काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन् ।नवनिर्वाचित सभापतिहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छ
रामेछाप— रामेछापको रामेछाप नगरपालिका–६ भालु खोमपमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप र रामेछाप नगरपालिकाको आयोजनामा स्वास्थ्य शिविर भएको हो ।शिविरमा चिकित्सालयको तर्फबाट बिरामीको स्वास्थ्य जाँच, परामर्श तथा निस्शुल्क औषधि वितरण गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए । शिविरमा १५० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।चिकित्सालयका डा.उत्तम गैरे नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई सेवा दिएका थिए । उपचारका लागि आउने मध्ये अधिकांश घुँडा दुख्ने समस्या भएका बिरामी रहेका डाक्टर गैरेले बताए । यस बाहेक
सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले पहल गरेको जनाइएको छ ।आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल प्रगति ५० प्रतिशत सकिएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप राख्ने काम) लगायतका काम सम्पन्न गर्नमा लागि चीनको ग्वाङ्डोन–युना
हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१८स्थित शिवम् सिमेन्ट नजिक रहेको एक कारखानाबाट करिब ६ हजार लिटर अवैध लोकल मदिरा बरामद गरी नष्ट गरेको हो ।प्रहरीका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगर ठूलोदमार र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेर चेकजाँ
काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ । यससँगै तेहरानले जारी द्वन्द्वमा आफूले ऐतिहासिक विजय हासिल गरिसकेको दाबी समेत गरेको छ।परिषद्ले जारी गरेको विस्तृत विज्ञप्ति अनुसार, ईरानले वाशिंगटनलाई १० बुँदे रणनीतिक र आर्थिक मागहरू स्वीकार गर्न बाध्य पारेको दाबी गरेको छ । ईरानका प्रमुख मागहरूमा अनाक्रमणको ग्यारेन्टी, हर्मुज जलमार्गमा ईरानी नियन्त्रणको निरन्तरता, युरेनियम संवर्धनको मान्यता, ईरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउनुपर्ने, मध्यपूर्व क्षेत्रब
काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् । बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ ।आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।
काठमाडौं । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ।फिल्म तयार भएसँगै निर्माण कम्पनी षट्कोण आट्र्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको हो ।फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ लोकप्रिय भएसँगै फिल्मको विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहेता पनि निर्माण पक्षले प्राविधिक रुपमा तयार भएपछि फिल्म प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।षट्कोण आट्र्सद्वारा निर्मित फिल्महरूले डायस्पोरा वितरकलाई घाटा नगराई मुनाफा दिलाउने भएकाले पनि ‘लालीबजार’ खरिदका लागि विभिन्न प्रस्ताव आइरहेका छन् । डायस्पोरामा राम्रो व्यपार ग
काठमाडौं— राष्ट्रियसभाका सभापतिहरूको शपथ ग्रहण हुने भएको छ ।सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आज बिहान ११ बजे हुने भएको छ ।
काठमाडौं— सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट गरिसकिएको छ । दोस्रो चरणमा कम्पनीले बाँकी रहेको ३४
काठमाडौं— नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूको व्यावसायिक सहजताका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड डलर कार्ड सुविधा दिने नयाँ व्यवस्था गरेको हो ।साधारण आईटी उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार डलरसम्मको सीमा पाउने भए तापनि निर्यातमा संलग्न उद्योगहरूका हकमा भने राष्ट्र बैंक लचिलो बनेको हो । विदेशी मुद्रा आर्जन गरेको आधारमा त्यस्ता कम्पनीले थप २ हजार डलर (कुल ५ हजार डलर) सम्मको सटही सुविधा पाउनेछन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.