समाचार

    Showing 4,411-4,420 of 26,547 items.
  • आइपिएलः चेन्नाईसँग दिल्ली २३ रनले पराजित

    काठमाडौं— इण्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंङ्स विजयी भएको छ ।शनिबार राति भएको खेलमा चेन्नई सुपर चेन्नाईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाए । शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन बनाए ।किङ्सले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८९ रन मात्र बनाउन सक्यो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 469 पटक पढिएको
  • लागू औषधसहित ४ जना पक्राउ

    काठमाडौं— लागू औषधसहित विभिन्न स्थानबाट ४ जना पक्राउ परेका छन् ।नवलपरासी पश्चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट लागूऔषध गाँजा करिब १८ किलो ६८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।ललितपुरको गोदावरी नगरपालिका-५ लेलेबाट लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरण कुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राज कुमार सुन्दास रहेका छन

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 452 पटक पढिएको
  • मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ, प्रहरीद्वारा स्वागत

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् ।शनिबार राति चितवन पुगेका गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा औपचारिक स्वागत गरिएको थियो ।बागमति प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा, प्रहरी उपरीक्षक एक नारायण कोइराला लगाएतले गुरुङलाई स्वागत गरेका हुन् ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 413 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइन्छ ।अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आएको छ ।सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो ।

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 468 पटक पढिएको
  • यस्तो छ,शनिबारको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, सिङ

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 405 पटक पढिएको
  • आजको मौसमः पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भूभाग आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगातय बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहे

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 443 पटक पढिएको
  • एकता शाहको एमबिबिएस अध्ययनको विषयमा सम्प्रेषित समाचारप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

    काठमाडौं— शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनमा घाइते र अपाङ्ग एकता शाहलाई निःशुल्का एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर केही सञ्चार माध्यममा प्रकाशित, प्रसारित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट विस २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा भएको निर्णयलाई लिएर केही सञ्चारमाध्यमले अनर्गल प्रचार गरेको भन्दै उक्त निर्णयबाट प्रचलित कानुन बमोजिम अरुकसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको स्पष्ट पारेको छ ।साथै, जेनजी आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 478 पटक पढिएको
  • स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    काठमाडौं— सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  ६ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँ सहित २ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका९५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर९१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 422 पटक पढिएको
  • ‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने

    काठमाडौं— सरकारले सरकारी कार्यालयमा लामो समयदेखि थन्किएका फाइल छिटो टुंग्याउने उद्देश्यसहित ‘शून्य बाँकी फाइल सप्ताह अभियान’ सञ्चालन गर्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गर्दै ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको हो ।अभियानमार्फत कार्यालयमा दर्ता भएका फाइल तथा टिप्पणीहरू विभिन्न तहमा अनावश्यक रूपमा रोकिँदा सेवा प्रवाह ढिलाइ हुने समस्या अन्त्य गर्ने लक्ष्य राखिएको छ । साथै, अनावश्यक रूपमा फाइल माथिल्लो तहमा पठाउने प्रवृत्ति रोक्दै निर्णय प्रक्रिया छिटो र प्रभावकारी

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 456 पटक पढिएको
  • मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ । नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो ।चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः ३ हजार ९ सय ४५ रुपैयाँ प्रतिक्विटल र २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्विटल मूल्य निर्धारण गरिएको हो । यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।गत वषको तुलनामा गहुँको मूल्य

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.