काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र आगामी वैशाख ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ ।यसै सन्दर्भमा चलचित्रकी मुख्य पात्र, रङ्गमञ्च तथा चलचित्र क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले चलचित्र ‘परालको आगो’ को तयारी, छायाङ्कनका अनुभव र यसले दिने सन्देशका बारेमा विस्तृत जानकारी दिँदै यो चलचित्र नेपाली सिनेमा क्षेत्रको इतिहासमा एउटा बलियो नाम भएको दाबी गरेकी छन् ।यसअघि नै निर्देशक प्रताप सुब्बाले यसै कथामा आधारित रहेर ब्ल्याक एन्ड ह्वाइट (श्वेत–श्याम) चलचित्र बनाइसकेका छन् । जुन नेपाली दर्शकको मन–म
काठमाडौं— पाकिस्तानले अमेरिका र इरानलाई युद्धविरामप्रतिको प्रतिबद्धता कायम राख्न र दिगो शान्ति हासिल गर्ने प्रयास जारी राख्न आग्रह गरेको छ।‘पाकिस्तानका तर्फबाट युद्धविराम कायम गर्न र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानका प्रयासहरूको कदर गरेकोमा म दुवै पक्षप्रति आभार व्यक्त गर्न चाहन्छु। हामी आशा गर्छौँ कि दुवै पक्षले सकारात्मक भावना कायम राख्दै सम्पूर्ण क्षेत्र र त्यसपछिका लागि दिगो शान्ति र समृद्धि हासिल गर्न प्रयास जारी राख्नेछन्,’ पाकिस्तानका परराष्ट्रमन्त्री इसाक दारको भनाइ उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि था
सिरहा— सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन्।मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो।सशस्त्र प्रहरी बलका प्रमुख सुमनजंग थापाका अनुसार गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएपछि परिचालन भएको सशस्त्र प्रहरी बलको टोलीले दासलाई पक्राउ गरेको हो।शंका लागेर सुखिपुर क्षेत्रमा जाँच गर्दा चाँदीका गाँजासहित ब्रासलेट, नगद २५ हजार र एक थान मोबाइल सेट बरामद भएको उनले बताए।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरिश्वर लामिछानेसहितको टोलीले नवलपुरमा स्वागत गरेको छ ।भेटका क्रममा स्थानीय टोलीले नवलपुर क्षेत्रमा दूषित पानीका कारण गैँडालगायत वन्यजन्तुहरू धमाधम मृत अवस्थामा भेटिएको विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन् ।नवलपुरका सांसद राजन गौतमसहितको टोलीले गृहमन्त्रीसमक्ष यस सम्बन्धमा ज्ञापनपत्र समेत बुझाएको छ ।स्थानीयका अनुसार विभिन्न उद्योगबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा त्यसको प्रभावले वन्यजन्तुहरू प्रभावित भएका छन्। सोही पानी सेवनका कारण कैयौँ जनावरहरू मृत भेटिएको गुनासो गरिएको छ।उक्त समस
काठमाडौं— नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि वैशाख ४ गते निर्वाचन हुने भएको छ। वैशाख ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याउने तयारी छ।सहमहामन्त्रीसमेत रहेका निर्वाचन समितिका संयोजक प्रकाश रसाइली 'स्नेही'ले वैशाख २ गते संसदीय दल नेता चयनबारे निर्वाचन कार्यतालिका ल्याइने बताए।‘निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका ल्याउँछ, ४ गते निर्वाचन हुन्छ,’ उनले भने, ‘सर्वसम्मत नभए प्रतिस्पर्धाद्वारा संसदीय दल नेता चयन हुन्छ।’प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।कांग्रेसमा पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, सांसदहरू मोहन आचार्य, निश्कल राई, बासना थापालग
दाङ— दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो ।पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन् । दाङमा प्राथमिक उपचार गरेर उनलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ ।
रौतहट । रौतहटको शिवनगरस्थित कानु समाज धर्मशालाको प्राङ्गण आइतबार अलि भिन्न देखियो । त्यहाँ केवल एउटा औपचारिक कार्यक्रम भइरहेको थिएन, बरु राज्यको सुरक्षा निकाय र नागरिकबीचको विश्वासको एउटा पुल बनिरहेको थियो।जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा भएको ‘नागरिक सार्वजनिक सुनुवाइ’ कार्यक्रममा स्थानीयका गुनासो, अपेक्षा र सुरक्षाप्रतिको तिर्खा स्पष्टै झल्किन्थ्यो ।‘पीडित जब न्यायको आश बोकेर प्रहरीकहाँ पुग्छ, त्यहाँ उसलाई भरपूर सहयोगको अनुभूति हुनुपर्छ,‘गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कल्वारले भावुक हुँदै भने।अझै पनि कहीँ न कहीँ पीडितलाई रुवाउनेहरुकै प्रहरीमा हालीमुहाली हुने त होइन भन्ने
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।वक्तव्यमा प्रध
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । संगठनले यस कदमलाई गलत र आपत्तिजनक भन्दै तत्काल रिहाइको माग गरेको छ ।मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको बताइएको छ ।‘युट्युबर रोशन पोख्रेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम हो । अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार हो, जसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार हो,’ प्रेस वक्तव्यमा उल्लेख छ ।वक्तव्यमा
काठमाडौं— बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो । कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.