समाचार

    Showing 4,591-4,600 of 15,606 items.
  • चौँरी याक प्रवद्र्धन गर्दै सिरिजङ्घा गाउँपालिका

    फुङ्लिङ (ताप्लेजुङ) । सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म  चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए । त्यसअवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ ।गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भन

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 235 पटक पढिएको
  • परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

    महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो ।मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 218 पटक पढिएको
  • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् ।करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन् । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् । ‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रू तीन स

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 260 पटक पढिएको
  • सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

    म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो । तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिकमा सरूवा हुनुभएको थियो ।  प्रदेश सरकारले लामो समयसम्म अर्का प्रमुख नपठाउँदा सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको सेवाग्राही रूद्र सुवेदीले बताए ।‘स्वरोजगारमूलक उद्यमलाई सहयोग गर्ने कार्यक्रमको अनुदानका लागि छनोट भएर भुक्तानीका लाग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 179 पटक पढिएको
  • काठमाडौंमा साँढे दुई तले घर बनाउन न्यूनतम ७० लाख

    काठमाडौं  । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ ९महोत्सव० सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको आयोजकले जनाएको छ ।घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षासहित फेस्ट आ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 198 पटक पढिएको
  • सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको काम

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 221 पटक पढिएको
  • रिंकु सदाका हत्यारालाई कारवाही नगरेको भन्दै लहानमा प्रदर्शन

    सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् । मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे । उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए ।मुसहर समुदायका अगुवा अरुण सदाले दलित

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 204 पटक पढिएको
  • चिनियाँ कम्पनीले समयमा काम नगर्दा सडक विभागले आफैँ काम थाल्यो

    काठमाण्डौ । चिनियाँ पक्षले चक्रपथ विस्तार दोस्रो खण्डको काममा ढिलाइ गरेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको छ। वसुन्धरादेखि वनस्थलीसम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेको हो।कलंकीदेखि चाबहिलसम्म चिनियाँ अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो। करिब ६ वर्ष अघिबाटै सडक छेउका रुखसहितका संरचना हटाउन थाले पनि अहिलेसम्म चिनियाँले सडकको डिजाइन नै तयार गरेका छैनन्। चिनियाँ पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना प्रतिवेदन (सडकको पूर्ण डिजाइनसहित) नै नेपाललाई बुझाएको छैन। नारायणगोपाल चोकमा धेरै घर भत्काउनुपर्ने भएकाले कलंकीदेखि वसु

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 350 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय का

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 249 पटक पढिएको
  • देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ ।विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 263 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा