समाचार

    Showing 4,441-4,450 of 24,498 items.
  • सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छः प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।सन्देशमा प्रचण्डले नेपालको परिवर्तनको इतिहास सहिदहरूको रगतले लेखिएको उल्लेख गर्दै सामन्ती राणा शासनविरुद्ध लखन थापा, बाँकाबीरदेखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठसम्मको बलिदान, किसानका पक्षमा भीमदत्त पन्तको संघर्ष, पञ्चायती कालदेखि जनयुद्ध, जनआन्दोलन, मधेस, थारू लगायतका समुदायका आन्दोलन र पछिल्लो जेन–जी आन्दोलनका सहिदको ब

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 442 पटक पढिएको
  • उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

    काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 238 पटक पढिएको
  • ‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’

    लेनडाँडा। देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराई/मधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३  रहेको छ ।आयोजनाअन्तर्गतका महादेवडाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको नेपाली सेना सडक निर्माण आयोजना कार्यदलले जनाएको छ ।सेनाका अनुसार चालु आर्थिक वर्षको अन्त्य स

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 310 पटक पढिएको
  • आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्षा अधुरै छन्ः उपसभापति अर्याल

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सहिद दिवसको अवसरमा सबै ज्ञात–अज्ञात अमर सहिदहरुको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।शुक्रबार रास्वपाका उपसभापति डीपी अर्यालको एक सन्देश जारी गर्दै सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित नभएको बताए ।उनले भने, ‘सहिदहरूले प्राणाहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र पक्कै सीमित थिएन । त्यो त आम नेपालीको जीवनमा देखिने सुशासन, न्याय र समृद्धिको सपना थियो ।’उपसभापति अर्यालले लामो समयको राजनीतिक अस्थिरता, दलतन्त्रको मनोमानी र बेथितिका कारण आज पनि सहिदका सपना, राष्ट्रिय संकल्प र नागरिकका आकांक्

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 412 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

    काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 391 पटक पढिएको
  • सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन् ।उनले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर सहिदले देखाएको त्याग, बलिदान

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 440 पटक पढिएको
  • हिमपातपछि कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित

    मुस्ताङ। मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ । भारी हिमपातका कारण बुधबारदेखि यस नाकाबाट हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।माथिल्लो मुस्ताङमा मङ्गलबार राति परेको हिमपात तेस्रोपटक हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा भन्सार कार्यालयको

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 227 पटक पढिएको
  • सहिद दिवसमा बालेनको सन्देश: ८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले राणा शासनविरुद्ध संघर्ष गर्ने सहिदको बलिदानपछि पनि राज्य जनताकै बन्न नसकेको टिप्पणी गरेका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष पूरा भएको स्मरण गराएका छन्।ती सहिदको बलिदानको करिब एक दशकपछि राणा शासनको अन्त्य भए पनि राज्यको चरित्र नफेरिएको उनले बताए ।‘८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, तर सत्ताको चरित्र फेरिएन,’ बालेनले लेखेका छन्, ‘नेपाली जनताले निरन्तर संघर्ष गर्नुप¥यो, पटक–पटक जनता सहिद भए, तर सहिदका

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 464 पटक पढिएको
  • निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

    काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ ।त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षे

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 217 पटक पढिएको
  • प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं— बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 394 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.