समाचार

    Showing 4,401-4,410 of 15,582 items.
  • राजा ल्याउन राष्ट्रवादीको शक्ति प्रदर्शन

     काठमाडौं— पोखरबाट काठमाडौं फर्कंदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत र समर्थन गर्न आफूलाई राष्ट्रवादी शक्ति दाबी गर्नेहरू र्‍यालीसहित अघि बढेका छन्। आइतबार दिउँसो पूर्वराजाका समर्थकहरू र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायतका नेताहरू त्रिभुवन विमानस्थलतर्फ अघि बढेका हुन्।उनीहरुले राजतन्त्रको पुनर्बहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन्। पूर्वराजा शाह ३ बजे काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। उनलाई र्‍यालीले स्कटिङ गर्दै निर्मलनिवाससम्म पुर्‍याउने बताइएको छ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 296 पटक पढिएको
  • सांसद राई भन्छिन् राजावादीका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा हुन्छ,

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।​ राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन्। उनले प्रतिगामी तत्त्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। उनले मुलुकभर अनावश्यक नारा गुन्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताइन्।राईले भनिन्‚ ‘यति वेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिंदैछन् र संविधान उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहँ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 249 पटक पढिएको
  • तीन करोडभन्दा साना आयोजना प्रस्ताव नगर्न मन्त्री पौडेलको आग्रह

    काठमाडौं— उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गरे ।उनले ठूला रूपान्तरणकारी तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिए । अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरूको भूमिका बढाउनुपर्ने र एक पटकका लागि सिडम

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 208 पटक पढिएको
  • शिक्षा समिति सभापति थापाको शिक्षकलाई आग्रह आन्दोलन छोडेर घर फर्किनु

    काठमाडौं— शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकहरूलाई आन्दोलन नगर्न आग्रह गरेका छन् ।विद्यालय शिक्षा विधेयक पास गर्न माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका शिक्षकलाई सभापति थापाले शिक्षकले उठाएको भन्दा बढी माग पूरा हुने बताउँदै आन्दोलन नगरी घर फर्किन सुझाव दिए । शनिबार देशभरबाट आन्दोलनका लागि शिक्षक काठमाडौं आएका थिए ।‘आन्दोलन नगरेर खुरुक्क घर गए हुन्छ । शिक्षकले उठाएको र सम्झौता गरेको भन्दा बढी माग पूरा हुन्छ । बरु आन्दोदन गरे गडबड हुन्छ’, सभापति थापाले भने ।७ वटा प्रदेशबाट आएको प्रतिवेदन र विधेयमा परेको संशोधनलाई एकीकृत गरेर विधेयक पास गरिने उनले बताए ।सेव

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 231 पटक पढिएको
  • रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

    रामेछाप । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्था अहिले सम्पर्कविहीन भएका छन् ।  तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो । त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्क विहीन छन् । हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ ।  एक लाख रुपैँयाको दरले सरकारी अनुदान

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 254 पटक पढिएको
  • उच्च अदालतको भवन निर्माण अन्तिम चरणमा

    गलकोट (बागलुङ) । उच्च अदालत पोखरा बागलुङ  इजलासको निर्माणाधीन उच्च अदालतको भवन ९० प्रतिशत सम्पन्न भएको छ । साढे छ तला आधुनिक र पूर्ण आपाङ्गतामैत्री भवनमा रङरोगनको काम भइरहेको छ ।अदालतको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । विसं २०७९ मङ्सिर १६ गते ३० महिनामा सम्पन्न गर्नेगरी रु ५७ करोडमा ठेक्का सम्झौता भएको थियो ।उक्त भवन गण्डकी प्रदेशको नमुनामध्येमा पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । दुई वटा विद्युतीय भ¥यायाङसहित नमुना भवनको हालसम्म ९० प्रतिशत भौतिक र ८० प्रतिशत आर्थिक प्रगति भएको इजालसका रजिष्ट्रार रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार निर्मा

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 170 पटक पढिएको
  • राजावादीको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

    काठमाडौं— राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।उनका अनुसार, अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ । “विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ,” एसपी राउतले भने ।ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 390 पटक पढिएको
  • सुर्खेतमा तारा एयरको उडान बन्द

    काँक्रेविहार (सुर्खेत) । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो ।हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ । ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 186 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् ।   उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयमा आइतबार १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओली दिउँसो काठमाडौंबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदैछन्।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 229 पटक पढिएको
  • काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट, संवेदनशील क्षेत्रहरुमा कडा निगरानी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए ।उनले भने, ‘आज पोखराबाट  पूर्व राजा आउँदै  हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 289 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा