काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।सोमबार सोनाम लोसारको अवसरमा शुभकामना सन्देश दिदैँ उनले नेपाली बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको हुनाले यस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताए ।उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका
काठमाडौं— आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउने गरेका छन् ।यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाइ
चितवन— चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ ।माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो ।मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिएका छन् ।उनले भने, ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने, जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, सबै प्रर्दशकहरु पनि खुश
जनकपुर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई जनकपुरधाम विमानस्थलमा आइतबार भव्य स्वागत गरिएको छ ।आईतबार बेलुका जनकपुरधाम पुगेका बालेनलाई समर्थकहरुले विमानस्थलमै पुगि भव्य स्वागत गरेका छन् । बालेनलाई स्वागत गर्न पुगेको भीडलाई व्यवस्थापन गर्न नसक्दा विमानस्थल बाहिर निस्कने सिसाको ढोका फुटेको छ ।बालेन आज (सोमबार) जनकपुरधाममा आयोजना हुन लागेको परिवर्तनको उद्घोष सभामा सहभागी हुन जान लागेका हुन । आग हुने सभामा बालेनसहित, रवि लामिछाने र डि.पि अर्यालसहित १२ जना वक्ताहरुको सभहागीता हुने जनाइएको छ ।
काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि धन्यवाद ज्ञापन गरेकी छन् ।आइतबार भएको ४६ औं नगर कार्यपालिकाको बैठकमा उनले बालेनलाई आगामी दिनमा सफलताको कामना गर्दै सबैको तर्फबाट धन्यवाद ज्ञापन गरेकी छन् ।उनले भनिन्, ‘महानगर प्रमुखले आफ्नो कार्यावधीभर काठमाडौं महानगरपालिकाको विकास गर्न, सुशासन कायम गर्न र महानगरमा सम्पूर्ण रुपले खेल्नु भएको सकारात्मक भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दछौ । आगामी दिनमा उहाँले चाल्नु भएको पाइला सफल होस भन्ने कामना दिन चाहन्छौ ।’उनले बैठकमा नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ र
काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रह
काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तोकिएको छ ।यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०३ पैसा, स्वीस फ्रय
काठमाडौं— आज २०८२ साल माघ ५ गते सोमबार । माघ शुक्ल पक्षको प्रतिपदा तिथि मेषः धन सञ्चित हुनेछ । परिवारमा सुख र शान्ति मिल्नेछ । साथीको साथ मिल्नेछ ।स्वदेशी भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ ।वृषः सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । राजनीतिमा साथीको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारलाई उचित सल्लाह दिन नसक्दा खटपटी बढ्नेछ । प्रेम सम्बन्धमा उतारचढाव आउनसक्ने जोखिम छ ।मिथुनः बोल्दा सचेत बन्नुपर्नेछ । सोचेर काम अगाडि बढाएमा दीर्घकालीन योजना बन्नेछ । इज्जतका लागि धन खर्च हुनेछ । मनमा असन्तुष्टि बढ्ने योग छ । शिक्षामा ढिलासुस्ती मिल
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का वरिष्ठ नेता बालेन शाह केन्द्रीय कार्यालय घण्टीघर पुगेका छन् ।उनले मेयर पदबाट राजीनामा दिएर घण्टीघर पुगेका हुन् । उनी आजै औपचारिकरुपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम रहेको छ । बालेनसँगै सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् ।यसअघि मात्र गुरुङले बालेन र आफू आजै रास्वपा प्रवेश गर्न लागेको जनाएका थिए ।
काठमाडौं— राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारबाट सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा आइतबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरेका थिए। त्यस्तै उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए भने लोकतन्त्रका लागि योगदान पुर्याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण समेत गरिएको थियो।बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ। २००८ मा जन्मिएका कञ्चनपुर निवासी बोहराको गत पुस ३० निधन भएको थियो। उनी २०७० मा संविध
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.