समाचार

    Showing 4,541-4,550 of 15,606 items.
  • लाङटाङमा रहेको एसियाकै सबैभन्दा पूरानो चिज कारखाना बन्द हुने अवस्थामा

    काठमाडौं । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशकअघिसम्म सात सय लिटर दूधमार्फत चिज उत्पादन हुने गरेको भएपनि हाल १ सय ५० लिटर दूध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए ।‘म २७ बर्षदेखि कारखानमा कार्यरत छु । १४ बर्षदेखि केन्द्र प्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 190 पटक पढिएको
  • नेपाल बार एसोसिएसनः आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु

    काठमाडौं— कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनको नामावली विवाद सुल्झाउन आन्दोलनरत पक्ष र निर्वाचन समितिबिच वार्ता सुरु भएको छ ।नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले बारको निर्वाचन कार्यालय घेराउ गरेसंगै प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु भएको छ।वार्तामा आन्दोलनरत पक्षबाट डीएलएका केन्द्रीय सचिव शिव रेग्मी, कोषाध्यक्ष हरि बस्नेत र डीएलए काठमाडौंका अध्यक्ष सुशील पौडेल सहभागी छन् । यस्तै निर्वाचन समितिका तर्फबाट रामकृष्ण ढकाल, ताराबहादुर सिटौला, तेजनाथ धमला, सेवन्तराज निरौला र चन्द्रबहादुर शाही सहभ

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 219 पटक पढिएको
  • राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै

    काठमाडौं— राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । यो विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको मन्त्री गुरुङले जानकारी दिए । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन् तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ । डिजिटल प्लाटफर्मलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रयोगकर्ताल

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 163 पटक पढिएको
  • कारागारका कैदीबन्दी आयआर्जनमा

    चितवन । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२  कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सु

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 194 पटक पढिएको
  • टिचिङ अस्पतालमा पानीको समस्या

    काठमाडौं — २४ घण्टादेखि पानीको आपूर्ति बन्द हुँदा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा अवस्था नाजुक बनेको छ ।पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरुलाई समस्या भएको छ ।अस्पताल परिसरको बोरिङले पानी नतानेकोले र खानेपानीको पाइपबाट नियमित आपूर्ति नभएको अस्पताल प्रशासनले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ । अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।केयूकेएल स

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 282 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 181 पटक पढिएको
  • सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

    हेटौँडा (मकवानपुर) । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् । लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आउनुभएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्ष अगाडि दामन महिला अल्लो ह््याण्डीक्राफ्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 127 पटक पढिएको
  • सरकार प्रति बालेनको आक्रोस; “भ्रमको खेतिमा पीएचडी अहिलेको सरकारलाई दिए हुन्छ”

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) अहिलेको सरकारले  भ्रमको खेतिमा पिएचडि गरेकोे भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन् ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ ।वर्तमान सरकारले आफूमाथि विभिन्न खालका भ्रमको सिर्जना गर्ने अनि प्रचार गरिरहेको प्रति आक्रोश हुँदै प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् ।  उनले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् ।भ्रमको खेतिमा पीएचडी पाउन मिल्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 337 पटक पढिएको
  • तस्करको गोदाममा छापा, २४ क्विन्टल गाँजा र १४२ कार्टुन अवैध स्याउ बरामद

    सप्तरी । तस्करको गोदाममा प्रहरीले छापा हान्दा २४ क्विन्टल १९.५ किलो गाँजा र स्याउ बरामद गरेको छ।सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित करोडौँ मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ।बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले जनाएको छ। साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ।उक्त घर र बरामद सामानको मालिकको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।आज सप्तरी प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन अवैध स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 418 पटक पढिएको
  • प्रदेश सभामुख भण्डारीका पीएसओको दुर्घटनामा मृत्यु

    काठमाडौं —  सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सोमबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।सोही क्रममा उनले चलाएको सु.प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 131 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा