समाचार

    Showing ७१-८० of २६,७९८ items.
  • नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

    काठमाडौं / पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ । सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली परिचालन गरिएको छ । अध्ययनपछि आवश्यक मर्मतसम्भार गरी यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ ।सडकको अवस्

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२५ पटक पढिएको
  • भोटेकोशी बाढी : तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग

    काठमाडौं । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क ९आइटिएन ० र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन् । उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन् ।तिब्बत

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २४३ पटक पढिएको
  • भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, अझै ४ हजार ८५८ सम्पर्कविहीन

    काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोजी तथा उद्धारका क्रममा हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा ठूलो मानवीय क्षति भएको जनाएको हो।प्रहरीका अनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन्।फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ भने ९११ शवको पहिचान हुन बाँकी छ।बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्रहरीको पछिल्ल

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १२१ पटक पढिएको
  • रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

    काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म एक हजार ११४ जनाको मृत्यु भएको जनाएको छ ।प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै तीन हजार ९१६ जना सम्पर्कविहीन छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको जानकारी दिनुभयो ।प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका समेत गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिच

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २०१ पटक पढिएको
  • भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

    चितवन। रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ¬्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका  प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थाल

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७६ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    त्रिशूली। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन् । बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ । बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भए

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १४१ पटक पढिएको
  • भोटेकोशी बाढी: तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग

    काठमाडौं / भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् ।भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (आइटिएन) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरोसम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन् । उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन् ।ति

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ३१९ पटक पढिएको
  • आकस्मिक बाढीको उच्च जोखिम

    काठमाडौँ। जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ ।महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल–चीनको सीमा क्षेत्र नजिकै ताल बनेको छ । उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएका छौँ । वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढीको उच्च जोखिम छ ।”विष्टका अनुसार ताप्लेजुङ,

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७३ पटक पढिएको
  • रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे ।  खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धार कर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२१ पटक पढिएको
  • हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

    काठमाडौं / नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ । मंगलबार साँझ ७ बजेसम्म नेपाली सेनाले हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार गरेको छ । हालसम्म हवाई माध्यमबाट २७३ जना विदेशी नागरिकसहित ३ हजार ८९१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।सेनाका अनुसार धुन्चे, कोलोनी, बेत्रावती र त्रिशूली–३एमा गरी २ हजार ५ सय केजी राहत सामग्री हवाई माध्यमबाट ढुवानी गरिएको छ ।चिलिमे हाइड्रोमा विदेशीसहित २६ जनाको संयुक्त खोज तथा उद्धार टोली टनेलभित्र करिब १५० मिटर प्रवेश गरे पनि त्यसपछि भिरालो भाग सुरु भएको र टने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.