समाचार

    Showing 4,481-4,490 of 26,547 items.
  • ‘बाः एक योद्धा ’मा पहिलो पटक एकसाथ देखिँदै झरना र सुहाना

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो ।विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । यतिबेला काठमाडौंका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको छ र झरना–सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।गत चैत्र ९ गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छा

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 269 पटक पढिएको
  • रोशी कटानको जोखिममा अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर

    रामेछाप । रोशी खोलाको कटानको कारण ऐतिहासिक धार्मिक तीर्थस्थल सिन्धुलीको अदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर जोखिममा परेको छ ।मन्दिरको दुवै तर्फ खोलाले कटान गरेर मन्दिर क्षेत्रलाई टापु बनाएको छ । गएको वर्ष र यस वर्षको वर्षामा रोशीमा आएको बाढीले मन्दिर क्षेत्रमा ठुलो क्षति पुरयाएको छ । बाढी मन्दिरमा पसेर मन्दिर क्षेत्र नै डुबाएको थियो । मन्दिर परिसरमा रहेका बटुक तथा शिक्षकहरू २ दिनसम्म मन्दिरमा नै थुनिएका थिए ।बाढीले मन्दिरको वारिपट्टि रहेका घर टहराहरू बगाएर बगर बनाएको छ । घरहरू भएको ठाउँमा अहिले रोशीखोलो बगेको छ । खोलाले कटान गरेको क्षेत्रमा तटबन्धको काम नहुँदा कुनै पनि बेला मन्दिर बगाउने जोखिम ब

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 225 पटक पढिएको
  • टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा हुने

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ ।बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो ।एक सूचना प्रकाशित गर्दै टिचिङ अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको छ ।शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 539 पटक पढिएको
  • सरकारले निजी क्षेत्रका सुझावलाई कार्यान्वयनमा लैजानेमा हामी आशावादी छौंः उपाध्यक्ष ढकाल

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले वर्तमान सरकारले अब निजी क्षेत्रका सुझावलाई कार्यान्वयनतर्फ लैजानेमा आफूहरू आशावादी रहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले विगतजस्तो निजी क्षेत्रका सुझावहरू थन्किने अवस्था अब नरहने विश्वास व्यक्त गरे ।उनले भने,‘अहिलेको परिवर्तनको समयमा हामीले पनि अब नयाँ परिवेशमा सोच्नुपर्छ । र हामीले दिएको सुझाव पहिले जस्तो थन्केर बस्दैनन् । आफ्नो सुझावहरुलाई सरकारले अगाडि बढाउँछ भन्ने लागेको छ । किनकी अर्थतन्त्र बढेन भने जुन सरकार पनि टिकाउ हुँदैन भनेर यो दुई दशकमा देखिसक्यौं । नागरिकको अप

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 480 पटक पढिएको
  • बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पाँच घण्टापछि सुचारु

    रौतहट— गए रातिको भारी वर्षासँगै आएको बाढीले सर्लाहीको हरिजनस्थित चापिनी खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहान साढे ३ बजेदेखि रोकिएको यातायात बिहान साढे ८ बजेपछि सुचारु भएको हो ।पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गर्ने क्रममा हरिवनको तीन घरे र बासा टोलको बिचमा पर्ने चापिनी खोलामा नयाँ पुल निर्माण भइरहेको छ ।पूरानो पुल मर्मत र नयाँ पुल निर्माणका लागि सवारी साधन आवतजावत गर्न वैकल्पिक बाटोका रूपमा डाइभर्सन बनाइएको थियो ।तर, राति परेको मुसलधारे वर्षाका कारण खोलामा बहाव बढ्दा उक्त अस्थायी डाइभर्सन पूर्ण रूपमा बगाएपछि राजमार्ग ठप्प भएको

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 428 पटक पढिएको
  • पाट्न दरबार स्क्वायरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

    काठमाडौं— बुधबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु भएको छ । उनिहरुको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भई हाल ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङ रहेका छन् ।चैत २५ मा साँझ उनीहरूमाथि चक्कु प्रहार भएको थियो । दुईपक्षको बिचमा विवाद हुँदा चक्कु प्रहार भएको थियो । दुवै जनाको पेटमा गहिरो चोट लागेको थियो ।घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 432 पटक पढिएको
  • अघिल्लो र वर्तमान सरकारका काम कारबाही एकसमान छन्ः पूर्ण बस्नेत

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् । बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।बस्नेतले भने, ‘एकै किसिमको घटनामा पूर्ववर्ती सरकारको व्यवहार सेलेक्टिभ हुने गथ्र्यो, अहिलेको सरकार पनि सेलेक्टिभ छ । पूर्ववर्ती सरकारले पनि विदेशी ऋण लिन्थ्यो यो सरकारले पनि लियो । यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महँगी र मूल्य वृद्धि हुन्थ्यो अहिले पनि व्यापक मूल्य वृद्धि र महँगी छ ।’झन्डै दुई तिहाइको मतादेश पाएको सरकारको कामकारबाही जनताले गम्भीरतापूर्वक नियालीरहेको भ

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 470 पटक पढिएको
  • एपोलो हाईड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं— एपोलो हाईड्रो पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले कुल ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ ।निष्कासन गरिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ प्रयोग गरी दिन सकिनेछ ।कम्पनीका अनुसार आईपीओ छिटोमा चैत ३० गतेसम्म र ढिलोमा वैशाख १० गतेसम्म खुला रहनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 443 पटक पढिएको
  • उपसभामुख उम्मेदवारी दर्ता आज हुँदै

    काठमाडौं— प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो ।आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ ।प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।प्रतिनिधि सभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 430 पटक पढिएको
  • आईएनएफ द्वारा मुगुका महिलालाई निःशुल्क सिलाई कटाई तालिम

    मुगु— इण्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) मुगुले जिल्लामा शिक्षा, स्वास्थ्य, आयआर्जन, रोजगारी, विपद् तथा खानेपानीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैक्रममा संस्थाले आत्मनिर्भर बन्न चाहने पाँच जना बेरोजगार महिलालाई लक्षित गर्दै तीन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ ।तालिम अन्तर्गत सहभागी महिलाहरूलाई सिलाई कटाईसँग सम्बन्धित सीप सिकाउनुका साथै सिलाई मेसिन, कपडा र आवश्यक उपकरण समेत प्रदान गरिएको संस्थाले जनाएको छ । छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँकी माया बडुवालले तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताइन् ।“पहिले सिलाई कटाई जातीय आधारमा हेर्ने चलन थियो, तर अहिले

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 413 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.