समाचार

    Showing 4,361-4,370 of 15,570 items.
  • महानगरले पठाएको जरिवानापत्र राप्रपाले अझै पाएन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 252 पटक पढिएको
  • जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 143 पटक पढिएको
  • प्याब्सनको केन्द्रीयअध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन

    काठमाडौं — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्। प्याब्सनको अध्यक्षमा टीका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए। उनलाई जिताउन नेकपा एमालेले आन्तरिक सर्कुलर नै गरेको थियो। तर विवाद बढेपछि पुरी पछि हटेका थिए। स्याङ्जाका अधिकारी कांग्रेस निकट हुन्। उनी भ्याली पब्लिक स्कुलका सञ्चालक हुन्। प्याब्सनको अधिवेशन आज उद्घाटन हुने भएको छ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 245 पटक पढिएको
  • ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् । यसअघि आइतबार ब

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 283 पटक पढिएको
  • सुनको मूल्य बढ्दा चाँदी स्थिर

    काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 236 पटक पढिएको
  • मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा...

    मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका  विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन्   ।मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 198 पटक पढिएको
  • विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य

    नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदानसम्बन्धी भएको समन्वय बैठकमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो । जिल्लाका स्थानीय तहबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवद्र्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाइको अनुशरण गर्दै आवश्यक पर्दा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ । यसबाहेक विपद् व्यवस्थापनमा स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 178 पटक पढिएको
  • नगर प्रमुख त्रिपाठीले ऋण लिएर ठेकेदारलाई भुक्तानी

    डुम्रे (तनहुँ) । भानु मार्गको काम पछिल्लो समय तीव्र रुपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।  नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उहाँले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । ‘वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएप

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 275 पटक पढिएको
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ

    काठमाडौं— जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् । एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५  फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 155 पटक पढिएको
  • सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन शुरू गर्दै

     काठमाडौं— सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन थाल्ने भएको छ।  संविधानको भाग २७ मा व्यवस्था भएका आयोगहरुको संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलकोन गर्ने संविधानमै व्यवस्था गरिएको छ। २०७२ साल असोज ३ गतेबाट प्रारम्भ भएको संविधान आगामी असोजमा कार्यान्वयनमा आएको १० वर्ष पूरा हुन्छ।  यस विषयमा राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले छलफल सुरु गर्न लागेको हो।आज बिहान ११ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुको पुनरावलोकनका बारेमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ। बैठकमा कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, लोकसे

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 179 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा