समाचार

    Showing 4,501-4,510 of 26,547 items.
  • सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

    सर्लाही— सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 444 पटक पढिएको
  • चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

    बागलुङ— लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ ।  दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो ।उक्त सडक गाउँपालिकाका सबैभन्दा बढी लागतमा कालोपत्र

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 407 पटक पढिएको
  • बिराट मेडिकल कलेजको एशोसिएट हस्पिटल डाइरेक्टरमा प्रा. डा. रोहितप्रसाद यादव नियुक्त

    विराटनगर । बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको एशोसिएट हस्पिटल डाइरेक्टर (Associate Hospital Director) पदमा वरिष्ठ सर्जन तथा प्राध्यापक डा. रोहित प्रसाद यादव नियुक्त भएका छन्।हस्पिटलको सञ्चालक समितिको बैठकले यादवलाई Associate Hospital Director मा नियुक्त गरेको हो । यसअघि उनी सोही हस्पिटलको सर्जरी विभाग प्रमुख (HOD – Surgery) को रूपमा कार्यरत थिए।चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डा. यादव एक अनुभवी सर्जन, कुशल चिकित्सक तथा सफल प्राध्यापकका रूपमा परिचित छन्। वर्षौंदेखि सर्जरी सेवा, चिकित्सा शिक्षा र अस्पताल व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्दै आएका उनले हजारौं बिरामीको सफल उपच

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 274 पटक पढिएको
  • एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

    कालिकोट  ।  जुम्लादेखि कालिकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर जादैगरेको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको खाडाचक्र नगरपालिका–२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए । खत्रीका अनुसार मृत्यु हुनेमा हिमा–६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा–७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही छन् ।एम्बुलेन्स सडकदेखि २५ मिटर तल खसेको थियो । एम्बुलेन्सले हिमा–६ क

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 311 पटक पढिएको
  • ललितपुरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या

    काठमाण्डौ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको हत्या भएको छ ।चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङ हत्या भएको हो । ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनीहरूको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बुधबार साँझ एउटा सामान्य फोन कल गलत नम्बरमा जाँदा विवाद सुरु भएको थियो । एकअर्कालाई नचिनेका उनीहरुबीच फोनमै भनाभन भएको थियो । त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाए । इमाडोलबाट पाटन पुगेका

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 360 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।राति हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मौसम मुख्यतय

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 332 पटक पढिएको
  • राजनीतिको परिभाषा परिवर्तन गर्ने नायक रवि लामिछाने: जगदीश खरेल

    काठमाण्डौ । रास्वपाका सांसद जगदीश खरेलले फागुन २१ को चुनावबाट पुराना पात हट्दै गएको र नयाँ पालुवा पलाएको पनि उल्लेख गरेका छन । राजनीतिको, नेतृत्वको परिभाषा परिवर्तन भएको दाबी गरे। र, त्यो पार्टी सभापति रवि लामिछानेले गरेको जिकिर उनको छ ।"राजनीतिको परिभाषा परिवर्तन भएको छ । नेतृत्वको परिभाषा परिवर्तन भएको छ,” उनले भने, “परिभाषा बदल्ने नायक जन्मिएको छ भने, यो देशमा रवि लामिछाने जन्मिएको छ।”

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 297 पटक पढिएको
  • घरको छत खस्दा सात जनाको मृत्यु

    एजेन्सी— पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् । सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो । यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए ।पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ । यसै गरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण क

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 539 पटक पढिएको
  • मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे जानकारी

    काठमाडौं— परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्।राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे अवगत गराएका थिए।त्यस्तै परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सचिव राईले सूक्ष्म ढङ्गले जानकारी गराएको दाहालले बताइन्।नेपाल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 497 पटक पढिएको
  • लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    विराटनगर । झापा र सुनसरी जिल्लाका दुई छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।चैत २४ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री कमल गाउँपालिका-६ का २४ बर्षीय नवराज भट्टराईलाई ६ ग्राम ७५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बाट को. ३९ प ५९३७ नम्बरको स्कुटरमा सवार धरान-१७ का असिम राई र चिरञ्जिवी राईलाई ३ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ ।पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 238 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.