समाचार

    Showing 4,491-4,500 of 15,599 items.
  • फेरिए ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी

     काठमाडौं— सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरेको छ। गृह मन्त्रालयले विहीबार बिहान बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटमा प्रमुख जिल्ला अधिकारी पठाएको हो।बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी, नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी नुवाकोटका प्रजिअ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ। रौतहटमा पठाएका खड्का संखुवासभाको प्रजिअमा कार्यरत थिए।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 55 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ ।महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 126 पटक पढिएको
  • स्वर्गद्वारी गुठी पीडितः डीएसपी पौडेल आक्रमणमा मुद्दा नचल्ने

    काठमाडौं— नयाँ बानेश्वरमा डीएसपीलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका १२ जना विरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । फागुन १८ मा बेकरी क्याफे अगाडी झडप हुँदा ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संर्घष समिति’का प्रदर्शनकारीले डीएसपी गंगा पौडेललाई आक्रमण गरेका हुन् । आक्रमणबाट प्रहरी वृत्त सिंहदरबारका डीएसपी पौडेल घाइते भएका थिए ।आक्रमणमा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनले भने, ‘योजनाबद्ध आक्रमण गरेको देखिएन, त्यसैले मुद्दा नचलाउने निर्णय गरेका छौँ ।ु पक्राउ परेका ५ महिला र ७ पुरुषले डीएसपी घाइते भएकोमा क्षमा मागेका छन्

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 250 पटक पढिएको
  • इभी बसमा आगलागी भएपछि...

    काठमाडौं— धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश—३—०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।आगलागीको जानकारी पाउनेबित्तिकै प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 255 पटक पढिएको
  • पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्च भए

     काठमाडौं— पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। आइतबार शाहलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि (विहीबार) आज डिस्चार्ज गरिएको हो।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 265 पटक पढिएको
  • भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उनले बताएको अध्यक्ष दाहालको निजी सचिवायलय जनाएको छ । अध्यक्ष दाह

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 294 पटक पढिएको
  • बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै

    नेपालगञ्ज । बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ । अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसारस्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिने छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो । उनले नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा निर्माण प्रस्ताव गरिएको धार्मिक वाटिका विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताए

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 268 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १२, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय क

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 241 पटक पढिएको
  • देशका अधिकांश भागमा मौसम सफा रहने

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ ।महाशाखाका अनुसार आज दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहनेछ । यसैगरी, आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिम

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 217 पटक पढिएको
  • कुमारी सहकारी हिनामिनाः जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

    म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज भएको थुनछेक बहसपछि जिसस प्रमुखसमेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रूद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश)लाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश भएको हो । यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी अस्पतालमा अपचाररत उक्त सहकारीका

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 250 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा