समाचार

    Showing 9,211-9,220 of 26,652 items.
  • सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनका लागि विशेष प्रस्तावसहित साधारण सभा बोलायो

    काठमाडौं— सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न मंसिर २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वरस्थित कम्पनीको कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।कम्पनीले आगामी साधारण सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापालनको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरण समेत सभाबाट पारित गरि

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 509 पटक पढिएको
  • दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सड्क संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा

    काठमाडौं— विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ ।सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए । शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो । प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ । प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारक

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 389 पटक पढिएको
  • हेटौँडामा खैरो हिरोइन र फलामको रडसहित एक व्यक्ति पक्राउ

    मकवानपुर— मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा विशेष सूचनाका आधारमा निगरानी सञ्चालन गर्दै खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सोही ठाउँ बस्ने ३७ वर्षीय हर्कबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।सोमबार साँझ करिब ८ बजेतिर पैदल हिँडिरहेका क्षेत्रीलाई शंकाका आधारमा रोकी चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित तौल) खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको हो। प्रहरीका अनुसार बरामद पदार्थ प्रारम्भिक रूपमा लागुऔषधकै श्रेणीमा पर्न सक्ने ठहर गरिएको छ।प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएपछि थप

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 352 पटक पढिएको
  • मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

    काठमाडौं— मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो ।मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् । २० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।विरोधको प्रतिक स्वरुप ‘वान पिस’ को झण्डाप्रदर्शनकारीहरूले जापानी मंगा वन पिस को ‘स्ट्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 295 पटक पढिएको
  • विप्लव दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोग जाँदै

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज आफ्नो दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । विप्लवसँगै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका पार्टीका उच्च तहका नेता तथा कार्यकर्ताहरु दल दर्ताको प्रमाणपत्र लिन निर्वाचन आयोगको कार्यालय जमल जाने भएका हुन् । महासचिव विप्लवले चुनाव क्रान्तिकै एक मोर्चा भएको भन्दै आगामी निर्वाचनलाई उपयोग गर्ने नीति अनुसार दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउदै आएका छन् । आज दिउसो साढे १ बजे महासचिव विप्लव दल दर्ताको प्रमाणपत्र बुझन निर्वाचन आयोगको कार्यालय पुग्ने प्रवक्ता प्रकाण्

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 458 पटक पढिएको
  • नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

    काठमाडौं— आज नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।बैठक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको  निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।एमालेले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गरिरहेको छ । 

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 386 पटक पढिएको
  • अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन

    काठमाडौं— प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार्कीले कुनै पनि अपराध विरूद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन समेत दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् । प्रहरी महान

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 363 पटक पढिएको
  • आज एनपीएलमा दुई रोचक भिडन्त: चितवन र कर्णाली तथा विराटनग र पोखराबीच प्रतिस्पर्धा

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा  चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ । यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् । चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् ।&

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 364 पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहानैदेखि सेवाग्राहीको चाप

    मकवानपुर— जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बिहानैदेखि सेवाग्राहीको ठूलो भीड लागेको छ । विशेषगरी राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीहरूको संख्या बढेपछि कार्यालय परिसर भरिभराउ भएको हो।प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार दैनिक सेवाग्राहीको चाप पछिल्ला केही दिनयता निकै बढेको छ। ‘राष्ट्रिय परिचयपत्र नवीकरण र नयाँ कार्ड बनाउन आउनेको संख्या असाध्यै धेरै छ। बिहानै ६ बजेदेखि लाइन लागेको देखिन्छ,’ अधिकारीले जानकारी दिँदै भने । उनका अनुसार सेवाग्राहीको चाप व्यवस्थापन गर्न अतिरिक्त काउण्टर संचालन, टोलीमार्फत सूचनाको सहज प्रवाह र क्रम अनुसार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ।से

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 285 पटक पढिएको
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    काठमाण्डौ  ।  सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाइलाइ प्रहरीको टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको हो । अहिले प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा उपस्थित गराइएको छ। निवास परिसरबाट उनलाई निकाल्दै गरिएको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रसाईंले केही बोलेको सुनिन्छ । उनले आफू गाडी चढ्दै गरेको खिच्न कसैलाई भनिरहेको सुन्न सकिन्छ । प्रसाइले  मङ्सिर ७ देखि आन्दोलनको घोषणा गरेका थिए। सोमबार मात्रै पनि प्रसाईंले

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 638 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.