काठमाडौं । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउतले धर्म छाड्यो भने सबै ध्वस्त हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित गोदा वेणुगोपाल भगवानको प्राण प्रतिष्ठा एवम् महा संप्रोक्षण कार्यक्रममा बोल्दै उनले अहिलेसम्मको जीवनकालमा फर्केर हेर्ने हो भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ भन्ने अनुभव भएको बताएका हुन् । उनले भने, ‘मलाई पनि लाग्छ । अहिले चाँही फर्केर हेर्दा लामो अनुभवले मलाई के भन्छ भने धर्म छाड्यो कि सबै ध्वस्त हुने रहेछ । त्यसैले धर्मसँग हाम्रा सभ्यताहरु, संस्कृतिहरु, परम्पराहरु र रितिरिवाजहरु सबै जोडिएका छन् ।’त्यस्तै, उनले आधुनिकताको नाममा आज धेरै कुराहरु यताउता पारिएको पनि
तनहुँ, । जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकारले निर्धारण गरेका सबै प्रकारका खोप, जनरल ओपिडीदेखि गर्भवती जाँच, सुत्केरी तथा शल्यक्रिलयासम्मको सेवा प्रवाह भइरहेको छ ।’विपन्न नागरिकको उपचारमा आकर्षण बढ्न थालेको भन्दै डा क्षेत्रीले अस्पतालले विपन्न नागरिकका लाग
बलेवा (बागलुङ) । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर २३ जिल्लाका विद्यार्थीले अध्ययन गर्ने यही विद्यालयमा न खेलमैदान छ न पर्याप्त शौचालय र अन्य पूवार्धर नै ।बागलुङ जिल्लाको पुरानोमध्येको एक सामुदायिक विद्यालय हो विद्यामन्दिर । विद्यार्थी अभावले सामुदायिक विद्यालय रित्तिदै गइरहेका बेला बागलुङ नगर
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो ।लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले चिन्तित रहेका कृषकहरू केही दिनअघिको वर्षा र हिमपातले खुसी भएका छन् । जलवायु परिवर्तनको परिरहेका जिल्लाका कृषक दुई दिनअघि परेको आंशिक वर्षासँगै हिउँ परेकाले स्याउलगायत यहाँको रैथाने बाली उवा, फापर, जौ र आलु बालीमा प्रसस्त चिस्यान पुगेकाल
लुम्बिनी । विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रमा बौद्ध गुरुहरूले अहिले विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेका छन् । अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा जारी चौथो त्रिपिटक वाचन समारोहमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध धर्म गुरुहरूले विश्व शान्ति तथा मानव कल्याणका लागि गरेको कामनाले सबैको ध्यानाकर्षण गराएका हुन् । समारोहमा नेपाल, भारत, श्रीलङ्का, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरीया, जापानलगायत १६ देशका लामा, बौद्ध भिक्षुभिक्षुणी गरी करिब दुई हजारको सहभागिता रहेको छ ।महासङ्घले मुलुकमा धार्मिक पर्यटन प्रवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बौद
झापा । पचहत्तर वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका–२ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । ‘नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन’, हालै पाएको नागरिकता देखाउँदै उनले भनिन्, ‘बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त र नातागोता गुहारेँ । नागरिकताले भात खान दिने होइन क्यारे, बुढेसकालमा किन चाहियो भन्दै सबै तर्किए । वडाध्यक्षले बल्ल अहिले बनाइदिनुभयो ।’नीरकुमारीका पति सन्तमान राईको पाँच वर्षअघि निधन भइसकेको छ । चार कट्ठा पाखोबारीमा खनीखोस्री नातिनातिना हुर्काउँदै आएकी उनका तीन छोराको पेट पाल
काठमाडौं— प्रश्न सोधेकै आधारमा संघीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।२०८१ फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लघंन भएको भन्दै संघीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको हो ।पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो । महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्द
दमौली (तनहुँ) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए ।उनले भने, ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ ।’ मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पु¥याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरे
काठमाडौँ । पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरु समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनाको अन्तिमदेखि प्रशिक्षण दिन लागिएको हो । समितिमा आफैँ खोजी गर्दै २० जना प्रशिक्षार्थी आएको समितिले जनाएको छ ।प्रशिक्षण लिन चाहनेमध्ये महिला र
झापा । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा वि।सं। २०२९ फागुन २१ गते झापा र इलामको सीमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुले गोली हानी हत्या गरेका थिए । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरुले आज विहान फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरुको शालिकमा माल्यार्पण गरे
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.