काठमाडौं— एपोलो हाइड्रो पावरले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २६ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ सार्वजनिक गरेको हो ।उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताले सि आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गरी आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले सम्हालेको छ । आईपीओमा आवेदन दिने समय आज बैंकिङ समयभित्र मात्र रहने भएकाले समयमै आवेदन दिन
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) विजयी भएको छ ।आइतबार राति भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रन बनाएको थियो ।आरसिबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए ।आरसीबीका लागि फिल सल्टले ३६ बलमा ७८ रन बनाए । त्यस्तै, रजत पाटीदारले २० बलमा ५३ रन तथा विराट कोहलीले ३८ बलमा ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।२४१ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो ।यो जितसँगै आर
काठमाडौं— प्रतिनिधिसभा अन्तर्गतको दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विविध विषयमा छलफल हुने छ ।यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।
सुनसरी— अन्तर्राष्ट्रिय आमन्त्रण नवौँ भरौल गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । वराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो ।प्रतियोगिताको सफल आयोजनामा योगदान पु¥याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
काठमाडौं— गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पक्राउ परेका युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ ।सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने दोहोरÞ्याउँदै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ । साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित क
बाजुरा— बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३७० जना भन्दा बढी लाभान्वित भएका छन् ।जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र स्थानीय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा आयोजित उक्त शिविरबाट ३७० बढी ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।शिविर त्रिवेणी,बुढीगंगा,खप्तड छेडेदह र गौमुल गाउँपालिकामा सञ्चालन गरिएको हो । चैत्र २६ देखि २९ गते सम्म सञ्चालित शिविरमा मधुमेह, रक्तचाप,पल्सको जाँच गरिएको हो । साथै लक्षणको आधारमा अन्य रोगको अवस्था पहिचान गरी औषधि वितरण र परामर्श से
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स
काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।आज राती देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागम
सुर्खेत । जब उमा वादी आफ्नो जीवन भोगाइको कथा लिएर ‘कुडा कर्नालीका.....’ कर्णाली उत्सवको स्टेजमा पुगिन् त्यतिबेला निकै भावुक पनि देखिइन् । कर्णाली उत्सवको दोस्रो दिनको सुरुवात गर्दै ‘प्रतिरोधि पाइला’ सत्रमा विद्वत प्रवचनका लागि मञ्चमा उभिएकी उमाले आफ्नो मात्र होइन वादी समुदायको जीवन भोगाई, भोग्नु परेको विभेद र उत्पीडनका श्रीखंलाहरु शब्दमा उतारिन् ।‘धेरैलाई लाग्दो हो, उमा वादी धेरै पढेकी छन्’ आफ्नो प्रवचनको सुरुवातमै आफूले कम पढेकोमा पछुतो मान्दै भनिन्, ‘स्कूल धेरै धाएँ हजुर तर कक्षा थोरै पढेँ । मसँग शैक्षिक प्रमाणपत्रको डिग्री त छैन, तर जीवन भोगाइ र पीडाको डिग्री अवश्य छ ।’ वादी समुदायको फिरन्त
सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् ।भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको र आगलागीमा परी ठालु प्रसाद जैसीकी श्रीमती माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।घाईतेलाई नलगाड नगर अस्पतालमा उपचार गरिएपछि नेपाल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.