समाचार

    Showing 4,341-4,350 of 26,547 items.
  • विभागद्वारा एकैदिन ५४ फर्ममा अनुगमन

    काठमाडौँ। बजार अनुमगन तथा निरीक्षणमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ । एकैदिन ५४ वटा व्यापारिक प्रतिष्ठान र फर्ममा विभागले अनुमगन गरेको हो ।कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको कारोबार नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि विभागले एकैदिन ५४ वटा फर्ममा अनुगमन गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले उल्लेख गरेको छ । विभागले काठमाडौँ महानगरपालिका-१४ मा अवस्थित खसीबजार आसपासका क्षेत्रमा अनुमगन गरेको थियो । विभागले सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अध

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 275 पटक पढिएको
  • नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

    भक्तपुर। नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटबाट रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसायमा विदेशी पर्यटकमात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् । नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 249 पटक पढिएको
  • विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै उर्जा मन्त्रालय

    काठमाडौँ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच मुलुकको ऊर्जा क्षेत्रको विकास गर्न र थप उन्नयनका बारेका सोमबार छलफल भएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले समग्र उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले विद्युत्को निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । सरकारले जलाशय तथा नविकरणीय उर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले उर्जा क्षेत्रले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • 261 पटक पढिएको
  • गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।गृह मन्त्रालयमा आज भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए । साथै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 559 पटक पढिएको
  • विद्यालयहरुप्रति मन्त्रालयको एक्सन: छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ ।मन्त्रालयले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधिक गरे/नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ मा उल्लेख भए अनुसार निजी लगानीका व

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 519 पटक पढिएको
  • राजनीतिमा प्रतिशोध र निषेध नगर्न पूर्वराजा ज्ञानेन्द्रको आह्वान

    रौतहट— पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा भिडियो सन्देश जारी गरेका छन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्न सबै पक्षलाई आह्वान गरेका हुन्।पूर्वराजा शाहले देशमा विद्यमान असन्तुष्टि र मागहरूलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।‘जनचाहनालाई मनन गर्दै संवैधानिक समाधान खोज्न अब विलम्ब गर्नु हुँदैन’, उनले भनेका छन्,‘परस्परको राग, द्वेष र प्रतिशोधले राष्ट्रलाई हित गर्दैन ।’विगतका वर्षहरूमा भएका राजनीतिक र शासकीय फेरबदलप्रति टिप्पणी गर्दै उनले

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 517 पटक पढिएको
  • नदीमा पौडी खेल्नेक्रममा बालक बेपत्ता

    मुगु— मुगुको सोरु गाउँपालिका–४ रावलवडाँडा निवासी धन बहादुर मल्लको छोरा अन्दाजी १० बर्षीय आकाश मल्लको हुम्ला कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन ।मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।सोमबार दिउँसो करिब १२ बजेको समयमा बाख्रा छाडेर चारैजना नदीमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएपछि साथीहरुले स्थानीयलाई खबर गरेका थिए । हाल बेपत्ताको शव खोजी भइरहेको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 370 पटक पढिएको
  • आठपहरिया समुदायले मनाए बैशाखे बिसु पर्व

    मोरङ— किरात आठपहरिया समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व बैशाखे बिसु यस वर्ष पनि उर्लाबारी–९ इन्द्रेझोडामा परम्पराअनुसार विभिन्न धार्मिक तथा सांस्कृतिक विधिसहित सम्पन्न भएको छ ।परम्परा, संस्कार र सामुदायिक एकतालाई जोड्ने यो पर्व बहुदिनसम्म मनाइने विशेषता बोकेको छ ।बिसु पर्वको सुरुवात भूमिपूजाबाट गरिन्छ । यसलाई प्रकृतिप्रति आस्था र सम्मानको प्रतिकका रूपमा लिने गरिन्छ । दोस्रो दिन मार्गाथान (पूजास्थल) को सरसफाइ तथा लिपपोत गरिन्छ, जसले पवित्रता र धार्मिक तयारीको संकेत गर्दछ । तेस्रो दिन मार्गाथानमै कुखुरा र सुँगुरको बलि चढाउने चलन रहिआएको छ, जसलाई देवीदेवताप्रति श्रद्धा अर्पण गर्ने विधिका रूपमा ल

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 500 पटक पढिएको
  • भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी

    काठमाडौं— भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सङ्घ–संस्थाका कार्यालयमा तालाबन्दी गरिएको छ। समाज कल्याण परिषद्अन्तर्गत रहेका ती कार्यालयहरूले वर्षौँदेखि भाडा नतिरेपछि सोमबार परिषद्ले कडाइका साथ कारबाही अघि बढाएको हो।परिषद्का अनुसार पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित संस्थाहरूले भाडा बुझाउन बेवास्ता गरेपछि अन्ततः तालाबन्दी गर्नुपरेको हो। भाडा नतिर्ने संस्थाहरूमा विभिन्न गैरसरकारी संस्था तथा व्यवसायिक प्रयोजनका लागि सञ्चालन गरिएका कार्यालयहरू रहेका छन्।समाज कल्याण परिषद्ले लामो समयदेखि बाँकी भाडा असुलीका लागि पहल गर्दै आएको भए पनि अपेक्षित सहयोग नपाएपछि यस्तो कदम चालिएको जनाएको छ। परिषद

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 547 पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फिर्ता

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन् ।२७ र २८ चैतमा मौरिससमा आयोजना भएको नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागि हुन बिहीबार मौरिसस गएका मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सम्मेलनका क्रममा क्षेत्रीय सहकार्य पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासमा जोड दिएको बताए ।उनले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहर

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.