समाचार

    Showing 7,351-7,360 of 26,641 items.
  • अत्यधिक चिसो बढेपछि गौरीगङ्गा नगर क्षेत्रभित्रका विद्यालय बन्द

    कैलाली— लगातारको शीतलहरसँगै  अत्यधिक चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय एक साताका लागि बन्द भएका छन् ।नगरपालिकाले जारी गरेको सूचनाअनुसार केही दिनदेखि बढेको कठ्याङ्ग्रिने चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै नियमित पठनपाठन प्रभावित भएकाले पुस २४ गतेदेखि माघ २ गतेसम्म विद्यालय बन्द रहनेछन्।पछिल्ला दिनहरूमा बाक्लो हुस्सु र कुहिरोसँगै चलिरहेको शीतलहरले कैलालीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। चिसोबाट बच्न सर्वसाधारण आगो ताप्न बाध्य छन्।जाडोबाट प्रभावित नागरिकलाई राहत दिन धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकालग

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 553 पटक पढिएको
  • कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार, को–को हुन् ?

    काठमाडौं— नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेको हो।निर्णयअनुसार कोशीबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।एक नेताका अनुसार एमाले र जसपा नेपालसँग भएको सहमतिअनुसार कांग्रेसका सबै ९ उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराउनेछन्।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 513 पटक पढिएको
  • उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै महामन्त्री शर्मा बैठक बहिस्कार

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन्। शर्माले मंगलबार र बुधबार बसेको बैठकमा सहभागिता जनाएनन्।महामन्त्री शर्माले उम्मेदवारी छनोटमा स्पष्ट मापदण्ड नबनाई पुरानै ६०–४० को भागबण्डाका आधारमा निर्णय गर्न खोजिएको भन्दै त्यसको साक्षी बस्न नसक्ने बताएका छन्। उनले आफ्नो असन्तुष्टि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जानकारी गराएका थिए।बैठकमा सहभागी एक पदाधिकारीका अनुसार शर्माको अनुपस्थितिकै बीच कांग्रेसले पार्टीभित्रको भागबण्डाका आधारमा राष्ट्रियसभा सदस्यका उ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 477 पटक पढिएको
  • सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी

    काठमाडौं— गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ।मङ्गलवार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैर–कानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ।यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एव

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 467 पटक पढिएको
  • पुरानो रिसिबीका कारण छिमेकीद्वारा दुई युवामाथि छुरा प्रहार

    वीरगञ्ज— वीरगञ्ज महानगरपालिका वडा नं.१६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ ।घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घरअगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो ।घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।प्रारम्भिक अनुसन्धान अनुसार घाइते र

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 472 पटक पढिएको
  • सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ १ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 531 पटक पढिएको
  • सन्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

    ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् ।ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् ।जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए ।‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गर

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 556 पटक पढिएको
  • गोलभेँडाको मूल्य पाउँदा किसानलाई राहत

    रौतहट— विगतका वर्षहरूमा मध्य चिसोयाममा गोलभेँडा बिक्री नभएर चिन्तित हुने रौतहट र सर्लाहीका किसान यस वर्ष भने बजार भाउ देख्दा दंग परेका छन्।शीतलहर चल्ने समयमा सामान्यतया प्रतिकेजी १० देखि १२ रुपैयाँमा पनि बिक्री गर्न मुस्किल पर्ने गोलभेँडाले यसपटक अनपेक्षित रूपमा उच्च मूल्य पाइरहेको छ।अहिले रौतहट तथा सर्लाहीका किसानले बोटबाटै गोलभेँडा प्रतिकेजी १०० रुपैयाँमा व्यापारीलाई बिक्री गरिरहेका छन्। किसानबाट १०० रुपैयाँमा खरिद गरिएको गोलभेँडा उपभोक्तासम्म पुग्दा खुद्रा बजारमा १२० रुपैयाँसम्म पर्ने गरेको छ।किन बढ्यो मूल्य ?गोलभेँडाको मूल्य बढ्नुको मुख्य कारण उत्पादनमा आएको भारी गिरावट हो। रौतहट जयनगरका क

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 625 पटक पढिएको
  • सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    ललितपुर— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।आज भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकाकी दिए ।उनलका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ । निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 547 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनः एमालेले ६ उम्मेदवार टुंग्यायो, मधेशमा एक बाँकी

    काठमाडौं— नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णा

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.