाडौं— नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन् । त्यस्तै काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 356 पटक पढिएको
  • कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन ३६ जिल्लाको आब्हान

    काठमाडौं— नेपाली काँग्रेसको विशेष महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी रहँदा पार्टीका विभिन्न जिल्ला कार्य समितिहरूले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा सहभागि हुन काठमाडौं आउन आह्वान गरेका छन्।पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन समितिका संयोजक जगदीश्वर नरसिंह केसीले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्ने जिल्ला तथा नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए ।विज्ञप्ति जारी गर्ने जिल्लामा काठमाडौं

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 346 पटक पढिएको
  • मेला महोत्सवमा कलाकारको चाप, पुष्कल शर्माको प्रस्तुतिमा दर्शकको भीड

    काठमाडौं— यतिबेला देशभर आयोजना भइरहेका मेला महोत्सवका कारण कलाकारहरू व्यस्त देखिएका छन् । राजधानी काठमाडौंमा स्थिर नबसी एक स्थानबाट अर्को स्थानसम्म यात्रा गर्दै उनीहरू निरन्तर मञ्चमा प्रस्तुत भइरहेका छन् । कलाकारहरूको जीवनशैली नै यात्रामय हुने गरेको छ ।विभिन्न जिल्लामा १५ देखि २० दिनसम्म सञ्चालन हुने मेला महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न कलाकारहरू गीत संगीतमार्फत माहोल तताइरहेका छन् । मेला महोत्सवमा चर्चित कलाकारदेखि स्थानीय कलाकारसम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ । दर्शकको चाहनाअनुसार गीत गाउने, नचाउने र रमाइलो गराउने कलाकारहरूको प्रस्तुतिले मेला थप आकर्षक बन्दै गएको छ ।मञ्चअगाडि द

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 347 पटक पढिएको
  • स्यालको आक्रमणबाट रौतहटमा पाँच जना घाइते

    रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकामा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् ।बिहीबार राति पैदल हिँडिरहेको अवस्थामा बौलाएको स्यालले एक्कासी आक्रमण गर्दा दुर्गा भगवती वडा नम्बर २ र ३ का बासिन्दाहरू घाइते भएका हुन्।घाइते भएका व्यक्तिहरू आज शुक्रबार बिहानै उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुगेका छन् । उनीहरूले अस्पतालमा एन्टि–रेबिज भ्याक्सिन लगाएको बुझिएको छ।पछिल्लो समय रौतहटमा जनावरको आक्रमणका घटनाहरू बढ्दै गएका छन्। दुई दिनअघि मात्रै जिल्लाको गढीमाई नगरपालिकामा बौलाहा कुकुरले टोक्दा ५० जनाभन्दा बढी बालबालिका तथा वृद्धवृद्धाहरू घाइते भएका थिए।चिसो मौसम र बाक्लो हुस्सु लाग्ने समय भएका

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 335 पटक पढिएको
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला २ हजार एक सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेको हो।बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 336 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता

    काठमाडौं— सालपा विकास बैंक लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज सम्पन्न भएको छ । बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिएको हो ।बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ रहेको छ । उक्त आईपीओमा २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको बैंकले जनाएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।निष्कासन गरिएको शे

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 338 पटक पढिएको
  • चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक

    काठमाडौं— चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १ गतेदेखी प्रदर्शन हुने उक्त चलचित्रको टिजरमा मुख्य कलाकार प्रवीण खतिवडा छन् ।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन् । उनको निर्देशनमा यो डेब्यु चलचित्र हो ।टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ । अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ ।चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौर

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 335 पटक पढिएको
  • कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिलः विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

    काठमाडौं— नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।२०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताको विश्वसनीय र थप भरोसायोग्य पार्टीका रूपमा स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात गर्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्नेमा उनीहरूको जोड छ ।नेताहरूले जारी गरेको अपिलमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित नि

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 318 पटक पढिएको
  • अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण

    काठमाडौं— पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन् ।यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन् ।मगरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे अनुसार जनवरी ६, २०२६ मा राति १० बजे (स्थानीय समय) तीन दिनको कठिन आरोहणपछि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको चुचुरो मा पुगेका हुन्।अल्पाइन एसेन्ट्सका अबिरल राई, मिङ्मा शेर्पा तथा अभियान नेता जाङ्बु शेर्पासहितको टोलीले माइनस २५ डिग्री सेल्सियस तापक्रम, तीव्र हावा र कठोर भूभागको सामना गर्दै अभिया

    • प्रकाशित मितिः पुस २५, २०८२
    • 342 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा