समाचार

    Showing 4,491-4,500 of 26,547 items.
  • सर्लाहीका सरकारी कार्यालयहरूमा बिचौलियाहरू अझै सक्रिय

    सर्लाही— भूमि व्यवस्थापनसँग सम्बन्धित कार्यालयहरूमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गर्न सरकारको स्पष्ट निर्देशन भए पनि जिल्लाका विभिन्न सरकारी निकायमा बिचौलियाको गतिविधि अझै रोकिएको छैन ।गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन जारी गरेको थियो । तर सर्लाहीका केही कार्यालयमा उक्त निर्देशन कार्यान्वयन प्रभावकारी रूपमा हुन नसकेको देखिएको छ ।गत आइतबार मात्रै जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ । उनीहरू से

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 415 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।बैठकमा समितिको आगामी कार्ययोजना लगायतका विविध विषयमा छलफल हुने बतचाइएको छ ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 494 पटक पढिएको
  • आईपीओका लागि आवेदन दिने कम्पनीको वित्तीय विवरण अब अनिवार्य पुनरवलोकन हुने

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीहरूको वित्तीय विवरण लेखा विशेषज्ञमार्फत पुनरवलोकन गर्ने व्यवस्था लागू गरेको छ ।बोर्डले ‘वित्तीय विवरण पुनरवलोकनसम्बन्धी मापदण्ड, २०८२’ जारी गर्दै आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको हो । कम्पनीहरूको वित्तीय विवरणलाई पारदर्शी र तथ्यपरक बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले स्पष्ट पारेको छ । नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 455 पटक पढिएको
  • चालू आवमा नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं— विश्व बैंकले नेपालको आर्थिक वृद्धि आर्थिक वर्ष (आव) ०८२/८३ मा उल्लेखनीय रूपमा सुस्त हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत रहेको आर्थिक वृद्धि दर आगामी वर्ष घटेर २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिएको हो ।प्रतिवेदनमा पश्चिम एशियामा जारी द्वन्द्व र २०२५ सेप्टेम्बरको आन्तरिक अस्थिरताको दीर्घकालीन प्रभावलाई वृद्धि सुस्त हुनुको मुख्य कारणका रूपमा औंल्याइएको छ । विशेषगरी सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै पर्यटन गतिविधिमा सुस्ती, यातायात लागत वृद्धि तथा आपूर्ति शृंखलामा अवरोधले अर्थतन्त्रमा दबा

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 449 पटक पढिएको
  • गृहमन्त्री गुरुङ र म्युलीको भेटः स्विस बैंक खाताबारे अनुसन्धानमा सहयोग गर्न आग्रह

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । गृहमन्त्री गुरुङ र म्युलीबिच बुधबार भेटवाता भएको हो ।भेटमा गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई अवैध रूपमा आर्जन गरेको पैसा नेपालीले स्विस बैंकमा राखेको वा नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 580 पटक पढिएको
  • परीक्षा केन्द्र होम सेन्टरबाट बाहिर १९ हजार ११७ जना विद्यार्थी परीक्षामा सहभागी

    काठमाडौं— काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूबाट यस वर्ष गएको वर्षको तुलनामा ८.५ प्रतिशत बढी विद्यार्थी ग्रेड भएका छन् । गएको वर्ष ७२.७ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ८१.२ प्रतिशत विद्यार्थी ग्रेड छन् ।सामुदायिक विद्यालयतर्फ हेर्ने हो भने गएको वर्षभन्दा यस वर्ष १०.५५ प्रतिशत धेरै विद्यार्थी ग्रेड छन् । गएको वर्ष ५१.८ प्रतिशत विद्यार्थी ग्रेड थिए । यस वर्ष ६२.३५ प्रतिशत विद्यार्थी ग्रेड छन् । काठमाडौं महानगरपालिकाको आधारभूत तहको परीक्षा समितिले आज परीक्षाफल प्रकाशित गरेको हो ।समितिका अध्यक्ष एवं शिक्षा अधिकारी नमराज ढकालको अध्यक्षतामा बसेको बैठकले परीक्षाफल प्रकाशन गर्ने निर्ण

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 495 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार बसेको बैठकले जेनजी आन्दोलनका सहिद परिवारका छुट भएका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार छुट भएका ८ जना परिवारका सदस्यलाई रोजगारी प्रदान गर्ने निर्णय गरिएको हो । यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अगाडि बढाइसकेको थियो ।बुधबार थप भएका ८ सहिद परिवारमध्ये रोजित श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा उदयपुर, सुमित्रा महत सिन्ध

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 384 पटक पढिएको
  • चन्द्रपुरको मुख्य चोकमा रहेको पार्क बन्दै कुरुपस् संरक्षणको अभावमा संरचना बेवारिसे

    रौतहट— रौतहटको ‘गेटवे’ मानिने चन्द्रपुर नगरपालिकाको मुख्य चोक। जहाँ झन्डै एक दशकअघि एउटा आकर्षक पार्क निर्माण गरियो । उद्देश्य थियो-सहरको सौन्दर्य बढाउने र बटुवालाई थकाई मार्ने सुबिस्ता दिने । तर, उचित संरक्षण र नियमित सरसफाइको अभावमा अहिले यो पार्क चन्द्रपुरको पहिचान बन्नुको साटो कुरूप देखिन थालेको छ ।वातावरण मैत्री स्थानीय शासन अन्तर्गत चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वि.सं. २०७२ सालमा यो पार्कको निर्माण भएको हो । पार्कभित्र रहेका पानीका फोहोरा (फाउन्टेन), प्रतीक्षालय, राष्ट्रिय झन्डा, रङ्गीचङ्गी बोटबिरुवा, आकर्षक बत्ती र आराम गर्ने कुर्सीहरूले सुरुवाती दिनमा जो-कोहीको मन लोभ्याउने गथ्र

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 444 पटक पढिएको
  • विराटनगर विमानस्थलमा ‘फूल स्केल एक्सरसाइज’, दुर्घटनापछिको उद्धार प्रणालीको परीक्षण

    विराटनगर— नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ ।अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो ।परिकल्पनाअनुसार काठमाडौंबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को इए–००६ नम्बरको विमान अवतरणका क्रममा ‘एब्नर्मल रनवे कन्ट्याक्ट’ भएपछि पहिलो प्रयास असफल भई ‘मिस्ड अप्रोच’ गरिएको देखाइएको थियो । त्यसपछि बायाँ ल्यान्डिङ गियरमा समस्या देखिँदा पुनः अवतरण गर्ने क्र

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 420 पटक पढिएको
  • बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न

    बाजुरा— बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक औंपचारीक कार्यक्रमका बिच बडी मालिका नगरपालिकाको सभा हलमा आयोजित उक्त वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।सङ्घ र प्रदेश अन्तर्गतका सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विक लगायतको उपस्थिति थियो ।त्यस्तै विभिन्न प

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 463 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.