समाचार

    Showing 9,161-9,170 of 26,652 items.
  • ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

    काठमाडौं— जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 301 पटक पढिएको
  • आज देशभरको मौसम सफा रहने

    काठमाडौ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 316 पटक पढिएको
  • आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

    काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 175 पटक पढिएको
  • चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

    म्याग्दी । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा शत्बीज छर्न आएकाले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने प्रचलन रहेको छ । मेलामा तीन दशकदेखि डाला र नाङ्ला व्यापार गर्दै आउनुभएका बागलुङको बढीगाड गाउँपालिका–४ जलजलाका मनबहादुर छन्त्यालले पछिल्लो समय प्लास्टिकका सामानले चोयाका सामग्रीलाई विस्थ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 173 पटक पढिएको
  • नारायणघाट बुटवल सडकखण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

    नवलपुर (नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुई दिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले ५ र ६ मंसिरको राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए । 'निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,' उनल

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 265 पटक पढिएको
  • लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

    सिरहा । यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्याससँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताए ।करिब रु ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौँदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो । शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भने, “यहाँ सार्वजनिक शौचालयको आवश्यकत

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 266 पटक पढिएको
  • ४.९८ अंक घटयो नेप्से, कारोबार रकम पनि सामान्य घटयो

    काठमाडौं— बुधबार नेप्से परिसूचक ४.९८ घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आजभने सामान्य अंकले घटेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यसदिन कुल ३३८ स्टकको ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 456 पटक पढिएको
  • बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन्

    काठमाडौं— बारामा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन(जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।राष्ट्रिय  युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे। तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘वि

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 328 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ । सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल  फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 428 पटक पढिएको
  • हङकङमा २ जनाको ज्यान जानेगरी भएको कार्गो विमान दुर्घटनाको यस्तो आयो प्रारम्भिक रिपोर्ट

    काठमाडौं— गत महिना हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर एक कार्गो विमान दुर्घटना भयो। दुबईबाट आएको बोइङ ७४७ अवतरणका क्रममा रनवेबाट चिप्लिएर समुद्रमा खस्दा विमानस्थलका दुई कर्मचारीको ज्यान गयो। रनवेबाट चिप्लिएको विमानले एयरपोर्ट सुरक्षा गस्तीलाई ठक्कर दिँदा गाडीमा सवार कर्मचारीको मृत्यु भएको हो। विमानमा सवार यात्रुको भने सकुशल उद्धार भएको थियो।विमानस्थलको उत्तरी रनवेमा दुर्घटना भएको विमानमा चालक दलका दुई जना सदस्य थिए। दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स दुई हप्तापछि समुद्रबाट निकालिएको थियो। सोही विमानको प्रारम्भिक अनुसन्धान रिपोर्ट हवाई दुर्घटना अनुसन्धान प्राधिकरण

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • 404 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.