समाचार

    Showing 4,421-4,430 of 26,547 items.
  • २४ घण्टाभित्र विमानस्थलमा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशभरका सबै विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न निर्देशन दिएको छ।मन्त्रालयले विमानस्थलहरूमा सरसफाइ, सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने गरी स्तनपान कक्ष सञ्चालन गर्न, आवश्यकताअनुसार स्तरोन्नति गर्न तथा बिरामी र विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाह कक्ष व्यवस्था गर्नसमेत निर्देशन दिएको हो।यससँगै विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार कायम गर्न, दैनिक ‘लगबुक’ प्रणालीमार्फत सरसफाइको अभिलेख राख्न र विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय नागरिक

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 512 पटक पढिएको
  • महासंघको कार्यकारिणी बैठक बैशाख ९ गतेलाई सारियो

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघ को कार्यकारिणी समितिको बैठक स्थगित भई नयाँ मिति तय गरिएको छ।महासंघले यसअघि आज शनिबारका लागि कार्यकारिणी समितिको सोह्रौं बैठक आयोजना गर्ने तय गरेको थियो।तर उच्च अदालत पाटन बाट ६०औं वार्षिक साधारण सभा स्थगन गर्न अन्तरिम आदेश जारी भएपछि बैठक सारिएको हो।महासंघको बीसौं पदाधिकारी समिति बैठकले कार्यकारिणी समितिको बैठक आगामी २०८३ बैशाख ९ गते बुधबारका लागि तय गर्ने निर्णय गरेको जनाएको छ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 434 पटक पढिएको
  • बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

    काठमाडौं— साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ।सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा बुढानीलकण्ठबाट छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक र ४६ मिनेटमा लगनखेल पुगेको थियो भने थानकोटबाट छुटेको बस २१ मिनेटमा कलंकी र ४५ मिनेटमा विमानस्थल पुगेको पाइएको छ। सोही आधारमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुने गरी समय तालिका मिलाइएको छ।दक्षिण रुटअन्तर्गत लगनखेलदेखि पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 394 पटक पढिएको
  • मन्त्री श्रेष्ठ भन्छन नयाँ आयोजना भन्दा रुग्ण परियोजनामा प्राथमिकतामा लिइने

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ आयोजना सुरु गर्नु भन्दा वर्षौंदेखि अलपत्र परेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने नीति लिइने बताएका छन्।शुक्रबार जलस्रोत तथा सिँचाइ विभाग का अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै मातहतका निकायलाई परिणाममुखी काम गर्न निर्देशन दिएका हुन्। उनले जिम्मेवारी निर्वाह नै मुख्य कुरा भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको बाँकी अवधिमा जनताले सुधारको अनुभूति गर्ने गरी काम गर्न आग्रह गरे।उनका अनुसार विकास आयोजनामा देखिएका समस्या केवल बजेटमा सीमित नभई व्यवस्थापन, संरचना

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 474 पटक पढिएको
  • सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

    काठमाडौं— बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै,

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 441 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।निर्वाचन भाँड्ने गतिविधि गरेको भन्दै शान्तिविरुद्धको कसुर मुद्दा दायर भएको हो ।प्रसाईंलाई गत ११ फागुनमा प्रहरीले पक्राउ गरी पछि हाजिरी जमानीमा छाडेको थियो । सोही कसुरमा जिल्ला प्रशासन कार्यालयमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 474 पटक पढिएको
  • यातायात कार्यालय गौरमा बिचौलियाको सास्ती अन्त्यः हेल्प डेस्कको सक्रियताले सेवाग्राहीलाई राहत

    रौतहट— यातायात व्यवस्था कार्यालय गौरमा लामो समयदेखि जरा गाडेर बसेका बिचौलियाहरूका कारण सेवाग्राहीले भोग्नुपरेको हैरानी अब कम हुँदै गएको छ।कार्यालयले सञ्चालनमा ल्याएको ’हेल्प डेस्क’ र प्रहरीको बढ्दो निगरानीले कार्यालय परिसरलाई बिचौलियामुक्त बनाउने अभियानमा ठूलो सफलता मिलेको हो।मधेस प्रदेश प्रहरीले चलाएको विशेष अभियान अन्तर्गत यातायात र मालपोत कार्यालयहरूमा सेवाग्राहीलाई ‘छिटो काम गराइदिने’बहानामा बढी रकम असुल्ने बिचौलियाहरूलाई पक्राउ गरिएको छ। गौरस्थित यातायात कार्यालयमा पनि प्रहरीले सक्रियता बढाउँदै सेवाग्राहीलाई अनावश्यक सास्ती दिने र भ्रम फैलाउने व्यक्तिहरूलाई निगरानी बढाएको छ।कार्यालय परिसर

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 468 पटक पढिएको
  • सांसद र केन्द्रीय सदस्यहरूलाई मन्त्रालय धाउन रोकः सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको कडा निर्देशन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता, कार्यकर्ता तथा सांसदहरूलाई सिंहदरबार र विभिन्न मन्त्रालयहरूमा अनावश्यक रूपमा भिडभाड नगर्न कडा निर्देशन जारी गरेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारी कामकाजलाई प्रभावित पार्ने गरी मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयमा नेताहरूको आउजाउलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मनिष झाका अनुसार, अनावश्यक रूपमा सिंहदरबार धाउने प्रवृत्तिको सट्टा जनताका गुनासा र समस्या सुन्नका लागि नयाँ व्यवस्था लागू गरिएको छ । यस निर्णय अनुसार, अबदेखि जनसम्पर्कका लागि पार्टीको केन्द्रीय कार्यालय चम्पादेवी (घण्टीघर) मा दैनिक एक ज

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 544 पटक पढिएको
  • युवा सहभागिता र मुलुकको समृद्धिका लागि राष्ट्रपतिको आह्वान

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न भएको बताएका छन् ।सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार गरेको सम्बोधनमा राष्ट्रपति पौडेलले  नवनिर्वाचित सांसदहरूलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले विषम र संवेदनशील अवस्थामा सबैले देखाएको सहयोग र संयमताप्रति आभार व्यक्त गरे । उनले यस पटकको संसद्‌मा युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको र सरकारले पनि युवा पुस्ताको प्रतिनिधित्वलाई जोड दिने विश्वास आफूलाई रहेको बताए । उनले पटक पटक भएका जनआन्दोलन र भ्रष्टाचार जस्ता चुनौतीहरूको स्मरण गर्दै

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 459 पटक पढिएको
  • मध्यपूर्वी देशमा द्वन्द्वः २८ जना घाइते, ११ नेपाली पक्राउ

    काठमाडौं— अमेरिका र इरानबीच जारी द्वन्द्वका कारण खाडी मुलुकमा २८ जना नेपाली घाइते भएका छन् । तीमध्ये २७ जना सामान्य अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा हालेपछि ११ नेपाली पक्राउ परेको पनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी गराए । उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि पक्राउ परेका थिए ।उनले भने, ‘नेपालले अमेरिका र इरानबीच जारी द्वन्द्वलाई नजिकबाट नियाली रहेको छ । मध्यपूर्वी देशमा जारी द्वन्द्वका कारण खाडी मुलुकमा घाइते हुने नेपालीको संख्या २८ पुगेको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 546 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.