समाचार

    Showing 4,311-4,320 of 15,569 items.
  • स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

    काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । काठमाडौँ उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • 223 पटक पढिएको
  • जीर्ण सडक कालोपत्र गर्दै लहान नगरपालिका

    सिरहा । यहाँको लहान नगरपालिकाले लामो समयदेखि जीर्ण रहेका भित्री सडक कालोपत्र गर्ने भएको छ । आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमकोबीच यहाँको ठाना चोकदेखि कटहा चोकसम्म सडक कालोपत्र (अस्फाल्ट) कार्यको शिलान्यास गरे ।यस सडकले लहान नगरपालिका–१, २, ३ र १९ का वडावासी लाभान्वित हुनेछन् । सडक कालोपत्रको शिलान्यास गर्दै नगरप्रमुख चौधरीले निर्धारित समयभित्र गुणस्तरीय सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै, उनले धुवाँधुलोले आक्रान्त यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए । नगरप्रमुख चौधरीले भने, ‘सडक कालोपत्र नहुँदा लामो समयदेखि धुँवा र धुलोको समस्याले हैरान भएका भन्दै यहाँका नागरिक

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 226 पटक पढिएको
  • मुर्रा राँगाः नस्ल सुधार कार्यक्रम सफल

    राँझा (बाँके) । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ ।  खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि गत माघ २६ गते राती पाडो जन्माएको किसान रेग्मीले जानकारी दिए । योसँगै उनले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकर

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 177 पटक पढिएको
  • धार्मिक पर्यटनसँग जोड्दै लाटी बाराही

    गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ वैद्यपानी सिम्लेस्थित लाटी बाराही मन्दिर यहाँको प्राचीन तीर्थस्थल हो । प्राचीन तीर्थस्थलका रूपमा पुस्तौँदेखि पूजाआजा हुँदै आए पनि यो मन्दिर स्थापनाको यकिन तिथिमिति भने अझै अनुसन्धानकै पर्खाइमा छ ।मन्दिर परिसरमा रहेको जलकुण्डमा बाह्रै महिना नै पानी भइरहनुले पनि यहाँको धार्मिक विश्वास बढाएको स्थानीय कुलबहादुर कुमाल बताउँछन् । पहराको कुनामा रहेको यस मन्दिर परिसरस्थित कुण्डमा तलबाट भुलभुल गरी पानी निरन्तर आइरहने र जस्तोसुकै खडेरीमा पानी नसुक्नु यहाँको विशिष्टता भएको उनले बताए ।‘यो जिजुबाजेका पालादेखि नै श्रद्धा भक्तिका साथ पूजाआजा हुँदै आएको तीर्थस्थल हो’,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 204 पटक पढिएको
  • तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

    म्याग्दी । बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरी स्नानस्थलको क्षमता विस्तार गरिएको छ ।  तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नानस्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसीले तातोपानी स्नान गरेर उपचारमा आउनेहरूको चाप बढेपछि निर्माण गरिएको पोखरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए ।‘म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पिङ गरेर स्नानका लागि पानी सङ्कलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘कुण्डमा स्नानका लागि आउ

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 165 पटक पढिएको
  • ‘बेरोजगारी समस्या, विदेसिनु बाध्यता’

    कमलामाई (सिन्धुली) । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ । बसपार्क सडक छेवैका चिया पसलहरूमा भने चहलपहल देखिन्छ । गाउँ सुनसान पारेर सहरमा उज्यालो भविष्य खोज्न हिँडेका केही युवाहरू हतारोमा छन्, कोही गफमा मस्त । यहीँ एउटा कुनामा एक्लै चिया पिउँदैछन्, पुजन बस्नेत ।पुजन सिन्धुलीको तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्ष पुगेका यी युवाले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । उनीसँग वेबसाइट बनाउने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ । तर, सीप र सङ्र्घषअनुसारको कमाई छैन । पुजन जिल्लामै केही गर्ने सोचले अघि बढ्न खोजे । आफ्ना साथीसँग

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 189 पटक पढिएको
  • मन्त्रालयले जिम्मेवारीबाट हटायो बास्तोलालाई

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोर्चुगलको लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई जिम्मेवारीबाट हटाएको छ । बास्तोलाले पूर्वराजाले राष्ट्रिय प्रजातन्त्र दिवसका दिन दिएको शुभकामना सन्देशको स्वागत गर्दै ऐक्यबद्धता जनाएका थिए । पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गर्दै उनको वक्तव्यको स्वागत गरेपछि मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।उनले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको भन्दै मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाएको हो । पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम फागुन २६ को मन्त्रीस्तरीय निर्णयबाट बास्तोलालाई जिम्मेवार

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 163 पटक पढिएको
  • चैत्र ३ मा ‘महिला नेतृत्व सम्मेलन’ हुने

     काठमाडौं— नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ । परिसंघले चैत्र ३ गते काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बिवेन्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने बताइएको छ ।सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 173 पटक पढिएको
  • बलात्कारी सम्बन्धी कानुन कार्यान्वयन नहुँदा बलात्कारका घटना बढे: सांसद झा

    काठमाडौं— जसपाका सांसद रञ्जुकुमारी झाले बलात्कारसम्बन्धी कानुन भएपनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानुन कार्यान्वयन गर्न माग छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी हुन् । उनले आफ्नै जिल्लामा भएका बलात्कारका घटनाको उदाहरण दिँदै भनिन्,‘जबसम्म कडा रूपमा कानुन कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैनन् ।’उनले सप्तरीबाट गाजा तस्करी बढेको भन्दै त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 201 पटक पढिएको
  • निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला

    काठमाडौं— निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो । कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 235 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा