काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोजी तथा उद्धारका क्रममा हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा ठूलो मानवीय क्षति भएको जनाएको हो।

प्रहरीका अनुसार फेला परेका शवमध्ये ३१ बालक, ४५ बालिका, २२७ महिला र ३९७ पुरुष छन्। यस्तै, ४२७ वटा मानव शरीरका आंशिक अंगसमेत फेला परेका छन्।

फेला परेका शवमध्ये १ हजार ११३ वटाको लास जाँच मुचुल्का सम्पन्न भइसकेको छ। हालसम्म ९५ शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ भने ९११ शवको पहिचान हुन बाँकी छ।

बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। प्रहरीको पछिल्लो तथ्यांकअनुसार ४ हजार ८५८ जना बेपत्ता छन्। त्यसमध्ये १ हजार ३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको छ।